arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

शीतगंगा नगरपालिकामा भोट हाल्न सिकाउन कांग्रेस, एमालेका उम्मेदवारको तँछाडमछाडtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ २, शुक्रवार)


 वीरेन्द्र केसी कान्तिपुर
 
सिमलपानी, अर्घाखाँची । 'नमस्कार, म उम्मेदवार । तपाईंसँग भोट माग्न आएको हुँ । मलाई भोट दिन यहाँ यसरी छाप लगाउनुहोला ।' यही भन्दै उम्मेदवारले नै नमुना मतपत्र, स्वस्तिक छाप र स्ट्यामप्याड बोकेर घर-घरमा भोट हाल्न सिकाउन भ्याइनभ्याइ छ । चुनावी सभामा भाषण भन्दा घरमा पुगेर परिवारलाई भोट हाल्न सिकाउँदा खसेको मत बदर नहुने र प्रभाव बढने भन्दै शीतगंगा नगरमा उमेरदारहरू घरदैलो गर्दैछन् । कांग्रेस र एमालेका उम्मेदवारले नै मतदातालाई रिझाउँदै आफनो चुनाव चिहनमा भोट हाल्न सिकाउनेको होडबाजी नै छ । गाउँले भन्छन्, आज कांग्रेस, एमालेका उम्मेदवार कार्यकर्तासहित पालैपालो यो चिहनमा भोट दिनुहोला भन्दै एउटै घरमा दुई/तीनपटक आइसके । 

सिमलपानीको विक्रमसोता गाउँमा पुगेर घरमा बसिरहेका वृद्धवृद्धालाई शीतगंगा नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार वसन्तकुमार श्रेष्ठले भने, 'म उम्मेदवार, भोट माग्न आएको छु । चुनावका दिन मतदान केन्द्रमा मेरो चिहनमा यसरी छाप लगाइदिनुहोला ।' उनीसँगै उपमेयरकी उम्मेदवार गीता भाटसहित वडाध्यक्ष र सदस्य अहिले मतदातालाई भोट हाल्ने तरिका सिकाउन व्यस्त छन् । प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले चुनावीसभा र भाषणलाई छाडेर घरदैलो गरी छाप लगाउन सिकाएपछि एमाले उम्मेदवार पनि भोट हाल्ने तरिका सिकाउन लागेका हुन् । भोट हालेपछि मतपत्र कसरी पटाएर बाक्सामा राख्ने भन्ने पनि सिकाएका छन् । वृद्धवृद्धालाई छाप हान्न भन्छन् र बदर हुँदा यो खेर गयो यसरी छाप लगाउनुहोला भन्दै सिकाउने गरेका छन् । 

'डेढ महिनादेखि घरदैलो, चुनावी सभा र विकास योजनाबारे छलफल एउटै गाउँमा दुईपटकसम्म गरियो,' श्रेष्ठले भने, 'अब घरमै पुगेर महिला र वृद्धवृद्धालाई भोट हाल्ने तरिका सिकाउँदैछांै ।' धेरैलाई भोट हाल्न अलमल भयो । उम्मेदवार गाउँमा आएर भाषण गरे । तर, भोट हाल्न सिकाउन आएनन् भन्ने गुनासा आएपछि नमुना मतपत्र र स्वस्तिक छाप बोकेर घरदैलो गरेका छौं,' उनले भने । शीतगंगा-१४ सिमलपानीको विकट बस्ती विक्रमसोता गाउँमा पुगेर श्रेष्ठ र भाटले एउटा पार्टीका आठवटा चिहन हुन्छन् । त्यसमा सातवटा मात्रै छाप लगाउनुहोला भन्दै वृद्धवृद्धासहित महिलालाई सिकाए ।'चुनावी प्रचार, सभा र घरदैलो मात्रै गरेर के गर्ने भोट बदर भए वर्वादै हुन्छ,' भाटले भनिन्,' 'आºनो चिहनमा भोट हाल्न नसिकाएपछि पछुतो हुन्छ सक्छ । सधैं भाषण सुनाएर मात्रै हुँदैन । भोट सुरक्षित गर्नुपर्छ ।' गाउँको समस्या र विकास योजनाको माग के छ भनेर घरदैलोमा जनताको माग पनि सुन्ने गरेको उनले बताइन् । जितेपछि सम्मृद्ध नगर बनाउन जनतासँग विकास योजनाबारे छलफल र अन्तक्र्रिया पनि भइरहेको छ । नगरभित्रका सबै टोलबस्तीमा घरैपिच्छे चुनाव चिहनमा भोट हाल्न सिकाउन टोली बनाएको उनले बताइन् । यसका लागि शिक्षित युवा कार्यकर्ता परिचालित छन् । 

