arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

एमालेद्वारा आचारसंहिता विपरीत निर्वाचन लक्षित बजेट रकमान्तरण रोक्न ध्यानाकर्षणtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सिङ्गो मुलुक स्थानीय निकायको निर्वाचनको अन्तिम तयारीमा जुटेका बेला निर्वाचन आचारसंहिताविपरीत केही मन्त्रालयबाट निर्वाचनलाई लक्षित गरी नयाँ कार्यक्रमका लागि बजेट रकमान्तरण भइरहेको जनाउँदै त्यसलाई रोक्न आयोगको ध्यानाकर्षण गराएको छ । 


उक्त पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्तलाई भेटेर निर्वाचनको सुनिश्चितताबारे पनि आवश्यक जानकारी माग गरेको हो ।

 माओवादी पूर्व लडाकुका नाममा अर्थ मन्त्रालयबाट शान्ति तथा पुनःनिर्माणमा बजेट निकास भएको, खेलकुद मन्त्रालयअन्तर्गत नयाँ कार्यक्रमको नाममा बजेट रकमान्तरण गरिएको तथा रोल्पामा विभिन्न सडक निर्माण गर्न करोडाँै बजेट निकासाका लागि तयार गर्दै गरेको प्रमाणसहितको ठोस काजजात सो अवसरमा प्रस्तुत गरिएको नेकपा एमालेले जनाएको छ । मुलुकका कतिपय स्थानमा निर्वाचनमा मतदातालाई प्रभावित तुल्याउने ढङ्गबाट कतिपय ठाउँमा विद्युत् प्राधिकरणका कर्मचारीको सरुवा गर्ने, पोल, तार र मिटरबक्स उपलब्ध गराउने समेतका काम सत्तारुढ दलबाट भएको भनी सो अवसरमा आयोगको ध्यानाकर्षण गराएको थियो । 

छलफलपछि संसदीय दलका उपनेता नेम्वाङले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुनु पर्दछ, त्यसमा यताउति हुनुहुँदैन भनी हामीले माग गरेका छौं। जवाफमा एकै चरणमा निर्वाचन हुन्छ, यताउति हुँदैन, तोकिएकै मितिमा निर्वाचन गर्ने अठोट, प्रतिबद्धता र दृढता आयोगको तर्फबाट आएको छ- उनले भने । 

आगामी ३१ गतेको निर्वाचन सम्पन्न गर्न सुरक्षा प्रबन्धलगायत आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाउँदै आयोगले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गर्न आयोग प्रतिबद्ध रहेकाले त्यसमा कुनै आशङ्का नगर्न एमालेलाई विश्वस्त तुल्याएको थियो । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
हुम्लामा फोटोसहितको मतदाता नामावली संकलन तीव्र
स्वाइन फ्लुका कारण हालसम्म ३८१ बिरामी देखा, १० जनाको मृत्यु
विश्वव्यापी युवा नेतृत्व सम्मेलन २०१७ काभ्रेको धुलिखेलमा सुरु
महोत्तरीलाई पशुमा लगाइने औषधि 'डाइक्लोफेन्याक' मुक्त जिल्ला घोषणा
ताप्लेजुङको फक्तांलुङ गाउँपालिका पहिरोका कारण उच्च जोखिममा
कैलाली र कञ्चनपुरका नदीमा पानीको सतह बढेपछि उच्च सतर्कता
प्रा.डा. गोविन्द केसीको स्वास्थ्य स्थिति खस्कँदै
आयल निगमले खरीद गरेका जग्गाको संसदीय समितिले स्थलगत अध्ययन गर्ने
काठमाडौंमा सवारी व्यवस्थापनका विषयमा एक-अर्कालाई आरोप लगाएर पन्छने प्रयासमा
खोटाङमा फोटोसहितको मतदाता नामावली दर्ता गर्न आउनेहरुको भीड
अञ्चल अस्पताल साढे ९ हजार बच्चा जन्मीए, ५ सय १५ जना छोरा बढि, १७५ जना शिसुको मृत्यु
राप्रपा फुट्यो, नयाँ पार्टी दर्ता गर्न पशुपति शमशेर निर्वाचन आयोगमा
बिर्तामोडलाई बन्द, हड्ताल मुक्त गर्ने व्यवसायीहरुको प्रतिबद्धता
अविरल वर्षाका कारण नदीमा पानीको सतह बढ्दा कैलालीका अधिकांश भू-भाग डुबानमा
कपिलवस्तुमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी चारजनाको मृत्यु
म्याग्दीका सबै सडक पहिरोले अवरुद्, यातायात पुरै ठप्प
निर्धारित समयभित्रै निर्वाचन क्षेत्र निर्धारण गर्न प्रमुख निर्वाचन आयुक्तको सुझाव
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड अझै संचालनमा आउन सकेन
प्रधानमन्त्री देउवाद्वारा निर्माणधीन नारायणगढ-मुग्लिन सडकखन्डको निरीक्षण
संसद बैठकमा अलग-अलग तीन विधेयकलाई पारित