arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

कपिलवस्तुमा लोकतान्त्रिक र बामगठबन्धनबीच कडा प्रतिस्पर्धा हुने text size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २४, शुक्रवार)

आगामी मंसिर २१ गते दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कपिलवस्तुमा दुई दलको चुनावी भिडन्त हुने देखिएको छ ।

कपिलवस्तुमा २४ वटा दल चुनावी मैदानमा उत्रिए पनि मूख्यतः लोकतान्त्रिक र बामगठबन्धनबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।

मंसिर २१ गते हुन गईरहेको प्रदेश तथा प्रतिनिधी सभा दोस्रो चरणको निर्वाचनमा कपिलवस्तुका ३ वटा निर्वाचन क्षेत्रहरुमा बाम गठबन्धनबाट साझा उम्मेदवार तोकिएका छन् ।

क्षेत्र नं. १ का लागी दोस्रो संविधान सभा निर्वाचनवाट पराजित माओवादीका नेता तथा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनैतिक सल्लाहकार चक्रपाणी खनाल (बलदेव) उम्मेदवार छन् ।

क्षेत्र नं. २ का लागी मधेसी जनताबीच ३ पटक सांसद बनिसकेका पूर्व कानुन मन्त्री बृजेश कुमार गुप्ता र क्षेत्र नं. ३ का लागी पुर्व राजपाका नेता तथा पुर्व भौतिक राज्य मन्त्री ईश्वर दयाल मिश्रा चुनावी मैदानमा छन ।

तीनै उम्मेद्वार आफ्नो जित्ने आधार यस्तो बताउँछन् ।

उता, कांग्रेसका तर्फवाट क्षेत्र नं.१ का लागी दोस्रो संविधान सभा निर्वाचनमा एमालेसंग पराजित कांग्रेसका केन्द्रिय नेता तथा पूर्व पर्यटन मन्त्री एवं भारतका लागी नेपाली राजदुत दीपकुमार उपाध्याय चुनावी मैदानमा छन् ।

त्यस्तै क्षेत्र नं.२ बाट पूर्व सिंचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्य र क्षेत्र नं. ३ वाट हालै कांग्रेस प्रवेश गरेका पूर्व फोरमका केन्द्रिय सहमहामन्त्री अभिषेक प्रताप शाह मैदानमा आएका छन् ।

राजपा र फोरमका ठुला नेता कांग्रेस, एमालेमा प्रवेश गरेपछि विगतमा कपिलवस्तु कव्जा गरेका मधेसवादी दलको अवस्था अहिले निकै नाजुक वनेको छ ।

मधेसवादी दलको बलियो खम्वा मानिएका वृजेश कुमार गुप्ता, ईश्वर दयाल मिश्रा बाम गठवन्धनमा सामेल हुनु र हालै फोरम परित्याग गरी कांग्रेस प्रवेश गरेका अभिषेक प्रताप शाह उम्मेद्वार बन्नुले पनि चुनानी टक्करमा मधेसी दल जान सक्ने अवस्था देखिदैन ।

जेहोस जित जसको भए पनि निर्वाचनमा मुख्य टक्कर भने कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धन र एमाले, माओवादी, स्वतन्त्र सहितको बाम गठबन्धनबीच हुने देखिएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
पहिलो चरणमा आइतबार निर्वाचन हुने ३२ जिल्लाका शैक्षिक संस्था बन्द
पहिलो चरणमा चुनाव हुने ३२ जिल्ला ३७ निर्वाचन क्षेत्रमा मौन अवधि सुरू
आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी पूरा
मतपत्र खसालिएको ३२ जिल्लाका मतपेटिकाको सुरक्षामा भित्र प्रहरी, बाहिर सेना
संघीयताले वार्षिक ८२० अर्ब दायित्व बढाउँदै, राजश्व संकलनबिना केही हुन नसक्ने
पहिलो चरण अन्तर्गत भोलि रातिदेखि दलहरुले चुनाव प्रचार गर्न नपाउने, मौन अवधि सुरु
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आचारसंहिता उल्लंघनका घटना बढे
दोस्रो चरणको ४५ जिल्लामा हुने निर्वाचन अनुगमनका लागि ७५ जना सहसचिव खटाइयो
बागलुङमा कांग्रेसको प्रचार टोलीमाथि बम प्रहार
बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय
पहिलो चरणमा हुन लागेको निर्वाचन लक्षित नेपाल-भारत सीमा ७२ घण्टा बन्द गरिने, मतगणनासम्म मदिरा निषेध
माओवादी केन्द्रले प्रचण्ड पुत्र प्रकाशको सम्झनामा सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने
प्रधानमन्त्री देउवाले पुत्रशोकमा रहेका प्रचण्डलाई घरमै पुगेर भेटी समवेदना व्यक्त गरे
उम्मेदवार लक्षित आक्रमण बढेपछि मन्त्रिपरिषदबाटै ठोस निर्णय गर्ने तयारी
बाजुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी
चितवनमा 'प्रचण्ड'का पुत्र प्रकाशको शोकमा चुनाव प्रचारप्रसारका सबै कार्यक्रम स्थगित
पुत्रशोकमा परेका दाहाललाई राष्ट्रपति र उपराष्ट्रपतिबाट समवेदना व्यक्त
प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टी, प्रचण्ड आफैँले दिए प्रकाशलाई दागबत्ती
पूर्व राजा ज्ञानेन्द्र शाहद्दारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधन
http://go.oclaserver.com/afu.php?zoneid=1465736