arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

बर्दियामा बाढी प्रभावित क्षेत्रमा भाइरल ज्वरो, रुघाखोकीका बिरामी बढ्दै, चिकित्सक नहुँदा उपचारमा समस्या text size increase   text size decrease   Print    rss (२०७४ भाद्र १८, आइतवार)

बर्दियामा  रातको समयमा उपचारका लागि जिल्ला अस्पताल आउने बिरामीलाई नेपालगन्ज पठाइने गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा बिरामीको संख्या बढ्दै गए पनि जिल्ला अस्पतालमा चौबीसै घण्टा चिकित्सक भेटिँदैनन् । प्रयोगशालासमेत खुला नहुँदा रातको समयमा उपचारका लागि नेपालगन्ज लैजानुपर्ने बाध्यता छ ।

बाढी प्रभावित क्षेत्रमा भाइरल ज्वरो, रुघाखोकीलगायत बिरामी बढ्दै गए पनि जिल्ला अस्पतालमा पर्याप्त चिकित्सक नहुँदा उपचारमा समस्या भइरहेको स्थानीयवासीको गुनासो छ ।

बाढीपछि बिरामीको चाप बढ्दै गएको छ । अस्पतालमा दैनिक १५० बढी बिरामी उपचारका लागि बहिरंग सेवामा आउने गरेको डा.रन्जन थपलियाले बताए । पचास श्यैयाको अस्पतालमा दैनिक ५० भन्दा बढी बिरामी आकस्मिक सेवामा उपचारका लागि आउने गरेका छन् । त्यहाँ खटिने स्वास्थ्यकर्मी पनि प्रायः नभेटिने गरेको गुनासो बिरामीको छ ।

अस्पतालमा एक वर्षदेखि एनालाइजर उपकरणको सुविधा भए पनि सेवा दिन सकिएकों छैन ।

एनालाइजर मेसिनमार्फत कलेजो, मिर्गाैला र मधुमेहलगायत रोगको रगत परीक्षण हुने भए पनि चौबीसै घण्टा सुविधा उपलब्ध नहुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालले चौबीसै घण्टा औषधालय सन्चालनका लागि आवश्यक जनशक्ति नभएको बताउँदै आएको छ ।

विशेषज्ञसहित १४ चिकित्सकको दरबन्दी भए पनि ५ जनामात्र कार्यरत छन् । अस्पताल विकास समितिले दुई वर्षदेखि करारमा स्वास्थ्य सहायक, स्टाफ नर्स र प्रयोगशाला प्राविधिक गरी १८ जनालाई राखेको छ । समितिले करार सेवाका ती कर्मचारीलाई मासिक करिब रु दुई लाख तलबभत्ता दिँदै आएको छ ।

प्राविधिकतर्फका ती कर्मचारीलाई औषधालय र प्रयोगशालामा पालोअनुसार खटाउने भनिए पनि दुवै सेवा उपलब्ध नहुँदा बिरामीलाई सास्ती छ । विकास समिति अध्यक्ष दुर्गा सापकोटाले केही यन्त्र बिग्रिएकाले उपचारमा समस्या भएको स्वीकार गरेका छन् । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
आगामी निर्वाचनमा सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाउन नेपाल र भारतका सुरक्षा अधिकारीहरु सहमत
प्रधानमन्त्री देउवाद्दारा निर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन
ढुक्क भएर मतदान गर्न आममतदाताहरुलाई निर्वाचन आयोगको अपिल
पहिलो चरणमा आइतबार निर्वाचन हुने ३२ जिल्लाका शैक्षिक संस्था बन्द
पहिलो चरणमा चुनाव हुने ३२ जिल्ला ३७ निर्वाचन क्षेत्रमा मौन अवधि सुरू
आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी पूरा
मतपत्र खसालिएको ३२ जिल्लाका मतपेटिकाको सुरक्षामा भित्र प्रहरी, बाहिर सेना
संघीयताले वार्षिक ८२० अर्ब दायित्व बढाउँदै, राजश्व संकलनबिना केही हुन नसक्ने
पहिलो चरण अन्तर्गत भोलि रातिदेखि दलहरुले चुनाव प्रचार गर्न नपाउने, मौन अवधि सुरु
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आचारसंहिता उल्लंघनका घटना बढे
दोस्रो चरणको ४५ जिल्लामा हुने निर्वाचन अनुगमनका लागि ७५ जना सहसचिव खटाइयो
बागलुङमा कांग्रेसको प्रचार टोलीमाथि बम प्रहार
बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय
पहिलो चरणमा हुन लागेको निर्वाचन लक्षित नेपाल-भारत सीमा ७२ घण्टा बन्द गरिने, मतगणनासम्म मदिरा निषेध
माओवादी केन्द्रले प्रचण्ड पुत्र प्रकाशको सम्झनामा सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने
प्रधानमन्त्री देउवाले पुत्रशोकमा रहेका प्रचण्डलाई घरमै पुगेर भेटी समवेदना व्यक्त गरे
उम्मेदवार लक्षित आक्रमण बढेपछि मन्त्रिपरिषदबाटै ठोस निर्णय गर्ने तयारी
बाजुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी
चितवनमा 'प्रचण्ड'का पुत्र प्रकाशको शोकमा चुनाव प्रचारप्रसारका सबै कार्यक्रम स्थगित
पुत्रशोकमा परेका दाहाललाई राष्ट्रपति र उपराष्ट्रपतिबाट समवेदना व्यक्त
http://go.oclaserver.com/afu.php?zoneid=1465736