arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राजनिती

असार ९ गते हुने भनिएको दोस्रो चरणको स्थानीय निर्वाचन १३ गतेपछि हुनेtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड १६, मंगलवार)

असार ९ गते हुने भनिएको दोस्रो चरणको स्थानीय निर्वाचन १३ गतेपछि हुने लगभग पक्का भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि जेठ ३१ गते तोकिएको निर्वाचन मिति असार ९ गते सार्ने निर्णय गरेको थियो।

९ गते मुस्लिम धर्मालम्बीहरुको चाड रमाजानको अन्तिम शुक्रबार पर्ने भन्दै मिति सार्नुपर्ने आवाज उठ्न थालेपछि चुनावको मिति सार्न लागिएको हो।

विभिन्न मुस्लिम संगठनले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर चुनाव सार्न माग गरेका थिए।

'आज दिउँसो पनि हज समिति लगायतका मुस्लिम संगठनले १३ गतेसम्म चुनाव नगर्न माग गर्दै प्रधानमन्त्रीलाई भेट्नुभएको छ', गृह मन्त्री विमलेन्द्र निधिले सेतोपाटीसँग भने, 'प्रधानमन्त्रीज्यूले उहाँहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
निधिले चुनावको मिति बारे छलफल गर्न प्रधानमन्त्री दाहालले आजै साँझ निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने र आयोगको सुझाव लिने जानकारी दिए। 'आयोगसँग छलफल गरेपछि मितिको टुंगो लाग्छ', निधिले भने, 'चुनाव सार्नुपर्ने भए मन्त्रिपरिषद्ले निर्णय गर्छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार संसद भवनमा डाकेको सर्वदलीय बैठकमा चुनावको मिति सार्नुपर्ने कुरा उठेको थियो। प्रधानमन्त्री दाहालसमेत सहभागी उक्त बैठकमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले चुनावको मिति एक दिन अगाडि सार्नुपर्ने प्रस्ताव गरेका थिए।

बैठकमा सहभागी राष्ट्रिय जनता पार्टी नेपालका दोस्रो तहका नेताले पनि चुनावको मिति सार्नु पर्ने सुझाव दिएका थिए। बैठकमा सहभागी राजपा नेताहरुले असार १३ गते रमजान सकिने भएकाले १४ गते चुनाव गर्नुपर्ने सुझाव दिएको संघीय समाजवादी फोरमका नेता शिवजी यादवले सेतोपाटीलाई जानकारी दिए।

राजपाका बरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लले पनि असार १४ मा दोस्रो चरण निर्वाचन गर्ने निर्णय भए आफूहरुले त्यसलाई सकारात्मक रुपमा लिने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रमाजानको अन्तिम शुक्रबार चुनाव गर्ने सरकारी निर्णय गलत भएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा थापाले निर्णय सच्याउन सरकारसँग माग गरेका छन्।

यसअघि निर्वाचन आयोगले सरकारलाई असार १४ गते दोस्रो चरणको निर्वाचन गर्न सल्लाह दिएको थियो। 'असार १३ गते रमाजन सकिने र १५ गते धान दिवस पर्ने भएकाले हामीले १४ गते चुनाव गर्न सल्लाह दिएका थियौं', आयुक्त ईश्वरीप्रसाद पौडेलले भने।सेतोपाटीमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
दोस्रो चरणको स्थानीय निर्वाचनको सुरक्षा तयारीबारे छलफल
२ नम्बर प्रदेश बाहेकका दोस्रो चरणको निर्बाचन हुने जिल्लामा चुनाबी रौनक बढ्यो
प्रदेश नम्बर नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय चुनावको लागि उम्मेदवारी दर्ता
दोस्रो चरणको निर्वाचन तयारी पूरा, उम्मेदवारी दर्ताको लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म
चुनावको मिति चौथोपटक सरेपछि प्रदेश नम्बर २ का मतदाता दिक्क
प्रदेश नम्बर २ मा असोज २ गते मात्र चुनाव, तीन वटा प्रदेशमा असार १४ मै हुने
स्थानीय निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन दलहरुलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह
असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको तयारी अन्तिममा
असार १४ गतेको स्थानीय निर्वाचन कुनैपनि हालतमा सार्न नसकिने प्रमुुख निर्वाचनको भनाई
प्रधानमन्त्री देउवाद्वारा दोस्रो चरणको स्थानीय निर्वाचनअघि संशोधन गर्न सम्भव नहुने स्पस्ट
दोस्रो चरणको स्थानीय निर्वाचन तयारी पूरा, ९० लाख बढी मतदाता
स्थानीय निर्वाचनका बेला सीमा नाका असार ११–१४ गते ७२ घन्टाका लागि बन्द
दरबार हत्याकाण्डको १६ वर्ष, रहस्य अझै खुलेन
दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील
स्थानीय निर्वाचन मिति सर्दै जाँदा सर्वसाधारण मतदाता निराश
दोस्रो चरणको चुनाव असार ९ गते
जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको सम्पूर्ण तयारी पूरा, सबै ठाउँमा सामग्री र सुरक्षाकर्मीहरु पुगिसके
स्थानीय निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि समिति गठन
दोस्रो चरणको स्थानीय तहको निर्वाचनप्रति जनता उत्साहित
स्थानीय तहको नयाँ संख्या अनुसार जेठ ३१ गते निर्वाचन संभव नभएको निर्वाचन आयोगको भनाई