arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
समाज

सालीलाई जुम्ल्याहा छोरी बनाएर नागरिकता दिने भिनाजुलाई स्थानीय प्रशाासनद्वारा पक्राउ text size increase   text size decrease   Print    rss (२०७३ माघ ११, मंगलवार)


झुटो विवरण पेश गरि सालीलाई जुम्ल्याहा छोरी बनाएर नागरिकता दिने भिनाजुलाई स्थानीय प्रशाासनले पक्राउ गरेको छ । भिनाजुसँगै नागरिकता र राहदानी लिने दुवैजनालाई पनि प्रहरीले पक्रेको छ ।

पर्वत जिल्ला माझफाँट १ बाट गायत्री जिसीलाई ३ वर्ष अघि मात्र विवाह गरेका आगिन्चोक १ निवासी पदमबहादुर थापाले ससुरालीबाट २ सालीलाई बोलाएर छोरीका रुपमा सनाखत गरि गत माघ ४ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाएका थिए ।

थापाले गत माघ ४ गते गाविस सचिव शालिकराम खतिवडालाई श्रीमती गायत्री जिसीसँग २०५७ वैशाख १२ गते विवाह गरेको भन्दै विवाह दर्ता प्रमाण बनाउन लगाएका थिए।
विवाह प्रमाण पत्र बनाएकै दिन जुम्ल्याहा छोरीहरु इशा र इमी थापा २०५७ पुस ३ गते ८ महिनामै जन्मेको जन्मदर्ता प्रमाणपत्र पेश गरेका थिए । नागरिकता लिएको पर्सीपल्टै इशा थापाले माघ ६ गते काठमाडौंबाट राहदानी लिएकी थिइन् ।

सबै  विवरण नक्कली भएको आशंकामा गाविस सचिव खतिवडाले स्थानीय प्रशासनमा माघ ४ गते उजुरी गरेपछि स्थानीय प्रशाासनले सबैलाई बोलाएर जारी गरिएको नागरिकता र राहदानी जफत गरि हिरासतमा लिएको सहायक प्रजिअ लिलाधर अधिकारीले बताए ।

यसै गरि झुटो विवरण दिई वंशजको नागरिकता लिने लापा ३, घीउवाङ्गमा विवाह गरेर आएकी ३५ वर्षीय भारतीय युवती कौडीमाया विश्वकर्मा राल्टेलाई पनि स्थानीय प्रशाासनले पुर्पक्षका लागी थुनामा राखेको छ ।

नीज युवतीलाई श्रीमान दुर्गबहादुर विकले आफ्नै मामा भक्तबहादुर विककी छोरी हुन भनेर सिफारिस गराई अंगीकृत नागरिकताको साटो वंशजको नागरिकता दिलाएका थिए । स्थानीय प्रशासनले दुवैजनालाई हिरासतमा लिई श्रीमान दुर्गबहादुर लाई ७५ हजार धरौटीमा मुक्त गरेको छ भने धरौटी राख्न नसक्दा कौडीमायालाई पुर्पक्षका लागि थुनामा राखेको छ ।
स्थानीय प्रशासनले उक्त मुद्धामा झुटो सिफारिस गर्ने लापा गाविस सचिव सञ्जित गहतराज र गाविस कार्यालय सहायककुमार तामाङलाई समेत प्रतिवादी बनाइएको स्थानीय प्रशासनले जनाएको छ ।
कान्तिपुरबाट

          

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो
सवारी लाइसेन्समा नयाँ नियम वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने सिधै ट्रायल
संसारमै बन्दैन २४ क्यारेटको गहना, नेपालमा किन बेइमानी ?
विश्वका शक्तिशाली ७ महिला
विधुत प्राधिकरण अर्घाखाँचीको चरम लापरवाहीका कारण सर्वसाधारणलाई सास्ती (भिडियो तस्बिर)
अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा आज स्वबियु निर्वाचन हुँदै ।
महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ प्रतिवेदन हस्तान्तरण
सहर उज्यालो अभियानमा जुटे स्थानीय
अमेरिका हिडेका नेपालीहरु मेक्सिकोमा अलपत्र
प्रसुती वार्डबाट हराएको नवजात शिशु भेटियो
एक हुन आहवान
"आशा अधिकारी बचाउ अभियान " का लागि मलेसियाबाट बाबा राजेन्द्र अधिकारीको सबैमा सहयोगको अपिल
सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गर्यो
धुर्मुस र सुन्तली लाई अष्ट्रेलियाबाट १९ लाख सहयोग
आठ वर्षको कारागार पछी सफाई
उप कुलपतिलाई ज्ञापनपत्र
प्रशासन कार्यालय पुगिन् हिमानी
सुनसरीको खनारमा गोली चल्दा तीनजना घाइते
कम्युनिष्ट आन्दोलनका अग्रज नेता मोहन बिक्रम सिंहको उपचारमा सरकारले सहयोग गर्ने
अज्ञात समुहको आगजनीबाट सात सय कुखुरा पूर्णरुपमा जलेर नष्ट