arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

एमालेद्वारा आचारसंहिता विपरीत निर्वाचन लक्षित बजेट रकमान्तरण रोक्न ध्यानाकर्षणtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सिङ्गो मुलुक स्थानीय निकायको निर्वाचनको अन्तिम तयारीमा जुटेका बेला निर्वाचन आचारसंहिताविपरीत केही मन्त्रालयबाट निर्वाचनलाई लक्षित गरी नयाँ कार्यक्रमका लागि बजेट रकमान्तरण भइरहेको जनाउँदै त्यसलाई रोक्न आयोगको ध्यानाकर्षण गराएको छ । 


उक्त पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्तलाई भेटेर निर्वाचनको सुनिश्चितताबारे पनि आवश्यक जानकारी माग गरेको हो ।

 माओवादी पूर्व लडाकुका नाममा अर्थ मन्त्रालयबाट शान्ति तथा पुनःनिर्माणमा बजेट निकास भएको, खेलकुद मन्त्रालयअन्तर्गत नयाँ कार्यक्रमको नाममा बजेट रकमान्तरण गरिएको तथा रोल्पामा विभिन्न सडक निर्माण गर्न करोडाँै बजेट निकासाका लागि तयार गर्दै गरेको प्रमाणसहितको ठोस काजजात सो अवसरमा प्रस्तुत गरिएको नेकपा एमालेले जनाएको छ । मुलुकका कतिपय स्थानमा निर्वाचनमा मतदातालाई प्रभावित तुल्याउने ढङ्गबाट कतिपय ठाउँमा विद्युत् प्राधिकरणका कर्मचारीको सरुवा गर्ने, पोल, तार र मिटरबक्स उपलब्ध गराउने समेतका काम सत्तारुढ दलबाट भएको भनी सो अवसरमा आयोगको ध्यानाकर्षण गराएको थियो । 

छलफलपछि संसदीय दलका उपनेता नेम्वाङले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुनु पर्दछ, त्यसमा यताउति हुनुहुँदैन भनी हामीले माग गरेका छौं। जवाफमा एकै चरणमा निर्वाचन हुन्छ, यताउति हुँदैन, तोकिएकै मितिमा निर्वाचन गर्ने अठोट, प्रतिबद्धता र दृढता आयोगको तर्फबाट आएको छ- उनले भने । 

आगामी ३१ गतेको निर्वाचन सम्पन्न गर्न सुरक्षा प्रबन्धलगायत आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाउँदै आयोगले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गर्न आयोग प्रतिबद्ध रहेकाले त्यसमा कुनै आशङ्का नगर्न एमालेलाई विश्वस्त तुल्याएको थियो । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण देशभरको जनजीवन कष्टकर बन्दै
भरतपुर महानगरपालिका १९ मा पुनःमतदान गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर
निर्वाचन आयोगको भरतपुर महानगरपालिका- १९ मा पुन: मतदान गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन
संसदमा जारी प्रधानमन्त्री निर्वाचन प्रक्रियाप्रति विपक्षी एमालेको कडा असहमति
भरतपुर महानगरपालिका वडा नम्बर-१९ मा पुनः मतदान
शेरबहादुर देउवा स्पस्ट बहुमतका साथ प्रधानमन्त्री बन्ने निश्चित
दोस्रो चरणको स्थानीय चुनावकै दिन असार १४ गते वर्षा हुनसक्ने सम्भावना
स्थानीय निर्वाचन सुरक्षामा गम्भीर रुपमा खटिन प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
दोस्रो चरणको स्थानीय निर्वाचन मिति सारेपछि कैलालीका मधेसकेन्द्रित दल खुसी
तीन प्रदेशका निर्वाचित प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षलाई तालिम दिइने
स्थानीय निर्वाचन सारेपछि बाराका नागरिक आक्रोशित, कृषकमाथि बेइमानी गरेको आरोप
भरतपुर महानगरपालिकाको मतगणनास्थलमा ९० वटा मतपत्र च्यातिएको अवस्थामा भेटिए
स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी
भरतपुर नगरपालिकामा च्यातिएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन आयोगको निर्देशन
बहुमतीय प्रक्रियाबाट सरकार गठनको प्रक्रिया आरम्भ
निर्वाचन सार्ने निर्णय गरेपछि निर्वाचन आयोग अन्योलमा
धनकुटा नगरपालिकामा कांग्रेसद्वारा उम्मेदवार घोषणा
सहमतीय सरकारका लागि दलहरुबीच छलफल
भरतपुरमा छानबिन टोलीद्वारा दलका प्रमुखसँग छट्टाछुट्टै छलफल
बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको विमान दुर्घटना, पाइलटको मृत्यु, दुईजना घाइते