arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धारtext size increase   text size decrease   Print    rss (२०७४ पौष ३, सोमवार)

world news

युएई, पुस ३ – (अर्घाखाँचीडटकम) एक सरो हरियो कुर्ता सुरुवाल । कुर्ता बाहिर पट्टी खाडीको सामान्य चिसो छेक्ने स्वीटर । दुई हातमा तीन वटा रातो छिर्के चुरा ।  खुट्टामा जालीवाला चप्पल । तीन दिनको अनिदोले अनुहार, ओठ मुखमा कुनै चमक थिएन । तनावमा परेकोले निधार खुम्च्याउँदा परेका छालाका मुज्जा सजिलै देखिन्थे ।

आइतबार नेपाली दूतावास आबुधाबीले विमानस्थलबाट उद्धार गरेपछि दूतावासको सेल्टरमा पुगेकी दुई सन्तानकी आमा झापाको धरमपुर मंगलबारे ३ की सिता हेमरमका आँखा रसाएका थिए । 

झापाबाट हिंडेको चारदिनपछि उहाँ आइतबार मात्रै दूतावासको शरणमा आइपुग्नु भएको हो । उहाँसँगै हुनुहुन्छ देवी विश्वकर्मा । उमेरले भर्खर २१ पुगेकी देवी आफ्नो विवरण आफैंले भर्न नसकेपछि उहाँलाई सहयोग गर्दै थिए दूतावासका कर्माचारी । उहाँहरुलाई गाउँकै दलाल ओजमान लिम्बूले कुवेत पठाउने भन्दै भारतको बाटो हुँदै युएई पुर्‍याएका हुन ।

 

उहाँहरुलाई धरमपुरबाट हिँडेपछि झिलझिले हुँदै किसानगन्ज पु¥याएको र त्यहाँबाट दिल्ली पु¥याएका थिए । दिल्लीबाट उहाँहरु युएई आइपुग्नुभएको हो । ‘कुवेत पठाउने भनेपनि इराक र सिरिया पठाउने दलालको योजना रहेछ,’ देवीलाई दूतावासमा आएपछि नयाँ जुनी पाए झैं लागेको छ ।

देवी घरमा पनि बल्ल बाँचे भन्दै फोनमा रोइरहनु भएको थियो । साढे दुई वर्षकी जेठी र काखकी १४ महिने दुधे छोरी छोडेर पैसा कमाउन देवी विदेश लाग्नुभएको हो । उहाँका श्रीमान् गाउँमै मिस्त्रीको काम गर्नुहुन्छ ।

श्रीमानले सौतेनी टिपेर गाउँ छोडेपछि ४० वर्षकी सिताको काँधमा दुई सन्तानको जिम्मेवारी थपियो । गाउँमै काम गरेर दुई सन्तान पाल्ने आँट जुटाउन नसकेकी सितालाई दलालले कुवेतमा कमाइ हुने प्रलोभनमा विदेश पठाएका थिए । 

ठाउँठाउँमा नयाँ नयाँ दलालसँग भेट्दै उहाँहरु आइतबार राती १२ बजे आबुधाबी विमानस्थलमा आउनु भएको हो । विमानस्थलमा लिन आउने भनेको मानिस नआएपछि रातभरी चिसो भुईंमा कुर्नुभयो ।

विहान ९ बजेसम्म पनि लिन आउने मानिस सम्पर्कमा नआएपछि छट्पटिएका उहाँहरुलाई विमानस्थलमै कार्यरत एक जना नेपालीले भेट्टाएका थिए । उनैले नेपाली दूतावासमा देवी र सिताको बारेमा बताएपछि उहाँहरुको उद्धार भएको हो ।

जानकारी पाएको २ घण्टामा उद्धार गरेर दूतावासले सिता र देवीलाई अहिले सुरक्षित आवासगृहमा राखिएको छ । ‘हामी दिल्लीमा १३ जना थियांै । एउटै कोठामा हो बस्ने,’ सिता भन्नुहुन्छ, ‘धेरैलाई त त्यहीबाट बेच्दा रैछन धन्न हामी त बाँच्यौ ।’

सिता र देवीलाई भिजिट भिसामा युएई ल्याइएको हो । कुवेतमा घरको काम भने पनि उहाँहरु आबुधाबीमै अलपत्र परेपछी अब नेपाल फर्किने र कहिल्यै विदेश नर्फने बताउनुहुन्छ ।

दूतावासको सेल्टरमा ५ जना महिला 

दूतावासले शुक्रबार मात्रै ५ जना महिलाको उछार गरेको छ । एनआरएन युएईले अजमानबाट उद्धार गरेर ल्याएका ८ जना मध्ये ५ जनालाई शुक्रबार नेपाल पठाइएको हो । 

आइतबार दुई जना थपिएपछि ५ जना महिला दूतावासको सेल्टरमा छन् । दूतावासले अलपत्र परेका महिलाको उद्धारका क्रममा उनीहरुलाई ल्याउने एजेन्ट र तस्करी गर्ने गिरोहलाई कारवाही गर्न पटक पटक सिफारिस पत्र पठाउने गरेको छ । 

तर अहिलेसम्म मानव तस्करी गर्ने गिरोहलाई कारवाही भने भएको छैन । वैधानिक बाटो सहज नहुँदा अवैध रुपमा ल्याउने क्रम बढिरहेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
http://go.oclaserver.com/afu.php?zoneid=1465736