arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
मनोरन्जन,कला र शैली

सपना देख्न उमेर चाहिँदैन text size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १२, विहीवार)

world news

किशोर नेपाल

मंगलबार बिहानै कुनै सामाजिक सन्जालमा पढियो, वाहियातहरू, भ्यालेन्टाइन डेको अर्थ प्रेम वा प्रणय दिवस त हुँदै होइन । सिल्ली नेपालीहरूले कहाँबाट सिके यो सबै वित्पाते चलन ? अलिकति हाँसो उठ्यो । हामी कति उपदेशवादी भएका हौं । भ्यालेन्टाइन डेको अर्थ प्रेम वा प्रणय दिवस नभएर के भो त ? यो दिनलाई नेपालीले प्रेम दिवसका रूपमा मनाएर केचाहिं बिगार गरे ? ठीकै छ त । भ्यालेन्टाइन डेमा प्रेम दिवस नमनाउने हो भने कृष्ण जन्माष्टमीमा मनाए भैहाल्यो । भ्यालेन्टाइन डेमा वर्गर खानेले जन्माष्टमीमा वर्फी खाइहाल्छन । आखिर कृष्ण र भ्यालेन्टाइन दुवै प्रेमका प्रतीक पुरुष हु्न । यसमा गडबड नै के छ र ?

माया गर्नु र माया पाउनु सजिलो छ नेपालमा । गुलाफको फूल पाइएन भने पनि केही छैन । सयपत्रीले काम चलिहाल्छ । गुलाफको ठाउँमा लालुपाते भए त सुनमा सुगन्ध । यसो फूलपातीमा मुन्टो लुकाएर लिप संसर्ग गरे भइगो । एक अर्कालाई फूलको उपहार दिएर किसको उपहार लिने यो रमाइलो चाडमा नेपालको जवान पींढी रमाएको छ भने त्यसमा खुसी हुनुपर्छ । तुक न ताकको टिप्पणी लेखेर विरोध गर्नु भनेको आफ्नो सानो चित्तको प्रदर्शन मात्र हो ।
 
प्रेममा आफूलाई कसैले वाल नदिएकोमा चित्त दुखाउनेहरूको मनमा मल्हम लगाउँदै शाहरूख किंग खानले भनेका छन् कसैले वास्ता गरेन वा स्वीकार गरेन भन्दैमा मन खराब नगर । संसारमा जुन वस्तु जति बढी मूल्यवान हुन्छ त्यसलाई साधारण जनताले त्यति नै रिजेक्ट गर्छ । यो त दुनियाँको रीतै हो । हाम्रा ठिटाहरू कति मूर्ख छन् । उनीहरूलाई थाहा छैन, सहरमा असी प्रतिशत राम्रा केटीहरू अविवाहित छन् तर उनीहरू सोच्छन् निश्चय पनि, तीमध्ये सबका सबको ब्वाइफ्रेन्ड होलान । यहींनिर त मार खायो नेपाली जवान । हिसाबमा कति कमजोर छ हाम्रो जवानी । सहरमा केटाहरूको अकाल छ । केटीहरूको बढ्दो भीडमा केटाहरू हराएका छन् । तैपनि, उनीहरू असी प्रतिशत केटीको ब्वाइफ्रेन्ड भएको मान्छन् भने हाम्रा जवानले नै त मार खाने होला नि । होइन र ?
 
हाम्री सुशिक्षित अभिनेतृ केकी अधिकारीले सामाजिक सन्जालमा लेखिछन्,  बोलीको रुखो मान्छे मनको नरम हुन्छ । तर, मान्छे नरम मात्र भएर पुग्दैन गरम पनि हुनुपर्छ । हो, केकीले आफ्नो स्टाटसमा यस्तो लेखिन् भने सहरमा पक्कै राइट हुन्छ । दंगामा को नरम हुन्छ ? को गरम हुन्छ ? थाहा हुँदैन । मानिसलाई भ्यालेन्टाइन डेको सात दिनअघिदेखि नै गजबको चौ चौ लाग्छ । के गरौं, कसो गरौं । किनभने, हिन्दीमा भन्नुपर्दा सात दिनअघिदेखि नै महिला र पुरुष दुवै थरीको मनमा, खुजली करता है और कुछ कुछ होता है ।
 
