arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीका बिभिन्न स्थानमा गाइजात्रा निकालियो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

दिपेन्द्र श्रेष्ठ 

छ्त्रदेब अर्घाखाँची २६ साउन । नेवारी समुदायमा प्रचलित नेपालकै ऐतिहासिक गाइजात्रा मंगलबार अर्घाखाँचीका बिभिन्न स्थानहरुमा निकालिएको हो।


नेवारी समुदायमा बर्षको एक पटक निकालिने ऐतिहासिक नृत्य गाईजात्रा जिल्लाको सन्धिखर्क नगरपालिका अन्र्तगत डिभर्ना, वाङ्गला,टुनिपोखारा,पटुवाथुम त्यस्तै भुमिकास्थान नगरपालिका अन्तर्गत लात्तेबाज, नुवाकोट र  पाणिनी गाउपालिका अन्तर्गत अड्गुरी,पालि ढाक्रेबास र छ्त्रदेब गाउपालिका अन्तर्गत अर्घातोष, भगवती,छ्त्रगंज ,केरुङ्गा  लगायतका स्थानमा गत २४ गते मंगलबार जात्रा सम्पन्न भएको हो । 

 मल्लकालिन राजाहरुको पालादेखी नेपालका नेवार समुदायहरुमा बिगतका बर्षहरुमा मृत्यु भएका मृतकहरुको सम्झनामा  दिवंगत आत्माको चिरशान्तिको कामना तथा, पितृ उद्धारका लागि नेवार समुदायमा गाइजात्रा निकाल्ने प्रचलन इतिहास देखि रहि आएको छ ।फरक यत्ति मात्र हो कुनै जिल्ला मा गाईलाई नै सिगारेर जात्रा निकालिन्छ तर अर्घाखाचीका नेवार समुदायहरुमा भने  डोकोलाई सिँगारेर मृतकहरुको शरिरको प्रतिमा बनाई मृतकको अनि गाइको फोटो टासी बिगतका बर्षमा दिवंगत भएको एक वर्ष भित्रमा वा कुनै कारणले निकाल्न नपाएको खण्डमा पछी पनि  गाईजात्रा निकाल्ने प्रचलन रहेको छ । 


बिगतका बर्षहरुदेखी नै जनैपूर्णिमाको दिन विषेश तयारी गरि अर्को दिन बिहान नेवार समुदाय र छिमेकीहरुको  घर घरमा लगि नगर परिक्रमा तथा धुपबत्ती गरि दिउँसो जात्रा निकाल्ने र साझ विधिवत पुजाआजा गरि भित्र्याउने प्रचलन रहिआएको छ तर पनि यस बर्ष भने ५०बर्षको अन्तरालमा पहिलो पटक जनै पुर्णिमा र नाग पंचमी एकै दिन परेको र जनै पुर्णिमा को ११ दिन पछी गाइजात्रा परेको हुनाले गत मंगलबार गाइजात्रा निकालिएको बताइएको छ | गाइजात्रालाइ ठाउ अनुसार फरक फरक नामले जस्तै कतै गाइजात्रा ,कुनै ठाउमा हिम्पाई त कतै नेवारी भाषामा झ्याल्टुंग नामले पनि उच्चारण गर्ने गरिन्छ|

नेवार समुदायका मृत्यु भएका व्यक्तिहरुको गाइजात्रा निकाल्दा हिन्दु धर्म सस्कार अनुसार पितृहरुको चिरशान्ति हुने र पितृहरु गाईको पुच्छरको सहायता लिदै बैतर्नी नदि तरी स्वर्गमा बास हुने र मृतकका परिवारजनहरुलाई पनि पितृ मोक्क्ष प्राप्त हुने जनविश्वास रहेको छ्त्रदेब गाउपालिका वार्ड नं ८अर्घातोष का वार्ड अध्यक्ष राजकुमार श्रेष्ठ जानकारी दिनुभयो । 


देशमा बढ्दै गएको बेरोजगारीका  कारण युवाहरू वैदेशिक रोजगारिका लागि विदेशिने क्रम बढेपछी नेवारहरुको कला सस्कृती जोगाउन समेत मुस्किल परेको र आउदा बर्षहरुमा पनि नेवारहरुको    पहिचान जोगाउन यस्ता एतिहासिक सस्कृतिहरुको संरक्षण गर्न यस्ता  कला ज्ञान सिपको पुर्खाहरुबाट हस्तान्तरण गरिदैजानुपर्ने अर्घातोष-भगवती संयुक्त नेवा समाजका युवा समाजसेबी  रमेश कुमार श्रेष्ठ बताउनुहुन्छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सितगंगा सिद्दाराकी भगवताले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै
सन्धिखर्कमा जिल्ला अदालतको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
सन्धिखर्कको अउलाखोलामा बनाइएको डम्पिङ साइड भत्कदा फोहोर ब्यवस्थापनमा समस्या
सुपादेउराली मन्दिरमा केबलकार संचालन गर्ने योजना बनाउदै सन्धिखर्क नगरपालिकाका मेयर भुसाल
वर्षाले अर्घाखाँचीका अधिकांश सडकहरु अस्तव्यस्त, यात्रुहरुलाई सास्ती
सन्धिखर्क सल्किोटका युवा २ बर्ष सम्म भिसा नआएपछि आफ्नै जन्म भूमिमा नै पसिना बगाउदै
सन्धिखर्क नगरपालिकाका मेयर भुसालद्वारा सहज र सुलभ सेबा उपलब्ध गराउदै भष्टचार मुक्त नगर बनाउने प्रतिबद्धता
अर्घाखाँचीमा ४० प्रतिशत रोपाइँ सकियो, पर्याप्त पानी भए पनि खेतालाको अभाव
सन्धिखर्क नगरपालिकाका मेयर, उपमेयर अर्घामा, भष्टचार मुक्त नगर बनाउने उल्लेख
जिल्ला अस्पताल सन्धिखर्कमा सल्यान बस दुर्घटना घाईतेको उपचार हुदै
विप्लब कम्युनिष्ट पार्टीद्वारा भोली अर्घाखाँची बन्दको आव्हान
छत्रदेव गाउँपालिकाकाे ढिकुरामा सडक निर्माण तिव्र रुपमा हुँदै
छत्रदेव गाउँपालिकाको केरुङामा गहना व्यापारी १० तोला भन्दा बढी सुन लिएर फरार
पाणिनी गाउँपालिका १ पणेनामा स्टेचर सहयोग, सेवाशुल्क नलिने घोषणा
भुमिकास्थान नगरपालिकामा शिक्षक पेशा छोडेर उपमेयर बन्ने सुनिताको सपना पुरा भएन
छत्रदेव गाउँपालिकामा स्कुलको जागिर छाडेर एमाले उम्मेदवार बनेकी मनिषाको उपाध्यक्ष बन्ने सपना अधुरै
अर्घाखाँचीका नगर र गाउँपालिका हाँक्ने जनप्रतिनिधिहरु यस्ता छन्
सन्धिखर्कका मृगौला पिडितलाई विदेशमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरे
सन्धिखर्क नगरपालिकाका मेयर र उपमेयरले कार्यभार समाले
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्धारा धन्यबाद ज्ञापन