arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सिद्धेश्वर शिवालय मन्दिर भक्तिटोला चुत्राबेसीमा एक महिने साउने मेला सुरु (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

प्रेमनारायण आचार्य 

चुत्राबेसी, अर्घाखाँची, २ साउन । अर्घाखाँचीमा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सिद्धेश्वर शिवालय मन्दिर भक्तिटोला चुत्राबेसीमा सोमबारदेखि एक महिना धार्मिक साउने मेला सुरु भएको छ । धार्मिक मेलामा हजारौ भत्तक्तजनहरुको उपस्थिति रहने छ ।


आजदेखि सुरु भएको साउने मेलाको सुरुको दिन बिहान चुत्राबेसीको भक्तिटोलामा रहेको सिद्धेश्र सिबालय मन्दिरबाट सुरु भएको कलश यात्रा चुत्राबेसी र सनिधखर्क बजारका बिभिन्न भाग परिक्रमा गर्दै सन्धिखर्कमा रहेको शिबालय मन्दिरमा पुगेको थियो । कलश यात्रा सहित भजन तथा नाचगान समेत गरिएको थियो ।


 त्यस मन्दिरमा रहेको धधारोमा बिभिन्न तीर्थहरुको जल रहेको हुनाले त्यसबाट जल लगि बोल बम भन्दै बजारका बिभिन्न भाग परिक्रमा गरि सिद्धेश्वर सिबालय मन्दिरमा रहेको स्फटिकको शिबलिंगमा अर्पण गरिएको मन्दिरका संरक्षक नारायण खनालले बताउनु भयो ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल सिद्धेश्वर शिबालय मन्दिरमा स्फटिकको शिबलिंग राखि दैनिक बैदिक बिधि पुर्बक पुजाआजा गरिदै आएको छ । स्फटिकको शिबलिंग भएको शिब मन्दिर नेपालकै इतिहासमा पहिलो भएको मन्दिर व्यजस्थापन समितिका दुर्गा श्रेठले बताउनु भयो।


साउन महिनालाई भगवान शिवको पुजाआजा गरिने महिनाका रुपमा लिइन्छ । साउन महिनाभर बैदिक पुजाआजाका साथ जलापर्ण सहितको कार्यक्रम राखिएको सिद्धेश्वर शिबालय मन्दिरका पुजारी भेसराज चुदालीले जानकारी दिनु भयो। सिद्धेश्वरको प्रचारमा यस किसिमको मेलाले ठूलो टेवा पुर्‍याउने छ ।


अर्घाखाँचीको सन्धिखर्क चुत्राबेसीमा रहेको सिद्धेश्वर मन्दिरबाट निकालिएको बोलबम कलश यात्रा । कलशयात्राले सन्धिखर्क र चुत्राबेसी बजारका बिभिन्न स्थानको परिक्रमा गरेको थियो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सिद्धाराका किसान हिउँदे मकै बिक्री नहुँदा मर्कामा
पालीको हडाहामा ढोरपाटन सडक निर्माण गर्दा सिँचाई कुलो पुरिएपछि डेढ सय कृषकको खेत बाँझै
भुमिकास्थान नगरपालिकाकाे केन्द्र अन्तत: नुवाकोटको पाेखेडाँडामा हुने
पटाैटीको निगालीमा जीप दुर्घटना, एक जनाको मृत्‍यु
प्याब्सन अर्घाखाँचीको सातौं बार्षिक साधारण सभा सन्धिखर्कमा सम्पन्न
सन्धिखर्कमा ३ वटा सवारी साधन र मोटरपार्ट सोरुम फोरेर मध्यरातमा चोरी
धातिवाङ्गमा खुल्ला भलिबल प्रतियोगिताको उपाधी जे म्युजिक ग्रुप पाणिनी गाउँपालिकालाई
सन्धिखर्कमा न्यायिक समितिको क्षेत्र अधिकार र मेलमिलापकर्ताको दुईदिने तालिम शुरु
धातिवाङ्गमा खुल्ला भलिबल प्रतियोगिताका समुह चरणका २ खेलहरु सम्पन्न
नुवाकोटको च्यूरामाटीमा देउराली कृषक सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा सम्पन्न
जलुकेलाई सहकारीको माध्यमबाट सम्बृद्ध वार्ड बनाउने जनप्रतिनिधीले प्रतिबद्धता
मेडिकल ल्याब्रेटरी एसोसियसन एफ नेपाल अर्घाखाँचीको दोस्रो अधिबेशन सन्धिखर्कमा सम्पन्न
नुवाकोट लात्तेवाँज भैरव समाजको बनभोज तथा सम्मान कार्यक्रम सम्पन्न
बिष्णुबहादुर थापाको १६ बर्ष पछि फुके हातखुट्टामा बाधिएका दाम्लो र रसी
छत्रदेव डिहीका आमाहरूले अचार बनाए, बुटवल काठमाडौँमा सम्बन्धित गाउँलेको व्यापक माग
सुचना तथा सुशासन अभियान अर्घाखाँचीको भुमिकास्थान वार्ड १ देखी ४ सम्मलाई केन्द्रित कार्यक्रम खाकबेशी खोलामा सम्पन्न
मालारानी गाउँपालिका वार्ड नं ३ का अध्यक्ष जीवन चौहानको उपचारको क्रममा निधन
पणेनाको सिम्ले सुन्तला खेतीका लागि अर्घाखाँचीकै नमुना
झुण्डिएको अवस्थामा मृत फेला परेकी धनचौरकी १७ वर्षीया समितालाई बलात्कार गर्ने अभियुक्त अझै फरार
शितगंगाको मौहावारी र पाकुरीबस्तीमा बाख्रापालनबाट वार्षिक तीनलाख सम्म आम्दानी
http://go.oclaserver.com/afu.php?zoneid=1465736