arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीका बिभिन्न स्थानमा गाइजात्रा निकालियो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

दिपेन्द्र श्रेष्ठ 

छ्त्रदेब अर्घाखाँची २६ साउन । नेवारी समुदायमा प्रचलित नेपालकै ऐतिहासिक गाइजात्रा मंगलबार अर्घाखाँचीका बिभिन्न स्थानहरुमा निकालिएको हो।


नेवारी समुदायमा बर्षको एक पटक निकालिने ऐतिहासिक नृत्य गाईजात्रा जिल्लाको सन्धिखर्क नगरपालिका अन्र्तगत डिभर्ना, वाङ्गला,टुनिपोखारा,पटुवाथुम त्यस्तै भुमिकास्थान नगरपालिका अन्तर्गत लात्तेबाज, नुवाकोट र  पाणिनी गाउपालिका अन्तर्गत अड्गुरी,पालि ढाक्रेबास र छ्त्रदेब गाउपालिका अन्तर्गत अर्घातोष, भगवती,छ्त्रगंज ,केरुङ्गा  लगायतका स्थानमा गत २४ गते मंगलबार जात्रा सम्पन्न भएको हो । 

 मल्लकालिन राजाहरुको पालादेखी नेपालका नेवार समुदायहरुमा बिगतका बर्षहरुमा मृत्यु भएका मृतकहरुको सम्झनामा  दिवंगत आत्माको चिरशान्तिको कामना तथा, पितृ उद्धारका लागि नेवार समुदायमा गाइजात्रा निकाल्ने प्रचलन इतिहास देखि रहि आएको छ ।फरक यत्ति मात्र हो कुनै जिल्ला मा गाईलाई नै सिगारेर जात्रा निकालिन्छ तर अर्घाखाचीका नेवार समुदायहरुमा भने  डोकोलाई सिँगारेर मृतकहरुको शरिरको प्रतिमा बनाई मृतकको अनि गाइको फोटो टासी बिगतका बर्षमा दिवंगत भएको एक वर्ष भित्रमा वा कुनै कारणले निकाल्न नपाएको खण्डमा पछी पनि  गाईजात्रा निकाल्ने प्रचलन रहेको छ । 


बिगतका बर्षहरुदेखी नै जनैपूर्णिमाको दिन विषेश तयारी गरि अर्को दिन बिहान नेवार समुदाय र छिमेकीहरुको  घर घरमा लगि नगर परिक्रमा तथा धुपबत्ती गरि दिउँसो जात्रा निकाल्ने र साझ विधिवत पुजाआजा गरि भित्र्याउने प्रचलन रहिआएको छ तर पनि यस बर्ष भने ५०बर्षको अन्तरालमा पहिलो पटक जनै पुर्णिमा र नाग पंचमी एकै दिन परेको र जनै पुर्णिमा को ११ दिन पछी गाइजात्रा परेको हुनाले गत मंगलबार गाइजात्रा निकालिएको बताइएको छ | गाइजात्रालाइ ठाउ अनुसार फरक फरक नामले जस्तै कतै गाइजात्रा ,कुनै ठाउमा हिम्पाई त कतै नेवारी भाषामा झ्याल्टुंग नामले पनि उच्चारण गर्ने गरिन्छ|

नेवार समुदायका मृत्यु भएका व्यक्तिहरुको गाइजात्रा निकाल्दा हिन्दु धर्म सस्कार अनुसार पितृहरुको चिरशान्ति हुने र पितृहरु गाईको पुच्छरको सहायता लिदै बैतर्नी नदि तरी स्वर्गमा बास हुने र मृतकका परिवारजनहरुलाई पनि पितृ मोक्क्ष प्राप्त हुने जनविश्वास रहेको छ्त्रदेब गाउपालिका वार्ड नं ८अर्घातोष का वार्ड अध्यक्ष राजकुमार श्रेष्ठ जानकारी दिनुभयो । 


