arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

कथा - प्रयोग text size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक १३, सोमवार)

प्रकाश दाइ

बराजुको दया  एकमुठी साग । " यहि मुठो, साँझ र बिहानलाई ! "
ब्यबहारको एउटा व्याख्या ।

" मस्यौराको झोलले निलुँला आटो !" 
अर्को सम्झौता ।

  " सुकेसाग (सुकाएको तोरि पात)  भुर्लुक्क ! नुन बेशार र पानी " - फेरि बिबशताको मुन्टो उठाइ ।
जिन्दगीलाई लुट्न जानेको छ समयले । समयले सहन जानेको छ जिन्दगि ।
यद्यपि डिठ्ठु खुशी थियो । 

****

यतिले तिहार मनाउनुपर्छ !
खनखनी एक, दुइ , तीन...... ! सयका नोट बिस्तारै गन्यो उसले । सबै गन्दा १५ सौ पुर्यायो र हाँस्यो फिस्स ! उसको हाँसोमा आफ्नो हाँसो मिसाइदी फुर्शि । फुर्शि, डिठ्ठुकि जहान ।

यत्तिकैमा गाडिको आबाजले बिथिल्यो खुशी । 
कान थाप्यो डिठ्ठुले , फुर्शि`ले च्यापिन पटुकिमा पैसो । देखिए लामालस्कर झन्डा ओडेका सेता गाडिहरु । र पैतला सोझाए उतैतिर ।

   पश्चिम नेपालको एउटा कुनो हो - मान्द्रे गाउँ !
त्यँही छ डिठ्ठाको घर !
हुनेखानेहरु त बुकुरो भन्छन । तर घर हो यो उसको । सिरिखुरि जायजेथा जम्मै यहि त हो ।

आज उसैको घरमा कार्यक्रम रहेछ । 
घर अगाडि स्यानो चौपारी छ । बरको ठुलो रुखमुनी छरिएर बसेका छन डिठ्ठाहरु र त्यँही छन उसको जीवन बदल्न आएका `टिलना´ पार्टिका नेताहरु । अनि कार्यकर्ता पनि ।

नेता जुरुक्क उठ्छ र नमस्ते गर्छ । डिठ्ठा दुई हात जोडेरै नमस्ते फर्काउँछ । 
आजदेखी छुवाछुत हामी मान्दैनौ ! नेता कुर्लन्छ  । नेतासंगै आएका छोटे बराजुहरु ताली पिट्छन । फुर्शेनी हाँस्छिन फिस्स । निर्निमेश नेताको अनुहार हेरिरहन्छ डिठ्ठा ।

यत्तिकैमा एउटा दौराधारी उठ्छ र भन्छ , " आज तपाईहरु पकाउनुस हामी खान्छौ । "  कुनै प्रतिकृया छैन डिठ्ठुको , उ उस्तै छ जस्तो थियो अघि । 
नजिकै रोकेको गाडिबाट तेल, चामल, मासु र अर्थोक निकाल्छे एउटा युवती । अर्को गाडिबाट सिलिन्डर निकाल्छ कार्यकर्तो । अनि भान्सा तयार हुन्छ चौपारिमा र बज्छ ताली तररर !

डिठ्ठु मौन छ उस्तै ।

सल्क्याउनुस ग्याँस !  उ बिष्मित भयो सुनेर `तपाई´ । हिजो सम्म तँ भनेर सम्बोधन गरिएको उ , तपाईं भएछ । 
ग्याँस सल्काउने लाइटर थमाइदियो कसैले उसको हातमा । उ बुज्दैन , जान्दैन केहि । अर्को उसैको भाइखलक आयो भएर सहयोगी ।  र समाइदिएर हात फ्याट्ट पार्यो लाइटर ।  घुमाएपछी कालो बटन बल्यो निलो आगो चुलोमा । फेरि तालिको गुन्ज्यायस तरर !
अर्कैले हात समाइदिएर ग्याँस बालिदिएपछी पकाउन थाले युबतिहरु । डिठ्ठु चक्ख छ ! पाक्दै रे दलितको हातबाट खाना । तेरिमा टोक्ने !

खाना पाक्यो । 
फेरि उठ्यो दौराधारी र बोल्यो - आज हामिले दलितले पकाएको उसैको घरमा खानेभयौँ । आज देखुन चाहिनेजो हट्यो असमानता । स्यानो ठूलो कोहि रहेन । उसले थप्दै गयो - " कसैले कसैलाइ पक्षपात गरिने छैन ।  
देशमा क्रान्तिका घाम र जुन उदाए । कामको लागि बिदेश जाने दिन गए , थिए  । चुनाब जितेपनी हारेपनी , यो बस्तिका सबै घरमा टिन लगाइदिन्छौ । घर अगाडि चर्पी हुन्छ । खेत`को ब्यबस्था हामी गर्छौ । अब दु:खका दिन गए । भारि मतले हामिलाइ जिताएर जिम्मेवारी दिनुहोला । उ जोस्सिदै गयो ।
उतैबाट आएका सबैजसोले फेरि ताली पिटे । डिठ्ठुले केही बुझ्यो केहि बुझेन ।

बुज्यो त केबल घाम र जुन । आकाश हेर्यो  । बादल रहेछ । खै जुन ? 
एउटा जहाज देख्यो उड्दै गरेको र सम्झियो छोरा ! भिसा लागे त हुन्थ्यो ! मनमनै तिहारका देउता भाक्यो । 
नेताको धाराप्रबाहा उस्तै थियो । उ भने यता बिरामी आमा र मृत्यु पर्खिएका बा सम्झियो । सम्झियो बैँस पोख्न उत्तालिएका छोरिहरुको बिहे । ,र छानो सम्झियो घरको ।

टिन रे !
उसले चौपारी पल्तिरको आफ्नो घर हेर्यो । एक कोठे घर । घाम पस्ने झ्याल छैनन कतै । खर कोएको छ छानोमा । भाटाहरु निहुरिपरेकाछन बा जस्तै । भित्ताको रङ खुइलिएको छ फुङ्ङ । उस्तै छ भित्र पनि । ढुसी र अनबरत चिसोले भित्ताहरु ओसिला देखिन्छन खेत जस्ता । माकुराको जालोले कुनाकानिमा साम्राज्य फैलाएको छ । जालो छरेर भुमिगत छन माकुराहरु । किम्लाहरुको रंजाइ उस्तै । भित्ता भत्क्याउँदै छन , सिमानामा पिल्लर जसरी ।
कोठाको मध्यभागमा छ अगेनो । दाहिनेपट्टि एउटा खाट । पुर्ब पट्टिको एउटा कुनामा बाख्रा बान्नी किलाहरु गाडिएका छन । भुइँ भरि खोपिल्टा छन मुतले बाख्राको । कसौडी, डेक्ची , गाग्री , डालासुपा यत्रतत्र  !

***

दाइ लौनुस !

मासु र भातले भरिएको पिलेट थमाइदीएर गै युवती । 
उ निरही छ दया सामु । असमानता र अभाबको द्वन्द्वमा भेटिएको भाग कति सम्पन्न । एक हातमा आँसु, एक हातमा गाँस ।

ओइ डिठ्ठु , यता आइजा त  ! उ फेरि `तँ´ भयो ।
आइजा न आइजा ! ह्याँ बस । उ गयो र बस्यो ।
अलिबेर खासखुस चल्यो र नेतो उठ्यो । 
कोट र टोपी मिलाएपछी खोक्दै भन्यो - " अब तपाइहरु सप्पै हाम्रा पार्टिका हुनुभयो । हाम्रा भएसि तपाइका दुख मेरा पनि भए ।
उ बोल्दै गयो । ताली बज्दै गए ! डिठ्ठा अल्मल्ल छ ।
  केहि परे डिठ्ठुलाइ भन्नुहोला । उ अब तपाइहरुको नेता हो । ताली फेरि बजे, ।

