arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

एमालेद्वारा आचारसंहिता विपरीत निर्वाचन लक्षित बजेट रकमान्तरण रोक्न ध्यानाकर्षणtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सिङ्गो मुलुक स्थानीय निकायको निर्वाचनको अन्तिम तयारीमा जुटेका बेला निर्वाचन आचारसंहिताविपरीत केही मन्त्रालयबाट निर्वाचनलाई लक्षित गरी नयाँ कार्यक्रमका लागि बजेट रकमान्तरण भइरहेको जनाउँदै त्यसलाई रोक्न आयोगको ध्यानाकर्षण गराएको छ । 


उक्त पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्तलाई भेटेर निर्वाचनको सुनिश्चितताबारे पनि आवश्यक जानकारी माग गरेको हो ।

 माओवादी पूर्व लडाकुका नाममा अर्थ मन्त्रालयबाट शान्ति तथा पुनःनिर्माणमा बजेट निकास भएको, खेलकुद मन्त्रालयअन्तर्गत नयाँ कार्यक्रमको नाममा बजेट रकमान्तरण गरिएको तथा रोल्पामा विभिन्न सडक निर्माण गर्न करोडाँै बजेट निकासाका लागि तयार गर्दै गरेको प्रमाणसहितको ठोस काजजात सो अवसरमा प्रस्तुत गरिएको नेकपा एमालेले जनाएको छ । मुलुकका कतिपय स्थानमा निर्वाचनमा मतदातालाई प्रभावित तुल्याउने ढङ्गबाट कतिपय ठाउँमा विद्युत् प्राधिकरणका कर्मचारीको सरुवा गर्ने, पोल, तार र मिटरबक्स उपलब्ध गराउने समेतका काम सत्तारुढ दलबाट भएको भनी सो अवसरमा आयोगको ध्यानाकर्षण गराएको थियो । 

छलफलपछि संसदीय दलका उपनेता नेम्वाङले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुनु पर्दछ, त्यसमा यताउति हुनुहुँदैन भनी हामीले माग गरेका छौं। जवाफमा एकै चरणमा निर्वाचन हुन्छ, यताउति हुँदैन, तोकिएकै मितिमा निर्वाचन गर्ने अठोट, प्रतिबद्धता र दृढता आयोगको तर्फबाट आएको छ- उनले भने । 

आगामी ३१ गतेको निर्वाचन सम्पन्न गर्न सुरक्षा प्रबन्धलगायत आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाउँदै आयोगले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गर्न आयोग प्रतिबद्ध रहेकाले त्यसमा कुनै आशङ्का नगर्न एमालेलाई विश्वस्त तुल्याएको थियो । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
रुपन्देहीमा चुनावी चहल-पहल बढ्यो
संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने राजपा नेताहरुको अडान
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा दोस्रो चरणको निर्वाचनमा लाग्न आग्रह
स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक पारित
सप्तकोसी नदीमा आउने बाढीको तीव्र कटानले उच्च जोखिममा बराहक्षेत्र
धनकुटामा असार १४ मै निर्वाचन हुनेमा सर्बसाधारण ढुक्क हुन अझै सकेनन्
देउवा नेतृत्वको सरकारका सात प्राथमिकता
पूजाको भतेर खाँदा झापामा २७ जना बिरामी
सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा तीन उपप्रधानमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद गठन
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा पद तथा गोपनीयताको शपथ
शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री मोदीद्वारा टेलिफोन गरि बधाई तथा शुभकामना ब्यक्त
निर्वाचनविरोधी गतिविधि बढ्न थालेपछि नेपाल-भारत सीमा सुरक्षामा उच्च सतर्कता
शेरबहादुर देउवा १२ वर्षपछि फेरि प्रधानमन्त्री, यस्तो छ जीवनी
शेरबहादुर देउवा ४० औं प्रधानमन्त्रीमा निर्वाचित
देउवा सरकारमा नेतृत्व गरेर जानको लागि आफू उपर्युक्त: टोपबहादुर रायमाझी
अब हरेक गाँउपालिकामा सरकारी इन्जिनियर, गाउँपालिकामा ८ नगरपालिकामा १० र प्रत्येक वडामा ३ जना कर्मचारी
सर्वोच्चद्वारा भरतपुर-१९ मा तत्काल पुनः मतदान नगराउन अन्तरिम आदेश
संसद सुचारु गर्ने तीन दलको सहमति, मंगलबार देउवा प्रधानमन्त्री बन्ने निश्चित
प्रधानमन्त्री निर्वाचनको कार्यतालिका प्रभावित, संसद बैठक मंगलबारसम्म स्थगित