arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

गुल्मी कांग्रेस सभापतिद्वारा पदबाट राजिनामा text size increase   text size decrease   Print    rss (२०७४ आषाढ १८, आइतवार)

world news

स्थानीय तह निर्वाचनमा आफु पनि पराजित भएको र सिंगो जिल्लामा पार्टीलाई राम्रो नतिजा दिलाउन नसकेको भन्दै कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।

आफ्नो र जिल्लाभर पार्टीलाई जुन रुपमा जिताउनु पर्ने थियो त्यो अनुसार अगाडी बढाउन नसकेको जिम्मेवारी महशुस गर्दै राजिनामा दिने निर्णयमा पुगेको उनले बताए । आफै उठ्ने निर्णय गरेर पराजित हुनु र पार्टीलाई पनि जित दिलाउन नसकेपछि पदमा बस्न उपयुक्त ठानिन् उनले भने, जिल्ला समितिमार्फत स्वीकृतिका लागि केन्द्रमा पठाउने गरी राजिनामा दिएको छु । उनले मतदाता र कार्यकर्तालाई सम्बोधन गर्दै आईतवार सामाजिक संजालमा पोष्ट गर्दै प्रतिस्पर्धा, जय, पराजय प्रजातन्त्रका सुन्दर आभुषण भएको उल्लेख गर्दै यो पटक आफ्नो पक्षमा पराजय परेको उल्लेख गरेका छन् ।

चुनावमा आफ्नै पार्टीका कार्यकर्ताबाट भएको असहयोगलाई गम्भिर भन्दै त्यसबाट सिंगा पार्टी नै पराजित भएकोमा चिन्ता व्यक्त गरेका छन् । यो पराजयले पार्टीलाई बर्षौं पछाडी धकेलिन्छ कि भन्ने भयले म ग्रसित छु, उनले लेखेका छन्, अन्यसंग लड्दै आएको म आज आफ्नैसंग हरे, तर हिम्मत हारेको छैन् । उनले सहयोग गर्ने मतदाता, कार्यकर्ता र सबैलाई धन्यवाद पनि दिएका छन् ।

२०४९ सालमा तत्कालिन गाविस अध्यक्षमा कांग्रेसबाटै चुनाव जितेका उनी २०५४ मा पनि बिजयी भएका थिए । रेसुंगा नगरपालिका बनेपछि उनले पार्टी सभापति भएपनि नगरको चुनाव लड्ने र समृद्ध र सुन्दर नगरपालिका बनाउने सपनाले चुनाव लडेको बताए । तर त्यसमा तुषारापात भएको छ उनले भने, मैले निर्वाचित भएपछि केही नगरेको पनि हैन, थप केही गर्न खोज्दाको भयले अत्तालिएर हराईएको हो ।२० वर्षपछि भएको स्थानीय तह निर्वाचनबाट रेसुंगा नगरपालिकामा एमालेका डिल्लीराज भुसाल श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका छन् ।
 
लामो समय देखि कांग्रेसले जित्दै आएको स्थानमा एमाले बिजयी भएपछि कांग्रेस कार्यकर्ता निरास छन् । संगठन कमजोर नभै पार्टी भित्रकै अन्तर्घातका कारण पराजित हुनु परेको भन्दै संगठन सुदृढीकरण अभियान चलाएर त्यस्ता कार्यकर्तालाई कारवाही गर्न माग बढेको छ ।

जिल्लाका १० गाउँ र २ नगरपालिका मध्ये गुल्मी दरबार र चन्द्रकोट कांग्रेस एक्लैले, सत्यवती र कालीगण्डकी गाउँपालिकामा माओवादीसंगको तालमेलबाट कांग्रेसले प्रमुख पद जितेको छ । त्यस्तै धुर्कोट गाउँपालिका माओवादीसंगको तालमेलबाट अध्यक्षमा  माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस बिजयी भएको छ । एमालेले २ नगरपालिका सहित ३ गाउँपालिका जितेको छ । मत गणना भैरहेका २ गाउँपालिकामा पनि एमाले नै अगाडी छ ।

कान्तिपुरबाट













         

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)
रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु
पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो
एउटा गाउँपालिका जित्न चार/पाँच करोड खर्च भएको छ : दाहाल
एमालेद्वारा वीरगन्ज महानगरमा उम्मेदवार घोषणा
जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई पर्‍यो चिठ्ठा
नेपाल प्रेस युनियनले यस्तो प्रेस विज्ञप्ती जारी गर्‍यो
कांग्रेसका पुराना नेता रामहरि जोशीको ९२ वर्षको उमेरमा निधन
विदेशी एजेन्सीले नेपाल चलाउन खोजे : ओली (भिडियोसहित)
ओलीले बोल्दा बोल्दै आफ्नो आयु जोडेपछि धेरैले आँखाबाट आसु झारे
धरान उपमहानगरपालिका ९ र १० को पुनः मतगणना
संघीय समाजवादी फोरमबाट पाँचजना निष्कासित
देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमालेको नेत्रित्वमा मात्र सम्भब छ
आगामी असोज ३० गते प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी
बुटवलमा उदाए सुवेदी र आचार्य
कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी
गोलाप्रथा मार्फत कमलमा एमालेकी मेनुका काफ्ले विजयी
सर्वाधिक चर्चामा रहेकि शिवकुमारी थारुको शानदार जित
स्थानीय तहको दोस्रो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी
http://go.oclaserver.com/afu.php?zoneid=1465736