arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

पाकिस्तानमा नवाज सरीफ प्रधानमन्त्रीकारूपमा रहन अयोग्य ठहरtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १३, शुक्रवार)


पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार प्रधानमन्त्री नवाज सरीफमाथि लामो समयदेखि चर्चामा आइरहेको भ्रष्टाचार आरोपलाई लिएर प्रधानमन्त्रीकारूपमा रहिरहन अयोग्य घोषणा गरेको छ ।

उनलाई भ्रष्टाचारको आरोपमा मुद्दा परेपछि धेरैको अपेक्षाअनुसार नै तत्काल कार्यालय छोड्न पनि अदालतले निर्देशन दिएको छ ।

न्यायाधीश एजाज अफताल खानले अदालतमा जम्मा भीडकाबीच भने- उहाँ संसदको सदस्यकारूपमा रहिरहन अयोग्य बन्नुभएको छ । त्यसैले उहाँले प्रधानमन्त्रीको कार्यालयमा रहने हैसियत पनि रहने छैन । 

अदालतले राष्ट्रिय भ्रष्टाचारविरुद्धको विभागलाई आरोपबारे सरीफको मुद्दामा थप अनुसन्धान जारी राख्न पनि आग्रह गरेको छ ।

प्रधानमन्त्री सरीफलाई गत वर्ष पनामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा समुद्रपारमा परिवारको संलग्नतामा लगानी गरेको प्रमुख आरोप लागेको छ ।

पाकिस्तानमा अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीले पाँच वर्षे पूर्ण कार्यकाल सम्पन्न गर्न सकेका छैनन् ।

धेरैजसो प्रधानमन्त्रीका कार्यकाल पूरा हुनुपूर्व नै शक्तिशाली सेना वा अदालतको हस्तक्षेपमा बाहिरिएको पाकिस्तानी इतिहास छ । अन्य केहीको आफ्नै दलद्वारा हटाइएका छन् । राजीनामा दिन दबाब दिइएको छ वा कसैद्वारा हत्या गरिएको छ ।

पाकिस्तानको ७० वर्षको इतिहासमा सरीफ अदालतद्वारा अयोग्य घोषित हुने दोस्रो बहालवाला प्रधानमन्त्री भएका छन् ।

अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन बहालवाला राष्ट्रपति असिफ अली जर्दारीविरुद्ध भ्रष्टाचार आरोप चलाउन नमानी अदालतको मानहानि गरेको आरोपमा अयोग्य घोषणा गरेको थियो । रासस/एएफपी

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
डीभी परेर अमेरीका आउने आप्रवासीहरु खराब रद्दीको टोकरीबाट निकालिएका मान्छे हुन्: डोनाल्ड ट्रम्प
हेलिकप्टर दुर्घटनामा परी राष्ट्रपतिकी बहिनीसहित ६ जनाको ज्यान गयो
जाम्बिायाको लुसाकामा हैजाका कारण कम्तीमा पनि २० जनाको मृत्यु
भारतीय कांग्रेस पार्टीका नवनिर्वाचित अध्यक्ष राहुल गान्धीद्दारा सत्तारुढ भाजपा हिंसा फैलाउने कोशिसमा रहेको आरोप
इरानमा शक्तिशाली भूकम्प, ७३ जना घाइते
LIVE UPDATE- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विषेश २०७४
साउदी अरबद्दारा हुथी विद्रोहीबाट मुक्त रहन यमनलाई आग्रह
दक्षिण कोरिया सीमा क्षेत्रमा दशौं हजार सेनाको अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त अभ्यास सुरु, उत्तर कोरिया क्रुद्ध
श्रीलंका र दक्षिणी भारतमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २६
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा सेनाको कारबाहीमा १७ जना तालिबान मारिए
यूरोपको अर्थतन्त्रमा व्यापक सुधार, रोजगारीका अवसर अत्यधिक तीव्र दरमा सिर्जना
जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, सरकारी टेलिभिजन र रेडियो सेनाको नियन्त्रणमा
बंगलादेशको एक गाउँमा धार्मिक दंगा भड्किदा एकजना मारिए
साउदी नेतृत्वको सेनाद्वारा यमनी रक्षा मन्त्रालयमा आक्रमण
नयाँदिल्लीको प्रदूषित तुवाँलो हटेन, जनजीवन प्रभावित, सबै प्राथमिक विद्यालयहरु बन्द
पाकिस्तानको एट्टोक जिल्लामा बस दुर्घटना, कम्तीमा २२ जनाको मृत्यु
नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा बढेर दिउँसै विषालु हावाले अंधकार भएर जनजिवन अस्तव्यस्त
बेल्जियम प्रहरीसमक्ष आत्मसमर्पण गरेका पूर्व क्याटलन नेताहरु सशर्त रिहा
क्याटालनले स्वतन्त्र भएको घोषणा गरेपछि स्पेनद्दारा प्रत्यक्ष शासन लागु
भ्रष्टाचारको आरोपमा पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरीफविरुद्ध पक्राउ आदेश जारी
http://go.oclaserver.com/afu.php?zoneid=1465736