arghakhanchi
मिति:
*BREAKING NEWS ताजा समाचार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

वाङलाको मथुरा मतदान केन्द्रमा बुथनै कब्जा गरि भिरमा फालिएका मतपेटिका साँझपख खाली छतबिक्षत अवस्थामा भेटिए (पुरा विवरण सहित)text size increase   text size decrease   Print    rss (२०७४ म‌सिर २१, विहीवार)


नबिन के.सी

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा  प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको निर्वाचनमा एक मतदान केन्द्र बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।   

आज ९३ मतदान केन्द्र मध्ये ९२ केन्द्रमा सम्पन्न निर्वाचनमा ६४.४५ प्रतिशत अर्थात ८७,८३४ मत खसेको छ । जसमा ४९,२२१ जना महिला र ३८,६१३ जना पुरुष रहेका छन् । ९२ केन्द्रमा १३६, २८४ मतदाता रहेका छन् ।     

अर्घाखाँची जिल्लामा जिल्लामा कुल १३८,३२८ मतदाता संख्या रहेको छ । भने सन्धिखर्क नगरपालिका ५ वाङला  स्थित मथुरा  मावि केन्द्रमा २०४४ मतदाता रहेका छन् ।  अर्घाखाँचीमा स्थानिय तहमा ७० प्रतिशत मत खसेको थियो ।

मथुरा मतदान केन्द्रमा बुथनै कब्जा
 
सन्धिखर्क नगरपालिका वडा नम्बर ५ वाङ्ला मथुरा निम्न माध्यमिक विद्यालय नेटा मतदान स्थलका (क) र (ख) गरी दुईवटा मतदान केन्द्रको मतदान कार्य आज स्थगित भएको छ । मतदान केन्द्र (ख) का मतदान अधिकृतले मतपत्रमा सही नगरेको भनी राजनीतिक दलका कार्यकर्ताबाट एउटा मतपेटिका तोडफोड गरी फालेको र बाँकी मतपत्र च्यातेकाले उक्त मतदान केन्द्रको मतदान कार्य स्थगित भएको हो ।  


नेटाको मतदानस्थलमा रहेका २ वटा मतदान केन्द्रको 'ख' मतदान केन्द्रमा भने कांग्रेसका कार्याकर्ताले बुथनै कब्जा गरि मतपेटिका फाल्ने तथा जलाउने कार्य गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले मतदान स्थल कब्जामा लिई मत पेटिका फालेका कारण मतदान स्थगित गरिएको बताए । उनले भने 'ख' केन्द्रको मत पेटिका फालेको तथा मत पत्र च्यातेका कारण मतदान स्थगित गरेका छौँ ।

निर्वाचन आयोगलाई रायसहित लेखेर पठाएका छौ आयोगले मिति तोकेसँगै निर्वाचन सम्पन्न गर्ने छौ ।' उक्त मतदान स्थलको 'क' मतदान केन्द्रमा खसेको मत तथा मत पेटिका भने सुरक्षित भएको मतदान अधिकृत जितेन्द्र खत्रीले बताए ।


वाम गठबन्धनका उम्मेदवारलाई जिताउनको लागि नियोजित रुपमा खाली मतपत्र दिएको कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता कृष्ण भुसालले बताए । उनले भने,'मतदान अधिकृतकै संलग्नतामा नियोजितरुपमा हाम्रा मत बदर गराउन खोजियो ।' यता वाम गठबन्धनका नेताहरुले उक्त बुथमा कांग्रेसले आफूले सोचे जस्तो मत नखस्ने मतपेटिका फाल्ने काम गरेको आरोप लगाए ।

एमालेको तर्फबाट ऐजेण्ट बसेका अधिकारीले भने,'मतदान अधिकृतले हस्ताक्षर नगरेको मत भेटिएको र गल्ती स्वीकार गरि सकेपछि दलिय प्रतिनिधी बसेर सहमती गर्ने कुरा भएको थियो । त्यहीबेला कांग्रेसका नेताहरुले कार्यकर्तालाई उत्तेजित पारी बुथ कब्जा गरे ।' 'ख' केन्द्रका मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले आफूले भुलबस गल्ती गरेको स्वीकार गरे ।