भ्यालेन्टाइनको पूर्वसन्ध्यामा इन्दिरा जोशी उध्रेको चोली लगाएर पोखरामा चिलिन्...प्रियंकाको तान्सिङ मा सुटिङ । हतारमा प्रियंकाले तानसेनलाई तान्सिङ लेखिन् भनेर कसो बाबाल भएन । तर, जो जहाँ भए पनि भ्यालेन्टाइन अहिले सँघारमा छ । तपार्इंले यो राइटअप पढ्दासम्म यसले डाँडो काटिसकेको हुनेछ । यो वर्ष तपाईंले आफ्नी भ्यालेन्टाइन भेट्नुभएन भने चिन्ता नगर्नुहोस्, अर्को साल पक्कै भेट्नुहोला । ती कतै हुर्किंदै र फत्रिँदै होलिन । हामीकहाँ लालीगुराँस समयभन्दा पहिले नै फुल्न थालेको छ । अर्को वर्षदेखि गुलाफको फूल छाडेर गुराँसको फूललाई पो प्रमोट गर्ने हो कि ? गुराँसको निख्खर रातो रंग नेपालीहरूलाई खुबै मन पर्छ ।
 
प्रेमको प्रतीक दिवस । मानिसका लागि सपना देख्नु महत्वपूर्ण हो । सपना कुन उमेरको मानिसले देख्ने हो ? त्योसँग कुनै सरोकार हुँदैन सपनाको ।

कान्तिपुर साप्ताहिक


          

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
शाहरुख र अक्षयका कारण सिपोराले हल पाईनन्, भूईँमान्छेको प्रर्दशन मिति सर्यो
नेपाली देशभक्त आवाजको सांगीतिक भिडियो आजबाट विश्वभर प्रदशर्न (फोटो, भिडियो सहित )
सुपादेउराली म्युजिक प्रालिको लोक दोहोरी कोशेली आत्महत्या गरे सार्बजनिक ( भिडियो सहित)
गायिका सीमा शाहको 'फूल हुँ म' म्युजिक भिडियो सार्वजनिक
प्रसिद्ध गीतकार कुसुम गजमेर अब रहिनन्
सिन्दुरको मूल्य चुकाउन नविनले ईश्वरलाई बाध्य बनाए
बलिउड अभिनेत्री रिमा लगुको हृदयघातका कारण निधन
अारबीका शव्दलार्इ अर्जुनकाे धुनः 'तिम्राे तस्वीर' ले छुन सक्छ मन
बलिउड अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा निधन
अर्घाखाँचीका झबिन्द्र थापा मगरको आधुनिक गित मेरो जिउने आधार तिमी बजारमा
चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन" को भिडियो सार्वजनिक
सागर लामाको गीत शनिबारको दिन सार्बजनिक (भिडियो सहित)
यिनी हुन रियल लाइफको असली हिरो बाबु रोका मगर
डाक्टर गुलाटीले नयाँ शो ल्याउने द कपिल शर्मा शो को छायांकन रोकियो
गुगल ब्वाय भनेर चिनिने भारतीय अद्भूत बालक कौटिल्य नेपाल आउँदै
सिकागोमा नारायण गजमेरको ''निश्चल'' सार्वजनिक
अर्घाखाँची चिदिकाका मधु रेश्मी मगरले सन्ध्या मगरको नयाँ एल्वमबाट बजारमा
अर्घाखाँची मैदानका प्रेम घिमिरे र सीता सुनारको ''ढिकी जातो'' म्यूज़िक भिडियो बजारमा
फिल्म लभ लभ लभ को ट्रेलर सार्वजनिक (भिडियो)
आमिर खान अब अन्तरिक्ष यात्रीको भूमिकामा