ओए डिठ्ठु उठेर नमस्कार गर सबैला ।
उठ्यो डिठ्ठा र नमस्ते गर्यो । दौराधारिले उसको हातमा माइक थमायो ।

नेताज्यु ! 
उ बोल्न सुरु गर्यो  । उसका हात कामे थरर । जिउ लुलो भयो  । बोली लटपट्टियो । 
आफू भन्दा पछि बसेका नेताप्रती मुन्टो फर्कायो । हात जोड्यो ।
हामी गरिब हौ, मान्छे पनि हौ ।
उसका आखाँहरु पनि बोल्नसुरु गरे गहको बाटो भएर । दुई हातले माइक छोपेका उसका हातहरु नमास्कार आकारमै थरथराउँदै थिए । 
थप्यो , मालिक हामी काम जान्दछौ, यसैम खुशी छ । हामिलाई केही दिन्छु नभन्नुस । सके गरिखान्छम नसके माटाले खाओस । तर आस नदेखाउनुस हजुर !
- यति टाढा आउनु भो , दुख भो तपाइहरुलाइ । हामी जिउपालाका लागि यत्रो कस्ट नगर्नुहोला । बोल्दबोल्दै उसको बोली बन्द भो । र हात कमाउँदै उसले माइक दौराधारिका जिम्मा लगायो र हिड्यो ।

ए पख त ! नेतोले अझै केही बांकी रहेको संकेत गर्यो । एउटा युबतिले उसका हात समातेर अघि बोलेकै ठाउँमा ल्याईपुराई । अर्को युबकले अबिर र माला तयार गर्यो । नेताले उसको अनुहारमा दल्दै भन्यो - " देशमा क्रान्तिका घाम र जुन उदाए " ।
यता डिठ्ठाको निन्यौरो अनुहार अस्तायो । चाउरिएका गाला अबिरले राऽतै भयो  । त्यहाँ उपस्थित ल्याइतेहरुले पालै पालो उसलाइ अबिर दल्दै हात मिलाए ।
कोहि फोटो खिच्न थाले केच्याक केच्याक !  हुँदाहुन चौथो अंग ।
उ मनमनै खुब रोयो । आज अबिरले फेरि विभेद गर्यो । भोक माथि भोटको उफ यो कस्तो राजनिती  !

गाडिहरु उकालो गुडे , धुँवा/धुलो उडाए । गाडी भित्रकाहरुले उसको गरिबी उडाए ।
यस्तै बेतुके तर्कना खेलाउँदै बचेको खाना बोकेर आगन नाप्दै थियो 
इस्टकोटको फोन घन्कियो  ! " तिते करेलिले " ।
फोन रहेछ , उठायो ।
हेलो !
डिठ्ठा हो ? 
हजुर बराजु, हो ।
भोलि हाम्रो कार्यक्रम छ, सबै छिमेकिहरु बोलाउनु है ।
भोलि त रो....... !
हैन हैन भोलि नै हो । खाना तेरोमै खानी हो, बुजिस । तँ हाम्रो मान्छे होस । उसले रोपाइँ  भन्नै भ्याएन !
तुँऽत तुँऽत तुँऽत...

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
गजल:- जिन्दगी खोला हो कि वगर?
गजल:- पाखा पखेराको पुकार
गजल:- शब्दहरू घोली
काटिएको माया पनि, पलाउने आसा गर्छ
जलेको मनलाई शीतल
होलान् (गज़ल)
गजल:- सादा जिवन फ़िल्मी भए
हिजोको दुश्मन आजको साथी (कबिता)
गजल:- गाउँमा आउन न् पाईने भो
गजल:- सोचेको काम आट्न सकउ
गजल:- छाड़ेर गएछ उ
गजल:- अन्तीम एउटा धोको थियो
गजल:- मेरो दील जिगर हौ
गजल:- लिएर कोही जादैन केही
गजल:- सु:ख खोज्दै
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:-यो सालको तिजमा
म आमा भएँ
गजल:- थाहा छैन
http://go.oclaserver.com/afu.php?zoneid=1465736