मत पेटिका भिरमा साँझपख खाली भेटिए 

फालिएको मतपेटिका दिन भर खोज्दा साँझपख भिरमा खाली रहेको अवस्थामा छतबिक्षत अवस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । मत मतपेटिका फाल्दा समेत सुरक्षाकर्मी रमिते बनेको आरोप छ ।

तर, यता प्रमुख जिल्ला अधिकारी भुसालले सुरक्षा व्यवस्था कडा हुँदाहुँदै पनि घटना घटेको बताए । उक्त स्थान अत्यन्तै सानो तथा भिर भएको ठाउँ छ । उनले भने, ‘मतदान अधिकृतले कमजोरी गर्दा यस्तो घटना घटेको हो, हामीले सुरक्षा व्यवस्था कडा पारेका थियौँ, स्थान पनि साघुँरो तथा भिर भएकाले मत पेटिका फालेको हुन सक्छ ।’

मतदान अधिकृतले गल्ती गरेको स्वीकार

ख केन्द्रका मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले आफूले भुल बस गल्ती गरेको स्वीकार गरे । उनले भने, 'म मतदान अधिकृत भएको केन्द्रमा फरक क्षमता भएका व्याक्तिको एका घरका भन्दा फरक भएका व्याक्तिले मत राख्न थाले पछि म त्यता तर्फ लागे बिबाद मिलाउदै गर्दा सुरक्षा कर्मी साथीहरुले मतपत्र सकियो भन्नु भयो मैले मत पत्र दिदा दायाँ साईटमा राखेको दिनु पर्नेमा बायाँ तर्फको दिएछु । जस्मा हस्ताक्षर गर्न भनेर राखिएको थियो यसरी गल्ती भयो । मतपत्रमा हस्ताक्षर नभएको भेटाएमा कर्मचारी तथा दलका प्रतिनिधि तथा मतदातालाई पनि ख्याल गर्ने विषयमा सर्बदलिय बैठकमा छलफल भएको थियो । यसरी मत पेटीका फल्नु र जलाउनु नै गलत हो ।'


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खिल्जीको बेल्बोटमा लागेको आगलागी नियन्त्रणमा (तस्बिर सहित)
छत्रदेव ७ काे ढिकुरामा भैलाे खेलेर उठेको रकमबाट पधेरा कुवा संरक्षण
केरुंगाकी शान्ता र वाङ्लाका विजयको दाइजो गरगहना बिनानै विवाह, विहे खर्च सबै बाढी पीडितलाई सहयोग
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको स्वास्थ्य अवस्था स्थिर, बाबुको निधन
भूमिकास्थानको पकले मेयलपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
अर्घाखाँचीमा समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चाका धेरै भोट् सूर्य र गोलाकारभित्र हसिया हथौडामा परे
पाणिनी बहुमुखी क्याम्पसमा शुल्क वृद्धि गरेको विरोधमा तालाबन्दी
अर्घाखाँचीमा समानुपातिकतर्फको मतगणना जारी | प्रतिनिधिसभामा काँग्रेस अगाडि, प्रदेश सभामा एमाले अगाडि (सबै दलका मत विवरण सहित)
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नम्बर १, २ का यि उम्मेद्वारको जमानत जफत भयो (विवरण सहित)
अर्घाखाँचीमा ५ जना प्रतिनिधिसभा उम्मेद्वारको जमानत जफत (विवरण सहित)
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहान रुपन्देहीमा दुर्घटना परी गम्भीर घाइते
सन्धिखर्कमा वाम गठबन्धनको विजयी -र्याली, सभा सम्पन्न (भिडियो, तस्बिर सहित)
संयुक्त वाम गठबन्धनले आज सन्धिखर्कमा विजयी जुलुश सहित सभा गर्ने
अर्घाखाँचीमा वाम गठबन्धनको क्लिन स्वीप
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे विजयी
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य विजयी
त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता मध्ये फेरि अर्घाखाँचीका एक जनाको शब फेला
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता, मतगणना जारी
अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी नजिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736