arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राजनिती

प्रदेश नम्बर २ मा असोज २ गते मात्र चुनाव, तीन वटा प्रदेशमा असार १४ मै हुनेtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ १, विहीवार)


सरकारले प्रदेश नम्बर-२ मा स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तेस्रो चरणमा तोक्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आग्रहअनुसार प्रदेश नम्बर-२ मा स्थानीय तहको निर्वाचन असोजमा तोक्ने निर्णय गरेको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जानकारी दिए ।

बैठकले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता यही असार २ गतेको सट्टा असार ४ गते सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ ।

दोस्रो चरणको निर्वाचनमा राजपाको सहभागिताका लागि उम्मेदवार मनोनयनको मिति दुई दिन पछाडि सारेको जनाइएको छ ।

प्रदेश नम्बर-१, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले बिहीबारै प्रदेश नम्बर-२ को निर्वाचन तेस्रो चरणमा गर्न सहमति जनाएका थिए ।

प्रदेश नम्बर-३, ४ र ६ मा स्थानीय तहको निर्वाचन पहिलो चरणमा गत वैशाख ३१ गते सम्पन्न भइसकेको छ । रासस



सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशबाहेक अरु तीन प्रदेशमा असार १४ गते निर्वाचन गर्ने गरी सहमति भएको छ ।

दुई नम्बर प्रदेशमा भने अब असार १४ गते निर्वाचन नहुने भएको छ । अब मन्त्रिपरिषद् बैठक बसेर औपचारिक निर्णय गर्नेछ । प्रदेश नम्बर २ को चुनाव सारेर असोज २ गते कुरा भयो एक नेताले भनेका छन् ।

असार १४ गते निर्वाचन हुने तीन वटा १, ५ र ७ प्रदेशमा भोलि हुने मनोनयन पनि दुई दिन पर सारिने भएको छ । यसबारे भने निर्वाचन आयोगसँग छलफल गरेर मात्र तय गरिने जनाइएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेता र राजपाका नेताहरुको बैठकले यो निर्णय गरेको हो ।

संविधान संशोधनको माग गर्दै आएको राजपाका केही माग सम्बोधन गराउन सत्तारुढ दलका नेताहरुले छलफल गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता सहभागी थिए ।

बैठकमा राजपाका अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारी, महेन्द्र यादवलगायतका नेता सहभागी थिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
दोस्रो चरणको स्थानीय निर्वाचनको सुरक्षा तयारीबारे छलफल
२ नम्बर प्रदेश बाहेकका दोस्रो चरणको निर्बाचन हुने जिल्लामा चुनाबी रौनक बढ्यो
प्रदेश नम्बर नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय चुनावको लागि उम्मेदवारी दर्ता
दोस्रो चरणको निर्वाचन तयारी पूरा, उम्मेदवारी दर्ताको लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म
चुनावको मिति चौथोपटक सरेपछि प्रदेश नम्बर २ का मतदाता दिक्क
स्थानीय निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन दलहरुलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह
असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको तयारी अन्तिममा
असार १४ गतेको स्थानीय निर्वाचन कुनैपनि हालतमा सार्न नसकिने प्रमुुख निर्वाचनको भनाई
प्रधानमन्त्री देउवाद्वारा दोस्रो चरणको स्थानीय निर्वाचनअघि संशोधन गर्न सम्भव नहुने स्पस्ट
दोस्रो चरणको स्थानीय निर्वाचन तयारी पूरा, ९० लाख बढी मतदाता
स्थानीय निर्वाचनका बेला सीमा नाका असार ११–१४ गते ७२ घन्टाका लागि बन्द
दरबार हत्याकाण्डको १६ वर्ष, रहस्य अझै खुलेन
दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील
स्थानीय निर्वाचन मिति सर्दै जाँदा सर्वसाधारण मतदाता निराश
असार ९ गते हुने भनिएको दोस्रो चरणको स्थानीय निर्वाचन १३ गतेपछि हुने
दोस्रो चरणको चुनाव असार ९ गते
जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको सम्पूर्ण तयारी पूरा, सबै ठाउँमा सामग्री र सुरक्षाकर्मीहरु पुगिसके
स्थानीय निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि समिति गठन
दोस्रो चरणको स्थानीय तहको निर्वाचनप्रति जनता उत्साहित
स्थानीय तहको नयाँ संख्या अनुसार जेठ ३१ गते निर्वाचन संभव नभएको निर्वाचन आयोगको भनाई