पढेलेखेका युवा उमेरकाले छाप हाल्ने तरिका जानेका छन् । तर, घरमा बस्ने वृद्धवृद्धा र महिलालाई अलमल नै छ । विकट बस्तीमा निर्वाचन कार्यालयका कर्मचारी मतदाता शिक्षा सिकाउन अझै नपठाएको गाउँलेको गुनासो छ । 

शीतगंगामा कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा देखिन्छ । जति कांग्रेस र एमालेका उम्मेवारको दौडधुप छ । अरू पार्टीको उम्मेदवारको सामान्य देखिन्छ । शीतगंगा नगरमा कांग्रेसबाट मेयर उम्मेदवार सूर्यप्रसाद अधिकारी पार्टीले टिकट दिनुभन्दा महिना दिनअघि सबै गाउँ घुमेर भोट मागेका थिए । पार्टीले उम्मेदवार बनाएपछि खुलेर मत माग्न घरदैलोमा व्यस्त छन् । पेसाले श्रेष्ठ ठेकेदार र अधिकारी कपडा व्यापारी हुन् । तर, नगरमा दुवै लोकप्रिय छन् । 

अधिकारीसहित उपमेयर मीना पौडेल, वडा अध्यक्ष र सदस्य घर-घरमा पुगेर छाप हान्न शिक्षा सिकाउन भ्याइनभ्याइ छ । अधिकारीले घरमा पुगेर परिवारलाई एकै ठाउँ राखेर यसरी छाप हान्नुहोला भन्दै सिकाएको बताए । 'कांग्रेस बाहेक अरूकोमा पनि भोट मागेका छांै,' नगरका कांग्रेस नेता नारायण बेल्वासेले भने, 'जहाँ गयो त्यहाँ सकारात्मक नै भएको छ । भोट दिन्न भन्ने कोही भेटिएको छैन ।'

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खिल्जीको बेल्बोटमा लागेको आगलागी नियन्त्रणमा (तस्बिर सहित)
छत्रदेव ७ काे ढिकुरामा भैलाे खेलेर उठेको रकमबाट पधेरा कुवा संरक्षण
केरुंगाकी शान्ता र वाङ्लाका विजयको दाइजो गरगहना बिनानै विवाह, विहे खर्च सबै बाढी पीडितलाई सहयोग
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको स्वास्थ्य अवस्था स्थिर, बाबुको निधन
भूमिकास्थानको पकले मेयलपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
अर्घाखाँचीमा समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चाका धेरै भोट् सूर्य र गोलाकारभित्र हसिया हथौडामा परे
पाणिनी बहुमुखी क्याम्पसमा शुल्क वृद्धि गरेको विरोधमा तालाबन्दी
अर्घाखाँचीमा समानुपातिकतर्फको मतगणना जारी | प्रतिनिधिसभामा काँग्रेस अगाडि, प्रदेश सभामा एमाले अगाडि (सबै दलका मत विवरण सहित)
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नम्बर १, २ का यि उम्मेद्वारको जमानत जफत भयो (विवरण सहित)
अर्घाखाँचीमा ५ जना प्रतिनिधिसभा उम्मेद्वारको जमानत जफत (विवरण सहित)
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहान रुपन्देहीमा दुर्घटना परी गम्भीर घाइते
सन्धिखर्कमा वाम गठबन्धनको विजयी -र्याली, सभा सम्पन्न (भिडियो, तस्बिर सहित)
संयुक्त वाम गठबन्धनले आज सन्धिखर्कमा विजयी जुलुश सहित सभा गर्ने
अर्घाखाँचीमा वाम गठबन्धनको क्लिन स्वीप
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे विजयी
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य विजयी
त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता मध्ये फेरि अर्घाखाँचीका एक जनाको शब फेला
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता, मतगणना जारी
अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी नजिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736