arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेश नम्बर ४ मा दलहरुलाई संसदीय दलको नेता छान्न हम्मे-हम्मेtext size increase   text size decrease   Print    rss (२०७४ माघ २७, शनिवार)


आकांक्षी धेरै भएपछि प्रदेश नम्बर ४ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई संसदीय दलको नेता छान्न हम्मे-हम्मे परेको छ ।

मुख्य राजनीतिक दल एमाले, कांग्रेस र माओवादी केन्द्रले अहिलेसम्म प्रदेशसभाको संसदीय दलको नेता चयन गर्न सकेका छैनन् ।

संसदीय दलको नेता चुन्न सबैभन्दा बढी सकस एमालेलाई भएको छ ।

प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा एमालेका प्रदेश–४ का संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङबीच निकै प्रतिस्पर्धा भइरहेको छ ।

किरण गुरुङ तनहुँ–२ (ख) बाट र पृथ्वीसुब्बा गुरुङ लमजुङ (ख) बाट निर्वाचित भएका हुन् । प्रदेशमा एमालेका २७ जना सदस्य छन् ।

संसदीय दलको नेताका विषयमा सहमति हुन नसकेपछि एमालेले संसदीय दलको बैठक भोलिका लागि बोलाएको छ । भोलि बस्ने बैठकले निर्वाचनमार्फत् नेता चयन गर्ने बताइएको छ ।

प्रदेश नम्बर ४ को प्रदेशसभामा १५ सांसद रहेको नेपाली कांग्रेसले पनि अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

संसदीय दलको नेता चुन्ने जिम्मा उप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई दिइएको छ ।

कांग्रेसमा कृष्णचन्द्र नेपाली, मणिभद्र शर्मा र बिन्दुकुमार थापाले संसदीय दलको नेता बन्ने आकांक्षा राखेका छन् ।

माओवादी केन्द्रमा पनि संसदीय दलको नेता बन्न प्रतिस्पर्धा चलिरहेको छ ।

माओवादी केन्द्रमा हरिबहादुर चुमान र नेत्रनाथ अधिकारी दलको नेता बन्ने प्रतिस्पर्धामा देखिएका छन् ।

प्रदेशमा माओवादी केन्द्रका १२ जना सदस्य छन् ।

सहमति बन्न नसके मतदान प्रक्रियाबाट नेता छानिने माओवादी केन्द्र कास्कीका सहसंयोजक दीपक कोइरालाले जानकारी दिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
दाङमा हात्तीपाइले रोग विरुद्धको औषधी पढे लेखेका र जान्ने बुझ्नेहरुले नै खान नमान्ने
प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको कांग्रेसले संसदमा छाँया सरकार बनाउने
दैलेखमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिनका लागि समिति गठन
अब प्रदेश-६ को नाम कर्णाली, राजधानी सुर्खेत
ताप्लेजुङमा आठ वर्षदेखि अलपत्र तमोर नदीको मोटरेबल पुल निर्माणले बल्ल गति लियो
लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने
नेपाल औषधि लिमिटेडद्दारा पुनः सन्चालनमा आएको ११ महिनामा बल्ल सिटामोल उत्पादन सुरु
थ्रि एन्जल्स नेपालले पायो एन जि ओ लिडरसीप अवार्ड
पर्यटन बोर्डका तत्कालीन प्रमुख निरौला भ्रष्टाचारी ठहर, ७ वर्ष कैद फैसला
नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा
दैलेखमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँच गम्भीर घाइते
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ फागुन २० गते
सप्तरीको तिरहुत गाउँपालिकाका बाढीपीडित नयाँ घर पाएपछि खुसी, १८ परिवारले पाए नयाँ घर
केहीदिन यता राजधानीलगायतका पहाडी क्षेत्रको धुम्म मौसम अझै केही दिन जारी रहने
नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा पाकिस्तानले सहयोग गर्ने
कपिलवस्तुको दोहनीमा ईशापूर्व चारसय वर्षदेखि मानव बसोबासको प्रमाण फेला
असंबैधानिक कदम चालेकी राष्ट्रपतिलाई तरुण दलले नेपालको संविधान उपहार दिने
पश्चिम नवलपरासीका उखु किसान अख्तियारमा उजुरी दिने तयारीमा , ठगी गर्नेलाई उन्मुक्ति दिएको आरोप
गुण्डा नाइके मनोज पुनसहित दुई जनाको प्रहरीसँगको मुटभेटका क्रममा मारिएको प्रहरीद्दारा स्पष्ट
फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने
http://go.oclaserver.com/afu.php?zoneid=1465736