देशमा बढ्दै गएको बेरोजगारीका  कारण युवाहरू वैदेशिक रोजगारिका लागि विदेशिने क्रम बढेपछी नेवारहरुको कला सस्कृती जोगाउन समेत मुस्किल परेको र आउदा बर्षहरुमा पनि नेवारहरुको    पहिचान जोगाउन यस्ता एतिहासिक सस्कृतिहरुको संरक्षण गर्न यस्ता  कला ज्ञान सिपको पुर्खाहरुबाट हस्तान्तरण गरिदैजानुपर्ने अर्घातोष-भगवती संयुक्त नेवा समाजका युवा समाजसेबी  रमेश कुमार श्रेष्ठ बताउनुहुन्छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्कमा एक ट्याक्सी ड्राइभरले यात्रुको फेला परेको गहना इमान्दारिताका साथ फिर्ता गरे
टोपबहादुर रायमाझीद्वारा प्रदेश ५ को राजधानी अर्घाखाँचीको जलुकेमा हनु पर्ने दावी
अर्घाखाँचीमा आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदै ( तस्बिर)
नुवाकोट पानडाँडाकी मृगौला पीडित श्यामकला रायमाझीको पैसाको कारण समयमा उपचार नहुँदा निधन
अर्घाखाँचीमा संघ र प्रदेशको निर्बाचनकालागि कांग्रेसद्धारा उम्मेद्धारको नाम सिफारिस (सम्पूर्ण सुची सहित)
दसै मनाउन अर्घाखाँची आउने भीडले सवारीसाधनमा खचाखच, सिट नपाएर उभिनुपर्ने बाध्यता
सुपादेउराली मन्दिर नजिक यात्रुबाहक बस र जीप एक आपसमा ठोक्किए (तस्बिर)
अर्घाखाँचीमा बालबालिका असुरक्षित ! बाघ मार्न नसकेपछि प्रहरी-प्रशासन माथि ठुलो आक्रोश, सुरक्षा - वन प्रमुखलाई सरुवा र नगर प्रतिनिधिलाई बहिस्कारको माग, बाघ मर्नेलाई ५० हजार रुपैया पुरस्कार
सन्धिखर्क -९ चुदाली पोखरमा सृजनशिल युबा क्लबको साधारण सभा तथा खुल्ला लोक नृत्य कार्यक्रम सम्पन्न
नरपानीमा एमालेको जलपान तथा भेटघाट कार्यक्रम सम्पन्न
अर्घाखाँचीका पर्यटकिय स्थानहरूकाे बृतचित्र निर्माणकार्यकाे शुभारम्भ
अर्घाखाँचीका नयाँ शक्तिका प्रदेश सदस्य वञ्जाडे एमालेमा प्रवेश
भूमिकास्थानको नुवाकोट पानडाँडाकी मृगौला पीडित महिलालाई बहराइनबाट आर्थिक सहयोग
अर्घाखाँचीमा परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइयो
कांग्रेस अर्घाखाँची क्षेत्र नम्बर १ र २ द्वारा प्रदेश र प्रतिनिधि सभा चुनाबका लागि नाम सिफारिस (विवरण)
सन्धिखर्कमा मजदुरहरु भन्छन् घर जाने भाडा छैन, दसैं कसरी मनाउने
ढिकुरा ढोडेनी-खान्दुलामा फेरि एक बालकलाई बाघले आक्रमण गर्‍यो, प्रहरी प्रशासन मौन
सन्धिखर्कका औषधी पसल देखि ठुला व्यापारिक पसलहरुमा व्यापक अनुगमन, व्यापारी त्रासमा
सन्धिखर्कमा रिपोर्टस क्लबको दशै शुभकामना आदानप्रदान ! दशैंलाई भड्किलो नबनाऔं
अर्घाखाँचीका सानादेखि ठूला व्यापारीहरुद्वारा उपभोक्ताहरुलाई ठगी