arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

एमालेद्वारा आचारसंहिता विपरीत निर्वाचन लक्षित बजेट रकमान्तरण रोक्न ध्यानाकर्षणtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सिङ्गो मुलुक स्थानीय निकायको निर्वाचनको अन्तिम तयारीमा जुटेका बेला निर्वाचन आचारसंहिताविपरीत केही मन्त्रालयबाट निर्वाचनलाई लक्षित गरी नयाँ कार्यक्रमका लागि बजेट रकमान्तरण भइरहेको जनाउँदै त्यसलाई रोक्न आयोगको ध्यानाकर्षण गराएको छ । 


उक्त पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्तलाई भेटेर निर्वाचनको सुनिश्चितताबारे पनि आवश्यक जानकारी माग गरेको हो ।

 माओवादी पूर्व लडाकुका नाममा अर्थ मन्त्रालयबाट शान्ति तथा पुनःनिर्माणमा बजेट निकास भएको, खेलकुद मन्त्रालयअन्तर्गत नयाँ कार्यक्रमको नाममा बजेट रकमान्तरण गरिएको तथा रोल्पामा विभिन्न सडक निर्माण गर्न करोडाँै बजेट निकासाका लागि तयार गर्दै गरेको प्रमाणसहितको ठोस काजजात सो अवसरमा प्रस्तुत गरिएको नेकपा एमालेले जनाएको छ । मुलुकका कतिपय स्थानमा निर्वाचनमा मतदातालाई प्रभावित तुल्याउने ढङ्गबाट कतिपय ठाउँमा विद्युत् प्राधिकरणका कर्मचारीको सरुवा गर्ने, पोल, तार र मिटरबक्स उपलब्ध गराउने समेतका काम सत्तारुढ दलबाट भएको भनी सो अवसरमा आयोगको ध्यानाकर्षण गराएको थियो । 

छलफलपछि संसदीय दलका उपनेता नेम्वाङले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुनु पर्दछ, त्यसमा यताउति हुनुहुँदैन भनी हामीले माग गरेका छौं। जवाफमा एकै चरणमा निर्वाचन हुन्छ, यताउति हुँदैन, तोकिएकै मितिमा निर्वाचन गर्ने अठोट, प्रतिबद्धता र दृढता आयोगको तर्फबाट आएको छ- उनले भने । 

आगामी ३१ गतेको निर्वाचन सम्पन्न गर्न सुरक्षा प्रबन्धलगायत आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाउँदै आयोगले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गर्न आयोग प्रतिबद्ध रहेकाले त्यसमा कुनै आशङ्का नगर्न एमालेलाई विश्वस्त तुल्याएको थियो । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
राजधानीमा यसै वर्षदेखि बिजुलीका तार आकाशबाट हटाएर भूमिगत गर्ने काम सुरु हुने
विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले सम्पत्ति विवरण अनिवार्यरुपमा बुझाउनुपर्ने
बझाङमा स्यालको टोकाइबाट वडाध्यक्षसहित २८ जना घाइते, स्थानीय त्रसित
बाढी-पहिरो पीडित र महिलामाथि भएका हिंसाप्रति सरकारको गम्भीर ध्यानाकर्षण:- गृहमन्त्री
बक्राहा खोला तटबन्ध निर्माणमा ठेकेदारको 'चरम लापरबाही', अहिलेसम्म ३४ % मात्र काम
मोरङ सुन्दर-हरैचाको फोक्लान टापुमा भाइरल ज्वरोको प्रकोप, दुई बालबालिकाको मृत्यु
मन्त्रिपरिषदमा महिलाको सहभागिता ३३ प्रतिशत पुर्‍याउन माग
बाग्लुङको बडिगाड बादिपमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु
आगामी दसैँसम्ममा राजधानीबासीलाई मेलम्चीको खानेपानी ल्याउने तयारी
पाल्पामा प्रदुषित पानीका कारण भाइरल ज्वरो, टाइफाइड र झाडापखालाका विरामी बढे
दाङको तुलसीपुर उपमहानगरपालिकामा हर्न निषेध गरिने
अख्तियारको काम, कारवाहीप्रति सांसदहरु असन्तुष्टि
साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भयोः चित्रबहादुर केसी
मधेसभित्रैको आन्तरिक शोषणले मधेस आन्दोलन असफल भएको टिप्पणी
भारतको चाहना पूरा गर्ने गरी संविधान संशोधन गर्न लागिको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुरको आरोप
तोकिएकै मितिमा प्रदेश नं‍. २ मा स्थानीय निर्वाचन सम्पन्न हुनेमा प्रमुख निर्वाचन आयुक्तको विश्वास
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा छलफल जारी
राष्ट्रिय जनमोर्चाको रौतहट जिल्ला समिति माओवादी केन्द्रमा विलय
निर्वाचन क्षेत्र निर्धारण आयोग गठन