arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

हिमालपारीको जिल्ला मुस्ताङमा परेको हिमपातका कारण जोमसोम-मुक्तिनाथ सडकखण्ड अवरुद्धtext size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन १, मंगलवार)


हिमालपारीको जिल्ला मुस्ताङमा सोमबार राति परेको हिमपातका कारण जोमसोम-मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएको छ भने उपल्लो मुस्ताङ जाने छुसाङ -लोमान्थाङ चल्ने सवारी साधन समेत हिमपातकै कारण रोकिएको सिमा प्रहरी चौकी लोमान्थाङले जनाएको छ।

उपल्लो मुस्ताङको छोसेर, छोनुप, सम्जुङ, सुर्खाङ, लोमान्थाङ, चराङ, मराङ, घमी र समरमा २ फिटसम्म हिउँ परेको सीमा प्रहरी चौकी लोमान्थाङका प्रहरी सहायक निरीक्षक खिमानन्द खनालले जानकारी दिए। उनका अनुसार भारी हिमपात भएपछि चिसो समेत अत्यधिक बढेको र स्थानीयवासी घर बाहिर समेत निस्कन नसक्ने अवस्था छ।

हिमपातकै कारण छुसाङदेखि लोमान्थाङ जाने ७० किलोमिटर सडक प्रभावित बनेको खनालले जानकारी दिए । सडक अवरुद्ध भएपछि चिसो छल्न बेशी झरेका स्थानीय घरफर्कने क्रममा बीच बाटोमै अलपत्र परेका छन् भने बिभिन्न कार्यालयमा कार्यरत कर्मचारी समेत कार्यालय फर्कने क्रममा बीच बाटोमै रोकिएका छन्।

तल्लो मुस्ताङको जोमसोम, मार्फा, टुकुचे, कोवाङ र लेतेमा समेत भारी हिमपात भएको भएको एक्याप जोमसोमले जनाएको छ।

जोमसोमदेखि मुक्तिनाथतर्फ जाने कालोभीर, खिङ्गा र झारकोट र कागबेनी आदि स्थानमा सडकमै भारी हिमपात भएपछि सडक अवरुद्ध भएको निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र बलामीले जानकारी दिए। मुक्तिनाथ जाने कालोपत्रे सडकमै २ फिटसम्म हिउँ जमेपछि दर्जनौ यातायातका साधन कागबेनीमै रोकिएको उनले बताए।

सडकमै बाक्लो हिउँका कारण सवारी साधन मुक्तिनाथ जान नसक्ने भएपछि मुक्तिनाथ मन्दिर पुग्ने नेपाली तथा भारतीय तिर्थालु ५ घण्टाको ठाडो उकालो उक्लन  बाध्य भएका छन्।

हिउँदे ३ महिने चिसो छल्न बेशी झरेका स्थानीय, कर्मचारी र विद्यालयका विद्यार्थी जिल्ला फर्कने क्रममा हिउँ परेको हो। हिउँ परेपछि अन्यक्षेत्र प्रभावित बनेपनि यहाँका किसानमा भने नयाँ उत्साह पलाएको छ। हिउँ पर्दा जमिनलाई चाहिने आवश्यक चिस्यानको मात्रा पुग्ने र बायुमण्डलको कार्वनडाईअक्साड समेत हिउँमा मिसिएर जमिनको सतहमा आईपुग्ने भएकाले खेतियोग्य जमिनको उर्वराशक्ति बढ्ने मार्फा बागवानी विकास अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए।

हिउँ परेपछि मुस्ताङमा उत्पादन हुने स्याँउ, आलु, फापर, जौ, उवालगायत अन्य अन्नबाली फस्टाउने जामसोमका किसान अजित थकालीले बताए। हिमालापारीको जिल्ला मुस्ताङ स्याँउ उत्पादन प्रमुख  केन्द्र भनेर चिनिने गर्छ।   लामो समय सम्म पर्न नसकेको यो सिजनको हिउँले यहाँका किसानलाई राहत पुर्‍याएको थकालीले बताए।

मुस्ताङ घुम्न र मुक्तिनाथ दर्शन गर्न आएका पर्यटकलाई  समेत हिउँ खेल्ने अवसर मिलेको छ।हिउँमै बसेर फोटो खिच्न पर्यटक मात्र होईन यहाँका युवायुवती समेत तछाडा मछाड देखिएका छन्। केही दिनअघि फुस्रा देखिएका मुस्ताङका नाङ्गा डाडाकाँढा समेत हिउँले सेताम्मे भएका छन्। यसअघि एकपटक मात्र छिटफुट हिउँ परेका थियो। सेतोपाटीमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
राष्ट्रियसभाका सदस्यका लागि ७ नम्बर प्रदेशमा भएको निर्वाचनमा ९९ प्रतिशत मतदान
बाँके, बर्दिया, सुर्खेत र दाङका बाढीपहिरोबाट प्रभावितहरु अझै त्रिपालको सहारामा बस्न बाध्य
पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने
६ महिनामा १७ आयोजनालाई विद्युत् उत्पादन अनुमति, ७४१ मेगावाट विद्युत् उत्पादन हुने
राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
सात प्रदेशसभामा सभामुख, उपसभामुखलगायतको निर्वाचन प्रक्रिया सुरु
अन्तत सिमेन्टको मूल्य घट्यो, स्टिलमा घटाउन आलटाल
गुल्मीमा सुशासन माप्न विधि अन्तर्गत सुशासनको अबस्थालाई अङ्कमा मापन गर्दै
प्रदेश नम्बर ५ को सभामुख निर्वाचन फागुन २ गते हुने
देशमा ठूल्ठूला परिवर्तन भएपनि पीडितहरुले अझै न्याय नपाएको राष्ट्रिय मानव अधिकार आयोगको गुनासो
शहिद घोषणा, बेपत्ता छानबिन र सत्यनिरुपण आयोगको म्याद थपियो
पोखरामा प्रदेश नम्बर–४ प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक सम्पन्न
प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठक सम्पन्न, प्रमुख हिन्दी सहित तीन भाषा प्रयोग
प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक सम्पन्न, माघ २९ मा सभामुख निर्वाचन
विश्व क्यान्सर दिवस: नेपालमा क्यान्सरको उपचार
प्रदेश–१ मा प्रदेशसभाको पहिलो बैठकका लागि तयारी पूरा
नेपालमा बोटबिरुवाको पनि डीएनए परीक्षण सुरु
नेपालमा बोटबिरुवाको पनि डीएनए परीक्षण सुरु
चिकित्सकहरुले अध्यादेशमार्फत् ल्याइएको राष्ट्रिय चिकित्साशिक्षा अध्यादेश मान्य नहुने
रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह बनाइने
http://go.oclaserver.com/afu.php?zoneid=1465736