arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

लिबियामा पाँच वर्षपछि रिहा भए गद्दाफीका छोtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड २९, सोमवार)


सत्ताच्युत गरिएका लिबियाका दिवंगत शासक कर्णेल गद्दाफीको उत्तराधिकारीका रुपमा हेरिएका उनका दोस्रो छोरा सेफ अल इस्लामलाई शुक्रबार एक माफी सहमति अन्तर्गत पाँच वर्षपछि जेलबाट रिहा गरिएकोे छ।

पश्चिमी लिबियाको जिन्तान नगरमाथि नियन्त्रण गरेको एक लडाकु समूहले इस्लामलाई शुक्रबार रिहा गरेको बताइएको छ। लिबियामा भएको क्रान्तिका क्रममा सन् २०११ मा कर्णेल गद्दाफी मारिए लगत्तै सेफ अल इस्लामलाई पक्राउ गरिएको थियो।

सन् २०१५ मा त्रिपोलीस्थित एक अदालतले तत्कालीन सत्ताविरुद्धको आन्दोलनलाई दबाउने विफल प्रयासका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै उनलाई मृत्युदण्ड सुनाएको थियो।

झण्डै ५ वर्षसम्म लडाकूको नियन्त्रणमा रहेपछि उनलाई छोडिएको हो। उनीमाथि युद्ध अपराध तथा मानवताविरुद्ध अपराधका मुद्दामा हेगस्थित अन्तराष्ट्रिय फौजदारी अदालतले भने उनको खोजी गरिरहेको छ।

यसअघि पनि उनको रिहाइका खबरहरु सार्वजनिक भएका थिए तर ती सवै झुठा सावित भएका थिए। इस्लामलाई एक प्रबुद्ध व्यक्तित्वका रुपमा हेरिन्छ। उनले लण्डन स्कूल अफ इकोनोमिक्समा विद्यावारिधी गरेको बताउने गरिएको छ तर उनको प्रमाणपत्रबारे विवादास्पद टिप्पणी पनि आउने गरेका छन्।

दशकौं लामो गद्दाफी शासन आन्दोलनको बलमा अन्त्य भएपछि लुक्दै बसेका पूर्व शासकका छोरा सेफ अल-इस्लाम तीन महिनापछि समातिएको थियो।

सन् २००० पछि पश्चिमा मुलुकहरुसँग लिबियाको सम्बन्ध बढाउने कार्यमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ। आफ्ना बावुको शासनकालमा उनलाई एकजना सुधारवादी नेताका रुपमा लिइन्थ्यो। अल-इस्लाम समातिएपछि उनीसहित गद्दाफीका ३० जना सहयोगीविरुद्ध मुद्दा चलाइएको थियो।

रिहाइबारे त्रिपोलिस्थित सरकारी पक्षबाट कुनै पुष्टि गरिएको छैन। गद्दाफीका अन्य सात छोराहरू भने आन्दोलनका समय मारिएका थिए। रासस/एएफपी

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परेर २४८ जनाभन्दा बढीको मृत्यु
लन्डनको दक्षिण-पश्चिम क्षेत्रमा भुमिगत रेलमार्ग विस्फोटमा १८ जना घाइते
उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि दक्षिण कोरियाको जवाफी मिसाइल प्रहार
हरियाणातर्फ जाने क्रममा यमुना नदीमा डुंगा पल्टियो, २० जनाको मृत्यु, कयौं बेपत्ता
नयाँदिल्लीको जीबी रोडस्थित देहव्यापार अखडामा भारतीय केन्द्रीय मन्त्री कै संलग्नता
इथियोपियाको दक्षिणी क्षेत्रीय प्रदेशमा ३ हजार ९९ जना कैदीलाई जेलमुक्त
अमेरिकामा अर्धचेत बिरामीको रगत तान्न अस्वीकार गर्दा नर्सलाई पक्राउ गर्ने प्रहरीमाथि छानबिन सुरु
म्यानमारमा रोहिंज्या मुसलमानको एउटा गाउँमा ७ सयभन्दा धेरै घर जलाएर नष्ट
मुम्बईमा भारी वर्षाका कारण डुबानबाट १ करोड ६० लाख मानिस प्रभावित
भारतीय आध्यात्मिक गुरू बलात्कारमा दोषी ठहरपछि हिंसामा मारिनेको संख्या ११ जना पुग्यो
यमनमा हवाई कारबाहीमा ४२ सर्वासाधारण मारिए
सिरियाली शहर राक्वामा गरिएको हवाई आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु
भारतीय राज्य बिहारमा बाढीबाट ९१ जनाको मृत्यु, करिब ९६ लाख नागरिक प्रभावित
उत्तर कोरिया अमेरिकाको सैन्य अखडालाई निशाना बनाएर हमला गर्ने योजनामा
चीनको सिचुवान प्रान्तमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३
अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी आक्रमणमा ५० जना सर्वसाधारणको मृत्यु
काबुलस्थित इराकी दूतावासमा आक्रमण गर्ने चारै जना आक्रमणकारीहरु मारिए
जर्मनीको एक रात्री क्लबमा भएको गोली प्रहारमा दुई जनाको मृत्यु
टर्कीमा सरकार विरोधी पत्रिकाका ७ जना पत्रकार ८ महिनापछि जेलमुक्त
उत्तर कोरियाको ब्यालिस्टिक मिसाइलको निशाना अमेरिका