arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

म्याग्दीमा विभिन्न आकृतिको अचम्म गुफा फेलाtext size increase   text size decrease   Print    rss (२०७४ माघ २९, सोमवार)

world news

म्याग्दीको मंगला गाउँपालिका-१ खानीगाउँमा अचम्मको गुफा फेलापरेको छ ।

२० मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घरलगायत आकृति रहेका स्थानीयवासीले बताएका छन् ।

पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भएपनि भित्री भाग तीनदेखि चार मिटरसम्मको उचाइमा फैलिएको छ ।

गुफाकोबारेमा जिल्लाभित्र र अन्य ठाउँमा जानकारी नभएकाले ओझेलमा परेको कुहुँका बासिन्दा एवं शिक्षक डकबहादुर रोकाले बताए । गुफाकोबारेमा प्रचार–प्रचार हुन नसकेको रोकाको भनाइ छ ।

स्थानीयवासी र छिमेकी वडाका विद्यालयबाट शिक्षक र विद्यार्थी गुफाको अवलोकन गर्न आउने गरेका छन्

‘गुफाकाबारेमा धेरैलाई जानकारी छैन’–रोकाले भने–‘व्यवस्थित पदमार्ग निर्माण गरी प्रचार–प्रसार गर्ने हो भने गुफा जिल्लाकै पर्यटकीय गन्तव्य बन्नसक्छ ।’

एउटै गुफाभित्र रहेका धेरै आकर्षक कलाकृतिले कठिन पैदलयात्रा गरेर त्यहाँ पुग्दाको नरमाइलो क्षण बिर्सिएको गुफाको अवलोकन गरेर फर्कनुभएका रञ्जीत रोकाले बताए ।

सदरमुकाम बेनीबजारदेखि करिब तीन घन्टाको पैदलयात्रापछि पुगिने सो गुफाको संरक्षण गर्नतर्फ सरोकारवालाको ध्यान जान सकेको छैन ।

पर्यटकीय सम्भावना भएरपनि भौतिक पूर्वाधार र प्रचार–प्रसारको अभावमा सो गुफा ओझेलमा परेको स्थानीयवासी बताउँछन् । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
शेर्पा समुदायले ल्होसार पर्व मनाए
शिवको पूजा-आराधना गरी महाशिवरात्रि पर्व मनाइयो
१० जिल्लामा धर्म परिवर्तन निषेधित क्षेत्र घोषणा हुँदै, हिन्दू जागरणका विभागहरु तोकीए
आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी
आज बुधबार पौष १२ / डिसेम्बर २७ नेपाल सम्बत् ११३८ को राशिफल हामी सबैको दिन शुभ रहोस
आज हरिबोधनी एकादशी
आज महान् चाड तिहारको अन्तिम दिन भाईटिका, दिदीबहिनीले दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पूजा
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
तिहारको दोस्रो दिन, आज कुकुर तिहार, देशभर कुकुरको पूजा गरी मनाइदै
दोस्रो ठूलो चाड तिहार सुरु, पहिलो दिन आज कागको पूजा
आज महान चाड विजया दशमी, मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै
आज महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदै
दसैंको आठौं दिन आज महाअष्टमी पर्व, दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै
दशैंको सातौं दिन सप्तमीमा मनाइने फूलपाती घरघरमा भित्रयाइयो
महान चाड विजया दशमी २०७4 को शुभकामना:- अर्घाखाँचीडट्कम
बडा दशैंको नवरात्रअन्तर्गत आज तेस्रो दिन
आज घटस्थापना, हिन्दूहरूको महान चाड बडादसैं शुरु
यस वर्ष असोज १४ गते बडादशैंको उत्तम साइत ११ बजेर ५५ मिनेटपछि
http://go.oclaserver.com/afu.php?zoneid=1465736