arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

विकास सहायता परिचालन प्रतिवेदन सार्वजनिक, १ अर्ब ७ करोड ४० लाख डलर विकास सहायता परिचालन text size increase   text size decrease   Print    rss (२०७४ वैशाख ३, आइतवार)



आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब ७ करोड ४० लाख डलर विकास सहायता परिचालन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष ५ प्रतिशतले वृद्धि भइ करिब १ खर्ब ७ अर्ब रुपैयाँ बराबर विकास सहायता परिचालन भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी गत वर्षको विकास सहायता प्रतिवेदन सार्वजनिक गरेको हो ।

कुल परिचालित सहायतामध्ये ५० प्रतिशत अनुदान, ३५ प्रतिशत ऋण र १५ प्रतिशत प्राविधिक सहयोग रहेको जनाइएको छ ।

उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले कुल परिचालन भएको वैदेशिक सहायतामध्ये ६३ प्रतिशत राष्ट्रिय बजेटमार्फत् परिचालन भएको बताए ।

अर्थसचिव शान्तराज सुवेदीले विकास साझेदारसँग परियोजनाअनुसार सम्झौता हुने निर्णय भएको हुँदा सम्झौताअनुसारको पैसा नआएको बताए ।

कुल सहायता परिचालनामा बहुपक्षीय र द्धिपक्षीय विकास साझेदारको योगदान क्रमशः ५८ र ४२ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी सहायता परिचालन गर्ने बहुपक्षीय विकास साझेदारमा विश्व बैंक रहेको र द्धिपक्षीय विकास साझेदारमा अमेरिका रहेको जनाइएको छ ।

नेपाललाई सहायता उपलब्ध गराउने विकास साझेदारको संख्या ४० भन्दा बढी भएपनि पाँच बहुपक्षीय विकास साझेदारहरुले ५७ प्रतिशत र पाँच द्धिपक्षीय विकास साझेदारहरुको ३० दशमलव ५ प्रतिशत गरी कुल विकास सहायताको ८७ प्रतिशत बढी सहायता परिचालन गरेका अर्थ मन्त्रालयले जनाएको छ ।

अघिल्लो वर्ष सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा सहायता परिचालन भएकोमा यस वर्ष ऊर्जा क्षेत्रमा सबैभन्दा बढी खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

भूकम्पपछिको पुनःनिर्माणका आयोजना गरिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँ बराबर सहयोग गर्ने घोषणा गरेकोमध्ये आर्थिक वर्ष २०७२/७३ को अन्त्यसम्म २ अर्ब ७१ करोड अमेरिकी डलरको सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ ।   इमेजखबरमा समाचार छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
बुटवल राजधानी हुने हल्लापछि दाङमा भयो यस्तो बबाल
किन बढ्यो चिसो, देशभरको तापक्रम कति छ ? हेर्नुहोस्
पश्चिम तराईमा शीतलहरले जनजीवन कष्टकर
रामेछापको खाँडादेवीमा पानीको चरम अभाव भएपछि ४ रुपैयाँ लिटर पानी खरिद गर्न बाध्य
सरकार गठनका लागि मार्गप्रशस्त गर्न एमाले र माओवादी केन्द्रको आग्रह
समानुपातिकतर्फको मतगणना सम्पन्, सबैभन्दा बढी मत एमालेलाई
चितवनमा पछिल्लो एक माहिनामा सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु
राष्ट्रियसभा निर्वाचन अध्यादेशमा खोंचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको एमाले ओली आरोप
सिरहामा विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण अस्पतालमा बिरामीको चाप
कपिलवस्तुमा चिसो र शीतलहरले जनजीवन प्रभावित
प्रदेश नम्बर-३ को राजधानी हेटौँडालाई बनाउन माग
निर्वाचन आयोगले राष्ट्रिय सभा गठन नभई अन्तिम परिणाम सार्वजनिक नगर्ने
एमालेद्दारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश गैरसंवैधानिक भएकोले सच्याउनुपर्ने जिकिर
५९ आदिवासी जनजातिमध्ये प्रतिनिधिसभामा जनजातिबाट ४५ निर्वाचित
प्रदेश-७ को राजधानी पहाडी डडेल्धुरामै हुनुपर्ने माग
नेपाली शान्ति सेनालाई राष्ट्रसंघीय पदकबाट सम्मान
समानुपातिकतर्फ मत गणना जारी, पाँच दलमात्र थ्रेसहोल्डमा सुरक्षित
सप्तरीमा बाढीपीडितका लागि घर बनाइने
सुनसरी–३ मा पुनः मतदानको माग गर्दै प्रदर्शनमा उत्रिए एमाले कार्यकर्ता
प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिकको मतगणना जारी, समानुपातिक सांसद कसरी चुनिन्छन् ?
http://go.oclaserver.com/afu.php?zoneid=1465736