arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीका बिभिन्न स्थानमा गाइजात्रा निकालियो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

दिपेन्द्र श्रेष्ठ 

छ्त्रदेब अर्घाखाँची २६ साउन । नेवारी समुदायमा प्रचलित नेपालकै ऐतिहासिक गाइजात्रा मंगलबार अर्घाखाँचीका बिभिन्न स्थानहरुमा निकालिएको हो।


नेवारी समुदायमा बर्षको एक पटक निकालिने ऐतिहासिक नृत्य गाईजात्रा जिल्लाको सन्धिखर्क नगरपालिका अन्र्तगत डिभर्ना, वाङ्गला,टुनिपोखारा,पटुवाथुम त्यस्तै भुमिकास्थान नगरपालिका अन्तर्गत लात्तेबाज, नुवाकोट र  पाणिनी गाउपालिका अन्तर्गत अड्गुरी,पालि ढाक्रेबास र छ्त्रदेब गाउपालिका अन्तर्गत अर्घातोष, भगवती,छ्त्रगंज ,केरुङ्गा  लगायतका स्थानमा गत २४ गते मंगलबार जात्रा सम्पन्न भएको हो । 

 मल्लकालिन राजाहरुको पालादेखी नेपालका नेवार समुदायहरुमा बिगतका बर्षहरुमा मृत्यु भएका मृतकहरुको सम्झनामा  दिवंगत आत्माको चिरशान्तिको कामना तथा, पितृ उद्धारका लागि नेवार समुदायमा गाइजात्रा निकाल्ने प्रचलन इतिहास देखि रहि आएको छ ।फरक यत्ति मात्र हो कुनै जिल्ला मा गाईलाई नै सिगारेर जात्रा निकालिन्छ तर अर्घाखाचीका नेवार समुदायहरुमा भने  डोकोलाई सिँगारेर मृतकहरुको शरिरको प्रतिमा बनाई मृतकको अनि गाइको फोटो टासी बिगतका बर्षमा दिवंगत भएको एक वर्ष भित्रमा वा कुनै कारणले निकाल्न नपाएको खण्डमा पछी पनि  गाईजात्रा निकाल्ने प्रचलन रहेको छ । 


बिगतका बर्षहरुदेखी नै जनैपूर्णिमाको दिन विषेश तयारी गरि अर्को दिन बिहान नेवार समुदाय र छिमेकीहरुको  घर घरमा लगि नगर परिक्रमा तथा धुपबत्ती गरि दिउँसो जात्रा निकाल्ने र साझ विधिवत पुजाआजा गरि भित्र्याउने प्रचलन रहिआएको छ तर पनि यस बर्ष भने ५०बर्षको अन्तरालमा पहिलो पटक जनै पुर्णिमा र नाग पंचमी एकै दिन परेको र जनै पुर्णिमा को ११ दिन पछी गाइजात्रा परेको हुनाले गत मंगलबार गाइजात्रा निकालिएको बताइएको छ | गाइजात्रालाइ ठाउ अनुसार फरक फरक नामले जस्तै कतै गाइजात्रा ,कुनै ठाउमा हिम्पाई त कतै नेवारी भाषामा झ्याल्टुंग नामले पनि उच्चारण गर्ने गरिन्छ|

नेवार समुदायका मृत्यु भएका व्यक्तिहरुको गाइजात्रा निकाल्दा हिन्दु धर्म सस्कार अनुसार पितृहरुको चिरशान्ति हुने र पितृहरु गाईको पुच्छरको सहायता लिदै बैतर्नी नदि तरी स्वर्गमा बास हुने र मृतकका परिवारजनहरुलाई पनि पितृ मोक्क्ष प्राप्त हुने जनविश्वास रहेको छ्त्रदेब गाउपालिका वार्ड नं ८अर्घातोष का वार्ड अध्यक्ष राजकुमार श्रेष्ठ जानकारी दिनुभयो । 


देशमा बढ्दै गएको बेरोजगारीका  कारण युवाहरू वैदेशिक रोजगारिका लागि विदेशिने क्रम बढेपछी नेवारहरुको कला सस्कृती जोगाउन समेत मुस्किल परेको र आउदा बर्षहरुमा पनि नेवारहरुको    पहिचान जोगाउन यस्ता एतिहासिक सस्कृतिहरुको संरक्षण गर्न यस्ता  कला ज्ञान सिपको पुर्खाहरुबाट हस्तान्तरण गरिदैजानुपर्ने अर्घातोष-भगवती संयुक्त नेवा समाजका युवा समाजसेबी  रमेश कुमार श्रेष्ठ बताउनुहुन्छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
शीतगंगा नगरपालिकामा जटिल भूगोल र न्यून आन्तरिक स्रोतका कारण विकास कठिन
छत्रदेव गाउँपालिकाका सडकमा सवारीसाधनले क्षमताभन्दा बढि यात्रु बोक्दै
अर्घाखाँची जिल्ला समन्वय समितीको निवार्चनका लागी कांग्रेस र माओवादीले गठबन्धन गरे
सन्धिखर्कका कुर, खाचिकोट र भूमिकास्थानका नुवाकोट, ढिकुरामा चितुवा र बाँदरको आतंक
अझै पनि टुङ्गो लागेन जुकेनाको सुधा माबि बिधालय ब्यबस्थापन समिती गठन
सिद्धारामा जन्म दिनको खर्च सिद्धाराका दलित तथा गरिब बिद्यार्थीहरुलाई
पटौटीका दलित बस्तीमा खानेपानीको सुविधा
अर्घाखाँची वाङलाका अमृत भुसालको बुटवलमा 'शिखा' उपन्यास विमोचन
एमाले युवा संघ अर्घाखाँचीको शुसासन र सुचनाको हक सम्बन्धी सचेतना कार्यक्रम सन्धिखर्कमा सम्पन्न
साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्कले ग-यो जनप्रतिनिधिहरुलाई सम्मान
गरिबी निबारण गर्न सहकारीको भुमिका महत्वपुर्ण हुने, अर्घाखाँचीका ६ वटै स्थानीय तहका प्रमुखहरुको भनाइ ( भिडियो, तस्बिर)
पतंजली योग समिति अर्घाखाँचीको लदाम बगैंचामा सम्मान तथा बनभोज कार्यक्रम सम्पन्न
पाणिनी ६ धातिवाङ्गका बासीन्दाले अव ५ वर्षलाई तिरो तिर्न नपर्ने
सन्धिखर्कमा नागपञ्चमी र रक्षा बन्धन एकसाथ मनाइयो
छत्रदेव गाँउपालिकाको चर्चा बाँदर हेरालुको ब्यबस्था देखि खरको छाना हटाएर टिन लगाइदिने सम्म
सन्धिखर्क देखि बुटवलसम्म हाइसकाे भाडादर घट्यो
बागीको टारीमा मोटरसाइकल दुर्घट्ना हुँदा २ जना घाइते (भिडियो)
नरपानीमा ट्रक ठुलो दुर्घट्ना हुनबाट बच्यो
अर्घाखाँचीका एक युवा भारतको गुड़गांवबाट बेपत्ता
अब छत्रदेव गाउँपालिकाले घरमा खरको छाना हटाएर टिन लगाइदिने