arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

एमालेद्वारा आचारसंहिता विपरीत निर्वाचन लक्षित बजेट रकमान्तरण रोक्न ध्यानाकर्षणtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सिङ्गो मुलुक स्थानीय निकायको निर्वाचनको अन्तिम तयारीमा जुटेका बेला निर्वाचन आचारसंहिताविपरीत केही मन्त्रालयबाट निर्वाचनलाई लक्षित गरी नयाँ कार्यक्रमका लागि बजेट रकमान्तरण भइरहेको जनाउँदै त्यसलाई रोक्न आयोगको ध्यानाकर्षण गराएको छ । 


उक्त पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्तलाई भेटेर निर्वाचनको सुनिश्चितताबारे पनि आवश्यक जानकारी माग गरेको हो ।

 माओवादी पूर्व लडाकुका नाममा अर्थ मन्त्रालयबाट शान्ति तथा पुनःनिर्माणमा बजेट निकास भएको, खेलकुद मन्त्रालयअन्तर्गत नयाँ कार्यक्रमको नाममा बजेट रकमान्तरण गरिएको तथा रोल्पामा विभिन्न सडक निर्माण गर्न करोडाँै बजेट निकासाका लागि तयार गर्दै गरेको प्रमाणसहितको ठोस काजजात सो अवसरमा प्रस्तुत गरिएको नेकपा एमालेले जनाएको छ । मुलुकका कतिपय स्थानमा निर्वाचनमा मतदातालाई प्रभावित तुल्याउने ढङ्गबाट कतिपय ठाउँमा विद्युत् प्राधिकरणका कर्मचारीको सरुवा गर्ने, पोल, तार र मिटरबक्स उपलब्ध गराउने समेतका काम सत्तारुढ दलबाट भएको भनी सो अवसरमा आयोगको ध्यानाकर्षण गराएको थियो । 

छलफलपछि संसदीय दलका उपनेता नेम्वाङले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुनु पर्दछ, त्यसमा यताउति हुनुहुँदैन भनी हामीले माग गरेका छौं। जवाफमा एकै चरणमा निर्वाचन हुन्छ, यताउति हुँदैन, तोकिएकै मितिमा निर्वाचन गर्ने अठोट, प्रतिबद्धता र दृढता आयोगको तर्फबाट आएको छ- उनले भने । 

आगामी ३१ गतेको निर्वाचन सम्पन्न गर्न सुरक्षा प्रबन्धलगायत आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाउँदै आयोगले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गर्न आयोग प्रतिबद्ध रहेकाले त्यसमा कुनै आशङ्का नगर्न एमालेलाई विश्वस्त तुल्याएको थियो । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
२ सय मेगावाट विद्युत बचतका लागि २ करोड लिड बल्ब खरिद गरिदैं
कांग्रेस धादिङले चुनाव प्रचारमा प्रयोग गरेका दुई वटा गाडिमा अज्ञात समूहद्वारा आगजनी
गोरखामा माओवादी केन्द्रका कार्यकर्ताद्वारा नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण
सबैभन्दा बढी उमेरमा कीर्तिमान कायम गर्न सगरमाथाको आधार शिविर पुगेका मीनबहादुर शेरचनको निधन
मध्यपुर थिमि नगरपालिकामा राजनीतिक दलहरुको चुनावी प्रचार तीव्र
काठमाडौँमा स्थानीय निर्वाचनका लागि तीन हजार पाँच सय प्रहरी परिचालन
संघीय गठबन्धनद्वारा स्थानीय निर्वाचनमा सहभागी भएको भन्दै संयोजक उपेन्द्र यादवलाई निष्काशन
रोल्पामा सात महिनामा १५ गर्भ तुहियो , प्रसूतिमा समस्या भएपछि नवजात शिशुको मृत्यु
सिन्धुलीमा उम्मेदवारी फिर्ता लिन धम्की दिने चन्द माओवादीका तीन कार्यकर्ता पक्राउ
सर्वोच्चको आदेशलगत्तै प्रधानन्यायाधीश सुशीला कार्की नियमित काममा
काठमाडौंका स्वतन्त्र उम्मेद्वारले पाए चुनाव चिन्ह
नयाँ संघीय संरचनामा चार तहका अस्पताल रहने व्यवस्था
पहिलो चरणको स्थानीय निर्वाचनका लागि वैशाख २५-३१ सम्म शिक्षण संस्था र ३१ गते सार्वजनिक बिदा
सर्वोच्चद्वारा महाभियोग प्रस्ताव अघि नबढाउन र सुशीला कार्कीलाई काममा फर्काउन आदेश
प्रमुख प्रतिपक्षी एमालेद्वारा दोस्रो चरणको निर्वाचनलाई जेठ १० वा ११ गते सार्न माग
निर्वाचनका दिन अनुमति लिएर मात्र सवारीसाधन चलाउन पाइने
काठमाडौंका १० नगरपालिकामा ४२ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता
काठमाडौं-निजगढ फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय
कांग्रेस र माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भएसँगै चितवनमा कांग्रेस कार्यकर्ता आक्रोशित
काठमाडौँ महानगरपालिकाको १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी