arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

राष्ट्रपति रनिशिल्डको उपाधि भगवती मावी कुर शंखेटारी सन्धिखर्कलाई (भिडियो, तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ वैशाख २९, शुक्रवार)


अर्जुन भुसाल

सन्धिखर्क, अर्घाखाँची बैशाख २९ ।  आठौं राष्ट्रपति रनिङशिल्डको उपाधि श्री भगवती मावी कुर शंखेटारी सन्धिखर्कले हात पारेको छ ।

राष्ट्रपति रनिङशिल्डको उपाधि विजेता भगवति माविका विद्यार्थी, शिक्षक र अतिथि ।  तस्बिर अर्जुन भुसाल

एथलेटिक्स तर्फका धेरै खेलमा विजयी हुँदै भगवतिले ९७ अंक प्राप्त ग-यो । ६८ अंक ल्याउँदै अर्घाखाँची आवसिय मावि बेलबाटिका द्वितिय र सन्धिखर्क ग्रिन इङलिस बोर्डिङ तृतिय भएको छ । यस अघिको उपाधि गौरीशंकर बोर्डिङले आफ्नो पाल्टामा पारेको थियो । छात्र भलिवलमा ज्योति मावि ठाडा प्रथम भयो । सिद्धार्थ मावि हंसपुरलाई ३-० को साझो सेटमा पारजित गर्दै ठाडाले विजयी हासिल गरेको हो ।  सरस्वति मावि पणेना र जनप्रिय मावि असुरकोट तृतिय भए । छात्रा भलिवलमा सिद्धार्थ मावि हंसपुरलाई २-० को सोझो सेटमै हराउँदै गौरीशंकर बोर्डिङ प्रथम भयो । जनकल्याण मावि भगवति र जनज्योति मावि चुत्रावेशी तृतिय भए ।  छात्र- छात्राका दुबै भलिवलमा पराजित भएपछि सिद्धार्थ मावि हंसपुरको उपाधि जित्ने योजना बिफल बन्न पुग्यो ।  छात्र कपद्रीमा  हिमालय बोर्डिङ बल्कोट प्रथम, सन्धिखर्क ग्रिन बोर्डिङ द्वितिय,  अर्घाखाँची आवसिय मावि र आदर्श मावि खनदह तृतिय भए ।

बाजागाजा सहित बजार परिक्रमा गरेर  खुसीयाली मनाउँदै  ।  तस्बिर अर्जुन भुसाल

यस्तै छात्रा कपद्रीमा भगवति मावि शंखेटारी प्रथम, सरस्वति मावि  अर्घातोष द्वितिय , महेन्द्र विद्याबोध मावि बल्कोट र वैद्यनाथ मावि हंसपुर तृतिय भएका छन् । प्रतियोगितामा  विभिन्न विधामा उत्कृष्ट खेलाडी समेत छनोट गरियो । छात्रा एथलेटिक्समा  भगवति माविकी मनिसा रायमाझी, छात्रतर्फ युवा वर्ष जनता रविचित्र माविका  सागर पौडेल, भलिवलमा ज्योति माविका शेरबहादुर परियार, शौरीशंकरकी सुसिला जिसी उत्कृष्ट भएका छन् । कपद्रीमा हिमालय बोर्डिङका सज्जीव सारु, सरस्वति माता मावि अर्घातोषका रिमा खनाल,  अनुशासनतर्फ  सन्धिखर्क ग्रिन बोर्डिङका रमेश सारु र जनज्योति माविकी अम्बिका नेपाली उत्कृष्ट भएका जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव जनार्दन गैरेले बताए ।


प्रतियोगितामा उपाधि जित्ने विद्यालयलाई शिल्ड, ट्रफि र प्रमाण पत्रले पुरस्कृत गरियो ।  एक कार्यक्रमका बीच खेलाडी र विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।  द्वितिय र तृतिय हुने विद्यालयलाई  ट्रफि र प्रमाण पत्रले पुरस्कृत गरियो । प्रत्येक खेलमा प्रथम द्वितिय र तृतिय हुने विद्यार्थीलाई मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको छ । स्थानीय विकास अधिकारी प्रदिप पौडेल, सवुज गणका गणपति लक्ष्मीभक्त श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्री, प्रहरी नायव उपरिक्षक एकनारायण कोइराला र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालले संयुक्त रुपमा सबै खेलाडी र विद्यालयलाई पुरस्कृत गरे ।


राष्ट्रपति रनिङशिल्डमा पहिलो पटक उपाधि जितेपछि भगवति माविका शिक्षक र विद्यार्थीहरुले सन्धिखर्कमा बाजाघाजा सहित खुसीयाली मनाए ।  उनीहरु बजारका विभिन्न भाग परिक्रमा गरि विद्यालयमा गएर नाचगान समेत गरेका थिए । विद्यालयका प्राचार्य श्याम भुसालले  लामो समय सम्मको शिक्षक र विद्यार्थीहरको मेहनतले सार्थकता पाएको बताए ।  'लगातार तिन पटक सम्म  उपाधि जितेर शिल्ड कब्जा गर्ने  योजनाका साथ अघि बढ्ने सोँचमा छौं' उनले भने  ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
गाउँ - गाउँमा पैदल हिडेर भाेट माग्दै बाम गठबन्धन अर्घाखाँचीका उम्मेद्द्वार चेतनारायण आचार्य
अन्तत अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाले बाम गठबन्धनका उम्मेद्धार टोपबहादुर रायमाझीलाई भोट हाल्ने
खिदीम र भगवतीमा कांग्रेसको चुनावी सभा सम्पन्न, कांग्रेसले चुनाव जित्दा सबै नेपालीको जित हुने पुष्पा भुसालको भनाई
सन्धिखर्क नगरपालीकामा रहेका स्वास्थ्य संस्थाहरुमा अब औषधी अभाव नहुने
सन्धिखर्कको शान्ति बगैचाको सार्वजनिक शौचालय र सडक बिजोग, नेताहरुको चुनाव जित्न चिल्ला गफ र खोक्रा भाषण मात्र
अर्घाखाँचीमा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिए (भिडियो-तस्बिर सहित)
कांग्रेसको चुनाव प्रचार प्रसार कार्यक्रम १ को अर्घातोष, भगवती र २ को नरपानीमा सम्पन्न
वामगठबन्धनको वाङ्गलामा वामगठबन्धनको चुनावी सभा सम्पन्न (तस्बिर सहित)
वाम गठबन्धनद्वारा मालारानी ८ मा चुनावी प्रचारमा तिव्रता (तस्बिर सहित)
अर्घाखाँचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेसलाई समर्थन गर्ने
सिद्धाराका मतदाता मंसिर २१ गते हुने चुनावको अघिल्लै दिन मतदान केन्द्र पुग्ने तयारीमा
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कले मार्सिक शुल्क बृद्धि फिर्ता नगरे विधार्थीहरुले आल्दोलन गर्ने
वाम गठबन्धनको मालारानी ४ मा महिला-युवाको चुनावी भेला सम्पन्न
छत्रदेव गाउंपालिकाको वार्ड नं १ र नुवाकोटको लम्चीमामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
भुमिकास्थान नगरपालिकाको नुवाकोट गनेरिबोट कमलीपोखरामा जीप दुर्घटना, १४ जना घाइते (तस्बिर र घाइतेको नामावली सहित)
अर्घाखाँचीमा तपाईंको मतदान केन्द्र कहाँ पर्‍यो, मतपत्र यस्तो हुनेछ (सम्पूर्ण विवरण सहित)
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक उत्सव तथा स्थापना दिवस सम्पन्न
पणेना र अर्घामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
कांग्रेस अर्घाखाँचीको चुनावी प्रचारप्रसार कार्यक्रम २ को खिल्जी, असुरकोट र १ को ठुलापोखरामा सम्पन्न
मतदाता रिझाउन नेताहरु गाउँगाउँमा, वाम गठवन्धनको चुनावी सभा बाँगीको गुराँसे, भण्डार र आरुखोर सम्पन्न (तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736