arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीका बिभिन्न स्थानमा गाइजात्रा निकालियो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

दिपेन्द्र श्रेष्ठ 

छ्त्रदेब अर्घाखाँची २६ साउन । नेवारी समुदायमा प्रचलित नेपालकै ऐतिहासिक गाइजात्रा मंगलबार अर्घाखाँचीका बिभिन्न स्थानहरुमा निकालिएको हो।


नेवारी समुदायमा बर्षको एक पटक निकालिने ऐतिहासिक नृत्य गाईजात्रा जिल्लाको सन्धिखर्क नगरपालिका अन्र्तगत डिभर्ना, वाङ्गला,टुनिपोखारा,पटुवाथुम त्यस्तै भुमिकास्थान नगरपालिका अन्तर्गत लात्तेबाज, नुवाकोट र  पाणिनी गाउपालिका अन्तर्गत अड्गुरी,पालि ढाक्रेबास र छ्त्रदेब गाउपालिका अन्तर्गत अर्घातोष, भगवती,छ्त्रगंज ,केरुङ्गा  लगायतका स्थानमा गत २४ गते मंगलबार जात्रा सम्पन्न भएको हो । 

 मल्लकालिन राजाहरुको पालादेखी नेपालका नेवार समुदायहरुमा बिगतका बर्षहरुमा मृत्यु भएका मृतकहरुको सम्झनामा  दिवंगत आत्माको चिरशान्तिको कामना तथा, पितृ उद्धारका लागि नेवार समुदायमा गाइजात्रा निकाल्ने प्रचलन इतिहास देखि रहि आएको छ ।फरक यत्ति मात्र हो कुनै जिल्ला मा गाईलाई नै सिगारेर जात्रा निकालिन्छ तर अर्घाखाचीका नेवार समुदायहरुमा भने  डोकोलाई सिँगारेर मृतकहरुको शरिरको प्रतिमा बनाई मृतकको अनि गाइको फोटो टासी बिगतका बर्षमा दिवंगत भएको एक वर्ष भित्रमा वा कुनै कारणले निकाल्न नपाएको खण्डमा पछी पनि  गाईजात्रा निकाल्ने प्रचलन रहेको छ । 


बिगतका बर्षहरुदेखी नै जनैपूर्णिमाको दिन विषेश तयारी गरि अर्को दिन बिहान नेवार समुदाय र छिमेकीहरुको  घर घरमा लगि नगर परिक्रमा तथा धुपबत्ती गरि दिउँसो जात्रा निकाल्ने र साझ विधिवत पुजाआजा गरि भित्र्याउने प्रचलन रहिआएको छ तर पनि यस बर्ष भने ५०बर्षको अन्तरालमा पहिलो पटक जनै पुर्णिमा र नाग पंचमी एकै दिन परेको र जनै पुर्णिमा को ११ दिन पछी गाइजात्रा परेको हुनाले गत मंगलबार गाइजात्रा निकालिएको बताइएको छ | गाइजात्रालाइ ठाउ अनुसार फरक फरक नामले जस्तै कतै गाइजात्रा ,कुनै ठाउमा हिम्पाई त कतै नेवारी भाषामा झ्याल्टुंग नामले पनि उच्चारण गर्ने गरिन्छ|

नेवार समुदायका मृत्यु भएका व्यक्तिहरुको गाइजात्रा निकाल्दा हिन्दु धर्म सस्कार अनुसार पितृहरुको चिरशान्ति हुने र पितृहरु गाईको पुच्छरको सहायता लिदै बैतर्नी नदि तरी स्वर्गमा बास हुने र मृतकका परिवारजनहरुलाई पनि पितृ मोक्क्ष प्राप्त हुने जनविश्वास रहेको छ्त्रदेब गाउपालिका वार्ड नं ८अर्घातोष का वार्ड अध्यक्ष राजकुमार श्रेष्ठ जानकारी दिनुभयो । 


देशमा बढ्दै गएको बेरोजगारीका  कारण युवाहरू वैदेशिक रोजगारिका लागि विदेशिने क्रम बढेपछी नेवारहरुको कला सस्कृती जोगाउन समेत मुस्किल परेको र आउदा बर्षहरुमा पनि नेवारहरुको    पहिचान जोगाउन यस्ता एतिहासिक सस्कृतिहरुको संरक्षण गर्न यस्ता  कला ज्ञान सिपको पुर्खाहरुबाट हस्तान्तरण गरिदैजानुपर्ने अर्घातोष-भगवती संयुक्त नेवा समाजका युवा समाजसेबी  रमेश कुमार श्रेष्ठ बताउनुहुन्छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीका ६ वटा स्थानिय तहको सबै नतिजा सार्बजनिक नाम सहित हेर्नुहोस
सन्धिखर्क नगरपालिका ८ का माओवादी केन्द्र वार्ड अध्यक्ष उम्मेद्वारले चुनाव हारेपछि पार्टी परित्याग गरे
निर्वाचनमा सहयोग पु-याउने सबैलाई एमाले अर्घाखाँचीको धन्यवाद
भुमिकास्थान नगरपालिकामा नब निर्वाचित जनप्रतिनिधिले शपथ तथा पदभार ग्रहण गरे (तस्बिर सहित)
सन्धिखर्क नगरपालिकामा सबैभन्दा कम उमेरकी वार्ड सदस्य
सन्धिखर्क नगरपालिकामा सबैभन्दा कम उमेरकी वार्ड सदस्य
सन्धिखर्क नगरपालीकामा निर्वाचित प्रतिनिधिहरुद्वारा सपथ तथा पदभार ग्रहण गरे (तस्बिर सहित
छत्रदेव गाउँपालिकाकाका जनप्रतिनीधिहरुले पदभार ग्रहण गरे
शितगंगा नगरपालिकाका जनप्रतिनीधिहरुले पदभार सफत ग्रहण गरे
अर्घाखाँचीलाई पर्यटकीय दृष्ट्रीकोणबाट अगाडी बढाउन सकेमा समग्र जिल्लाको बिकास गर्न सकिने सरोकारवालाहरुको जोड
अर्घाखाँचीको कुन तहमा कसले जित्यो ? पुरा विवरण सहित
अर्घाखाँचीमा जसले निर्वाचन हारेर पनि, जनताको मन जिते
सन्धिखर्क नगरपालिकाको मेयर - उपमेयर जितेपछि कांग्रेस र माओवादीको संयुक्त विजय जुलुस भिडियो, तस्बिर (सहित)
सन्धिखर्क नगरपालिका ७ खाचिकोटमा कांग्रेसको प्यानल बिजयी
सन्धिखर्क नगरपालिका ८ मा एमालेको प्यानल बिजयी
सन्धिखर्क नगरपालिकाको मेयरमा कांग्रेसका कमल प्रसाद भुसाल र उपमेयरमा माओवादी केन्द्रका ठाकुर कुमार बिक निर्वाचित
सन्धिखर्क नगरपालिका ६ नरपानीमा कांग्रेसको प्यानल विजयी
शितगंगा नगरपालिकामा कांग्रेसको बिजयी जुलुस मनाउन गएको जीप भेडामारामा दुर्घटना, ५ घाइते
भुमिकास्थानमा मतगणना सम्पन्न गठबन्धन सफल मेयरमा माओवादीका थापा विजयी, उपमेरमा काग्रेसका बेल्बासे बिजयी
सन्धिखर्कको निर्मल नवज्योती सुस्त मनस्थिती विद्यालयलाई भौतिक सामाग्री हस्तान्त्ररण