arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राजनिती

अनेरास्ववियु र नेविसंघ बीच होस्टेल भित्रै हानाहान text size increase   text size decrease   Print    rss (२०७३ माघ १८, मंगलवार)

world news

सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच होल्टेलभित्रै झगडा भएको छ ।

क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) समर्थित विद्यार्थीबीच झगडा भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा क्याम्पसभित्रै मदिरा सेवन गरेको र उनीहरुबीच आशन्न स्ववियु चुनावको विषयमा झगडा भएको प्रहरीले जनाएको छ । सोमबार राती ९ बजेको समयमा क्याम्पसको होस्टेलभित्रै झगडा भएपछि क्याम्पस प्रशासन र त्यसपछि स्थानीय प्रहरीले विद्यार्थीलाई सम्झाइबुझाई गरेका थिए ।

पछि बाहिर भाडामा बसेका विद्यार्थीले क्याम्पसभित्र प्रवेश गरेर विद्यार्थीमाथि आक्रमण गरेको डीएसपी समीरचन्द्र खरेलले बताए । क्याम्पसको मूल गेट बन्द गरिएकोमा गेटबाहिरका विद्यार्थीले वरपरका घरहरुमा ढुंगामुढा प्रहार गर्दै क्याम्पसको गेट तोड्नुका साथै पछाडिबाट भित्र छिरेर होस्टेलका विद्यार्थी र होस्टेलमा आक्रमण गरेको भेटिएको उनले बताए । समयमा प्रहरी पुगेकाले धनजनको ठूलै क्षति हुनबाट जोगियो उनले भने ।

सदरमुकाम बेंसीसहरबाट प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, डीएसपी खरेलसहितको टोली राती घटनास्थल पुगेको थियो । प्रहरीले राती १ बजेतिर घटनामा संलग्न ४० देखि ५० जनालाई पहिलो चरणमा नियन्त्रणमा लिएको थियो । पछि स्क्रिनिङ गरी १० जनालाई जिल्ला प्रहरी कार्यालय ल्याएको डीएसपी खरेलले बताए । उनका अनुसार बीएससी एजी सातौं सत्रान्तका विद्यार्थी महेन्द्रसिंह धामी घाइते भएका छन् । स्रोतका अनुसार प्रहरीले पक्राउ गरी ल्याएकामा धेरै नेविसंघ समर्थित विद्यार्थी छन् । घाइते विद्यार्थी भने अनेरास्ववियु समर्थित विद्यार्थी रहेको एक विद्यार्थीले बताए । उनको सुन्दरबजारस्थित कर्मदा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार क्याम्पस बाहिरबाट भित्र पसेका विद्यार्थीको साथबाट खुकुरी, रड, लाठी लगायतको सामग्री बरामद भएको छ । यस्तै, होस्टेलको कोठाबाट बियर, भोड्काका बोत्तल लगायत नशालु पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । बाहिरका विद्यार्थीको आक्रमणबाट होस्टेलमा बस्ने विद्यार्थीका ल्यापटपहरु तोडफोड भएको प्रहरीले जनाएको छ । विद्यार्थीले ८ वटा ल्यापटप बाहिरका विद्यार्थीले फुटाएको बताएका छन् । यस्तै, क्याम्पस बाहिर केही घरका सिसा झ्यालहरु र क्याम्पसभित्र होस्टेलका झ्यालढोका, दराजहरु तोडफोड भएको प्रहरीले बताएको छ ।

क्याम्पस प्रमुख लालप्रसाद अंगाइँले विद्यार्थीबीचको झगडाले क्याम्पसको भौतिक संरचनामा क्षति पुगेको बताए । उनका अनुसार सोमबारमात्रै बीएससीएजी सातौं सत्रान्तका विद्यार्थीको सैद्धान्तिक परीक्षा सकिएको थियो । उनले क्याम्पसभित्र धुमपान, मदिरापानमा प्रतिबन्ध लगाए पनि विद्यार्थीले लुकीछिपी ल्याएर खाने गरेको र झगडाको कारण पनि त्यही देखिएको बताए । यद्यपि विद्यार्थीबीच कुन ठूलो संगठन, को ठूलो भन्ने प्रतिस्पर्धा छ । झगडा हुनुका कारण त्यो पनि हो उनले भने । उनले विद्यार्थीको परीक्षा चलिरहेकाले विद्यार्थीबीचको झगडाले थप समस्या ल्याएको बताए । घटनाबारे क्याम्पस प्रशासनले छानविन गर्ने उनले बताए ।

कान्तिपुरबाट

          

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
नेकपा एमालेले देशभरिका स्थानीय तहको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार तय गर्ने अधिकार सम्बन्धित जिल्ला कमिटीलाई
अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै स्थानमा खटाइने
प्रमुख निर्वाचन आयुक्त यादवको घरमा मोर्चा कार्यकर्ताको तोडफोड
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नयाँ शक्तिको प्रदर्शन
नेपालका लागि नयाँ भारतीय राजदूतमा पुरीको नाम सिफारिस
केयुको स्ववियु सभापति एमाले अखिलका लामा
नयाँ प्रावधानः क्याम्पसको पढाइ सकिए स्ववियु पदाधिकारीको पद स्वतः समाप्त
माओवादीको बन्द सत्रमा जनसेना र समानन्तर सत्ताको व्यापक बहस
प्रचण्डले अब चुनाव जित्ने दिन त देख्दिन: योगेश भट्टराई
राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु पर्छ:खनाल
पहिला संशोधन अनि चुनाब
आजका मन्त्रिपरिषद बैठकका निर्णयहरू (भिडियो सहित
संविधान संशोधनबिना निर्वाचनमा भाग लिदैनौ: शरतसिंह भण्डारी
जनताको चाहना बिपरित संसदमा पेस भएको संविधान संशोधन बिद्ययक जर्बजस्ती पास गराउन खोजे सरकारकै बिरुद्धमा निर्णायक लडाई लड्ने: सरोकारवाला
भारतले नेपालको कुटनीतिक मर्यादामा आँच आउने कार्य गरेको भन्दै अखिल छैठौंद्धारा सरकारको ध्यानाकर्षण
एमाले जनवर्गीय संगठन आवद्ध मोर्चा संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण सम्पन्न
निर्बाचनको घोषणा केही दिनमै हुन्छ: मन्त्री गिरी
लोकमानसिंह कार्कीको सर्वोच्च अदालतले गरेको फैसलाप्रति सबै राजनीतिज्ञहरु खुशी: प्रधानमन्त्री
संसदमा जबर्जस्ती गर्न खोजे त्यसको प्रतिकार पनि कडै हुने: केपी शर्मा ओली (भिडियो सहित)
नेकपा एमालेले राजधानीमा हजारौ मोटरसाइकल एकैपटक सडकमा गुडाएर र्याली प्रर्दशन