arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

हिमालपारीको जिल्ला मुस्ताङमा परेको हिमपातका कारण जोमसोम-मुक्तिनाथ सडकखण्ड अवरुद्धtext size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन १, मंगलवार)


हिमालपारीको जिल्ला मुस्ताङमा सोमबार राति परेको हिमपातका कारण जोमसोम-मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएको छ भने उपल्लो मुस्ताङ जाने छुसाङ -लोमान्थाङ चल्ने सवारी साधन समेत हिमपातकै कारण रोकिएको सिमा प्रहरी चौकी लोमान्थाङले जनाएको छ।

उपल्लो मुस्ताङको छोसेर, छोनुप, सम्जुङ, सुर्खाङ, लोमान्थाङ, चराङ, मराङ, घमी र समरमा २ फिटसम्म हिउँ परेको सीमा प्रहरी चौकी लोमान्थाङका प्रहरी सहायक निरीक्षक खिमानन्द खनालले जानकारी दिए। उनका अनुसार भारी हिमपात भएपछि चिसो समेत अत्यधिक बढेको र स्थानीयवासी घर बाहिर समेत निस्कन नसक्ने अवस्था छ।

हिमपातकै कारण छुसाङदेखि लोमान्थाङ जाने ७० किलोमिटर सडक प्रभावित बनेको खनालले जानकारी दिए । सडक अवरुद्ध भएपछि चिसो छल्न बेशी झरेका स्थानीय घरफर्कने क्रममा बीच बाटोमै अलपत्र परेका छन् भने बिभिन्न कार्यालयमा कार्यरत कर्मचारी समेत कार्यालय फर्कने क्रममा बीच बाटोमै रोकिएका छन्।

तल्लो मुस्ताङको जोमसोम, मार्फा, टुकुचे, कोवाङ र लेतेमा समेत भारी हिमपात भएको भएको एक्याप जोमसोमले जनाएको छ।

जोमसोमदेखि मुक्तिनाथतर्फ जाने कालोभीर, खिङ्गा र झारकोट र कागबेनी आदि स्थानमा सडकमै भारी हिमपात भएपछि सडक अवरुद्ध भएको निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र बलामीले जानकारी दिए। मुक्तिनाथ जाने कालोपत्रे सडकमै २ फिटसम्म हिउँ जमेपछि दर्जनौ यातायातका साधन कागबेनीमै रोकिएको उनले बताए।

सडकमै बाक्लो हिउँका कारण सवारी साधन मुक्तिनाथ जान नसक्ने भएपछि मुक्तिनाथ मन्दिर पुग्ने नेपाली तथा भारतीय तिर्थालु ५ घण्टाको ठाडो उकालो उक्लन  बाध्य भएका छन्।

हिउँदे ३ महिने चिसो छल्न बेशी झरेका स्थानीय, कर्मचारी र विद्यालयका विद्यार्थी जिल्ला फर्कने क्रममा हिउँ परेको हो। हिउँ परेपछि अन्यक्षेत्र प्रभावित बनेपनि यहाँका किसानमा भने नयाँ उत्साह पलाएको छ। हिउँ पर्दा जमिनलाई चाहिने आवश्यक चिस्यानको मात्रा पुग्ने र बायुमण्डलको कार्वनडाईअक्साड समेत हिउँमा मिसिएर जमिनको सतहमा आईपुग्ने भएकाले खेतियोग्य जमिनको उर्वराशक्ति बढ्ने मार्फा बागवानी विकास अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए।

हिउँ परेपछि मुस्ताङमा उत्पादन हुने स्याँउ, आलु, फापर, जौ, उवालगायत अन्य अन्नबाली फस्टाउने जामसोमका किसान अजित थकालीले बताए। हिमालापारीको जिल्ला मुस्ताङ स्याँउ उत्पादन प्रमुख  केन्द्र भनेर चिनिने गर्छ।   लामो समय सम्म पर्न नसकेको यो सिजनको हिउँले यहाँका किसानलाई राहत पुर्‍याएको थकालीले बताए।

मुस्ताङ घुम्न र मुक्तिनाथ दर्शन गर्न आएका पर्यटकलाई  समेत हिउँ खेल्ने अवसर मिलेको छ।हिउँमै बसेर फोटो खिच्न पर्यटक मात्र होईन यहाँका युवायुवती समेत तछाडा मछाड देखिएका छन्। केही दिनअघि फुस्रा देखिएका मुस्ताङका नाङ्गा डाडाकाँढा समेत हिउँले सेताम्मे भएका छन्। यसअघि एकपटक मात्र छिटफुट हिउँ परेका थियो। सेतोपाटीमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
एमाले ओली र माओवादी केन्द्रका दाहालबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति
दलहरुद्दारा समानुपातिक तर्फ सांसदहरुको नाम सिफारिस
प्रदेश नम्बर-४ को मुख्यमन्त्रीमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ नियुक्त
नेपाल-भारतका सुरक्षाकर्मीको संयुक्त रुपमा सरसफाई
प्रदेश नम्बर ३ र ५ मा सरकार गठनको प्रक्रिया सुरु
प्रदेश नम्बर–७ मा वाम गठबन्धनका तर्फबाट अर्जुनबहादुर थापा सभामुखमा निर्विरोध निर्वाचित
बूढीगन्डकी जलविद्युत् आयोजनालाई लगानीयोग्य बनाउन करिब एक खर्ब अनुदान
प्रदेश नम्बर ४ मा दलहरुलाई संसदीय दलको नेता छान्न हम्मे-हम्मे
त्रिशूलीमा जिप खस्दा सिँचाइ सचिवसहित दुईजनाको मृत्यु, एक बेपत्ता
सरकारद्दारा ३ जना राष्ट्रिय सभा सदस्य मनोनय
नेपालमा आगामी १० वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन हुने
एमाले प्रदेश नम्बर–१ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित
ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल तालाबन्दी गर्ने विद्यार्थी संगठनहरूको चेतावनी
आव २०७४/७५ मा रोल्पाबाट ३१ जना महिला तथा बालबालिका हराए
कलेजोरोगको समस्या नेपालमा डरलाग्दोरुपले बढ्दै
संघीय संसदलाई पूर्णता, एमाले १४८, कांग्रेस ७६, माओवादीको ६५ सिट
अब अर्को महिनादेखि खुला विश्वविद्यालयको पढाई
प्रदेश ५ को राष्ट्रियसभा निर्वाचनमा एमाले-२, माओवादी-२, कांग्रेसका एक विजयी
प्रदेश ७ राष्ट्रिय सभा सदस्यमा बाम गठबन्धनका उम्मेदवार बिजयी
राष्ट्रियसभा सदस्य निर्वाचन सकिएलगत्तै मतगणना प्रारम्भ, बिहीबार सम्ममा सबै परिणाम घोषणा
http://go.oclaserver.com/afu.php?zoneid=1465736