arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीका बिभिन्न स्थानमा गाइजात्रा निकालियो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

दिपेन्द्र श्रेष्ठ 

छ्त्रदेब अर्घाखाँची २६ साउन । नेवारी समुदायमा प्रचलित नेपालकै ऐतिहासिक गाइजात्रा मंगलबार अर्घाखाँचीका बिभिन्न स्थानहरुमा निकालिएको हो।


नेवारी समुदायमा बर्षको एक पटक निकालिने ऐतिहासिक नृत्य गाईजात्रा जिल्लाको सन्धिखर्क नगरपालिका अन्र्तगत डिभर्ना, वाङ्गला,टुनिपोखारा,पटुवाथुम त्यस्तै भुमिकास्थान नगरपालिका अन्तर्गत लात्तेबाज, नुवाकोट र  पाणिनी गाउपालिका अन्तर्गत अड्गुरी,पालि ढाक्रेबास र छ्त्रदेब गाउपालिका अन्तर्गत अर्घातोष, भगवती,छ्त्रगंज ,केरुङ्गा  लगायतका स्थानमा गत २४ गते मंगलबार जात्रा सम्पन्न भएको हो । 

 मल्लकालिन राजाहरुको पालादेखी नेपालका नेवार समुदायहरुमा बिगतका बर्षहरुमा मृत्यु भएका मृतकहरुको सम्झनामा  दिवंगत आत्माको चिरशान्तिको कामना तथा, पितृ उद्धारका लागि नेवार समुदायमा गाइजात्रा निकाल्ने प्रचलन इतिहास देखि रहि आएको छ ।फरक यत्ति मात्र हो कुनै जिल्ला मा गाईलाई नै सिगारेर जात्रा निकालिन्छ तर अर्घाखाचीका नेवार समुदायहरुमा भने  डोकोलाई सिँगारेर मृतकहरुको शरिरको प्रतिमा बनाई मृतकको अनि गाइको फोटो टासी बिगतका बर्षमा दिवंगत भएको एक वर्ष भित्रमा वा कुनै कारणले निकाल्न नपाएको खण्डमा पछी पनि  गाईजात्रा निकाल्ने प्रचलन रहेको छ । 


बिगतका बर्षहरुदेखी नै जनैपूर्णिमाको दिन विषेश तयारी गरि अर्को दिन बिहान नेवार समुदाय र छिमेकीहरुको  घर घरमा लगि नगर परिक्रमा तथा धुपबत्ती गरि दिउँसो जात्रा निकाल्ने र साझ विधिवत पुजाआजा गरि भित्र्याउने प्रचलन रहिआएको छ तर पनि यस बर्ष भने ५०बर्षको अन्तरालमा पहिलो पटक जनै पुर्णिमा र नाग पंचमी एकै दिन परेको र जनै पुर्णिमा को ११ दिन पछी गाइजात्रा परेको हुनाले गत मंगलबार गाइजात्रा निकालिएको बताइएको छ | गाइजात्रालाइ ठाउ अनुसार फरक फरक नामले जस्तै कतै गाइजात्रा ,कुनै ठाउमा हिम्पाई त कतै नेवारी भाषामा झ्याल्टुंग नामले पनि उच्चारण गर्ने गरिन्छ|

नेवार समुदायका मृत्यु भएका व्यक्तिहरुको गाइजात्रा निकाल्दा हिन्दु धर्म सस्कार अनुसार पितृहरुको चिरशान्ति हुने र पितृहरु गाईको पुच्छरको सहायता लिदै बैतर्नी नदि तरी स्वर्गमा बास हुने र मृतकका परिवारजनहरुलाई पनि पितृ मोक्क्ष प्राप्त हुने जनविश्वास रहेको छ्त्रदेब गाउपालिका वार्ड नं ८अर्घातोष का वार्ड अध्यक्ष राजकुमार श्रेष्ठ जानकारी दिनुभयो । 


देशमा बढ्दै गएको बेरोजगारीका  कारण युवाहरू वैदेशिक रोजगारिका लागि विदेशिने क्रम बढेपछी नेवारहरुको कला सस्कृती जोगाउन समेत मुस्किल परेको र आउदा बर्षहरुमा पनि नेवारहरुको    पहिचान जोगाउन यस्ता एतिहासिक सस्कृतिहरुको संरक्षण गर्न यस्ता  कला ज्ञान सिपको पुर्खाहरुबाट हस्तान्तरण गरिदैजानुपर्ने अर्घातोष-भगवती संयुक्त नेवा समाजका युवा समाजसेबी  रमेश कुमार श्रेष्ठ बताउनुहुन्छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान
मालारानी गाउँपालिकाको बागी अल्गाटारीमा मोटरसाइकल दुर्घट्ना परेका एमाले नेता तथा शिक्षक पन्थीको उपचारको क्रममा निधन
जनज्योती माध्यामिक विधालय चुत्राबेशीका संस्थापक चन्द्र प्रसाद भुसालको ९३ वर्षिय उमेरमा निधन
सन्धिखर्क नगरपालिकाद्वारा आफ्नो नीति तथा कार्यक्रमहरु सार्वजनिक, सुन्दर, स्वच्छ र हराभरा नगर (सम्पूर्ण विवरण सहित)
सन्धिखर्कको किमडाँडामा वर्षातको पानी संकलन गरेर पाखोबारीमा तरकारी खेती
अर्घाखाँचीमा जनताको घरघरमा सेवा, जनमुखी सेवा स्थानीय तहबाटै
अर्घाखाँचीमा स्थानीय तहहरुलाई भ्रष्टाचार मुक्त बनाउने प्रमुखहरुको उद्घोष
अर्घाखाँचीकी शुसिला गैरे बन्जाडेको नयाँ तीज गित चेलिको याद माईतिलाई बजारमा (भिडियो)
बाँदर आतङक नियन्त्रणको लागी बाँदर हेरालुहरु खटाइयो
लगातारको अविरल बर्षाका कारण छ्त्रदेबको जनजिबन प्रभावित
पहिरोको कारण तम्घास सन्धिखर्क सडक अबरुद्ध बैकल्पिक मार्गको प्रयोग
सन्धिखर्कमा आर्थिक तथा बित्तीय तथ्यांकको महत्त्व र सम्बन्धित निकायको भुमिका बिषयक अन्तरक्रिया सम्पन्न
क्रिस्चियन गरे सन्धिखर्क नगरपालिकाका जननिर्वाचित प्रतिनिधिहरुलाई सम्मान
आदर्श नगर हस्पिटल लाइन विकास समिति सन्धिखर्कद्धारा निर्वाचित जन प्रतिनिधीहरुलाई सम्मान
सुपादेउराली मन्दिरमा खाँचीकोटकी कमला र सीतापुरकी तारालाई टपरी बनाउन भ्याइनभ्याइ
सन्धिखर्कको धरमपानीमा जनप्रतिनिधीहरुलाई सम्मान
सुपादेउराली मन्दिरको गुरुयोजना निमार्ण गर्ने बिषयमा छलफल, रावण कुण्ड रहेको झरनामा १ सय ८ धारा जडान गरिने
भुमिकास्थान नगरपालीकाको धारापानीमा सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध
सन्धिखर्क नगरपालीका - १२ को वार्ड कार्यालय उद्घाटन ( भिडियो, तस्बिर)