arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

संघीय र प्रादेशिक निर्वाचनका लागि तेह्रथुमका प्रमुख दलहरुद्वारा उम्मेदवार सिफारिस text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २०, शुक्रवार)

संघीय र प्रादेशिक निर्वाचनका लागि तेह्रथुमका प्रमुख दलहरुले उम्मेदवार सिफारिस गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी सिफारिस गरेका हुन् ।

कांग्रेसले केन्द्रीय सदस्य तथा राज्यमन्त्री सीता गुरुङलाई संघको प्रत्यक्षतर्फको उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

संघको निर्वाचनमा समानुपातिकतर्फ पूर्वसांसद तुलसी सुब्बा, सांसद गणेश विमली, पूर्व जिल्ला सभापति रामनारायण ढुंगाना, गुरुप्रसाद भट्टराई र राज्यप्रसाद लिम्बूको नाम सिफारिस गरेको हो ।

यस्तै, प्रादेशिक निर्वाचनमा क्षेत्र नम्बर–१ मा प्रत्यक्षतर्फ जिल्ला सभापति गोविन्द ढुंगानालाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ अर्जुन तुम्बाहाम्फे, अर्जुन माबोहाङ, सन्तोष सुब्बा, विपिन सुब्बा, टेकराज तिगेलालगायत नेताको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ नारायणकुमार इङ्नाम, बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ केशव भेटुवाल, गणेश घिमिरे, भीष्म थपलिया, हरिप्रसाद डाँगी, हेमन्त गुरुङ, केदार गहतराज र जमुना बर्देवालगायतको नाम सिफारिस भएको छ ।

एमालेबाट भने संघीय निर्वाचनमा प्रत्यक्षतर्फ सभासद भवानीप्रसाद खापुङ, तेजमान कन्दङ्वा र विष्णुमाया विकको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ भीमप्रसाद घिमिरे, अर्जुन ढुंगाना र जमुना सुवेदीको नाम सिफारिस भएको छ ।

प्रदेशसभा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ जिल्ला पार्टी अध्यक्ष लक्ष्मण तिवारी र किशोरचन्द्र दुलालको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ बाट बाबुराम थापा, विश्वराज खापुङ र सिर्जना लामाको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ क्षेत्र नम्बर १ बाट अनुभूतिबम नेपाली, पिताम्बर तिम्सिना, धर्म खुलाल, गणेश सोदेम्बा, तुलसी अधिकारी, रेनुका भट्टराई र तारा गुरुङको नाम सिफारिस भएको एमालेले जनाएको छ ।

क्षेत्र नम्बर २ बाट रामचन्द्र थपलिया, नेत्र पन्धाक र लक्ष्मी कार्कीको नाम सिफारिस भएको छ ।

माओवादी केन्दबाट संघीय निर्वाचनमा प्रत्यक्षतर्फ केन्द्रीय सल्लाहकार विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाउन सिफारिस भएकोे छ ।

समानुपातिकतर्फ केन्द्रीय पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज दुर्गाप्रसाद चापागाइँ र पूर्वविधायक फुर्वी शेर्पाको नाम सिफारिस भएको छ ।

प्रदेशतर्फ क्षेत्र नम्बर–१ मा इन्द्रबहादुर इम्सङ र गणेशकुमार सेनेको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ दिलकुमारी लिम्बू र तेजेन्द्र कुरुम्बाङ सिफारिसमा परेका छन् ।

यस्तै क्षेत्र नम्बर-२ मा प्रत्यक्षतर्फ पोलिटब्यूरो सदस्य सुशीला कन्दङ्वा, केन्द्रीय सल्लाहकार भीमप्रसाद कन्दङ्वा र जिल्ला सहसंयोजक ताराप्रसाद भट्टराईको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ तेजमान कन्दङ्वा, बलिराज इङ्नाम र चूडामणि बरालको नाम पठाइएको माओवादी केन्द्रले जनाएको छ ।

यसअघि, संविधानसभाको निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा २०७० मा एमाले र २०६४ मा कांग्रेसले जितेका थिए ।

प्रदेशको निर्वाचनमा क्षेत्र नम्बर-१ मा म्याङ्लुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्छन् । क्षेत्र नम्बर–२ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्छन् । रासस 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
बुटवल राजधानी हुने हल्लापछि दाङमा भयो यस्तो बबाल
किन बढ्यो चिसो, देशभरको तापक्रम कति छ ? हेर्नुहोस्
पश्चिम तराईमा शीतलहरले जनजीवन कष्टकर
रामेछापको खाँडादेवीमा पानीको चरम अभाव भएपछि ४ रुपैयाँ लिटर पानी खरिद गर्न बाध्य
सरकार गठनका लागि मार्गप्रशस्त गर्न एमाले र माओवादी केन्द्रको आग्रह
समानुपातिकतर्फको मतगणना सम्पन्, सबैभन्दा बढी मत एमालेलाई
चितवनमा पछिल्लो एक माहिनामा सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु
राष्ट्रियसभा निर्वाचन अध्यादेशमा खोंचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको एमाले ओली आरोप
सिरहामा विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण अस्पतालमा बिरामीको चाप
कपिलवस्तुमा चिसो र शीतलहरले जनजीवन प्रभावित
प्रदेश नम्बर-३ को राजधानी हेटौँडालाई बनाउन माग
निर्वाचन आयोगले राष्ट्रिय सभा गठन नभई अन्तिम परिणाम सार्वजनिक नगर्ने
एमालेद्दारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश गैरसंवैधानिक भएकोले सच्याउनुपर्ने जिकिर
५९ आदिवासी जनजातिमध्ये प्रतिनिधिसभामा जनजातिबाट ४५ निर्वाचित
प्रदेश-७ को राजधानी पहाडी डडेल्धुरामै हुनुपर्ने माग
नेपाली शान्ति सेनालाई राष्ट्रसंघीय पदकबाट सम्मान
समानुपातिकतर्फ मत गणना जारी, पाँच दलमात्र थ्रेसहोल्डमा सुरक्षित
सप्तरीमा बाढीपीडितका लागि घर बनाइने
सुनसरी–३ मा पुनः मतदानको माग गर्दै प्रदर्शनमा उत्रिए एमाले कार्यकर्ता
प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिकको मतगणना जारी, समानुपातिक सांसद कसरी चुनिन्छन् ?
http://go.oclaserver.com/afu.php?zoneid=1465736