arghakhanchi
मिति:
*BREAKING NEWS ताजा समाचार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

दोस्रो चरणको निर्वाचनमा मत खसाल्न गृहजिल्ला फर्कनेहरूको संख्या बढ्दो, काठमाडौं सुनसान text size increase   text size decrease   Print    rss (२०७४ म‌सिर २०, बुधवार)


दोस्रो चरणको निर्वाचनमा मत खसाल्न गृहजिल्ला फर्कनेहरूको संख्या बढ्दो छ । मतदाताहरू दिनहुँ बाहिरिन थालेपछि काठमाडौंमा सवारी चाप कम हुँदै गएको छ ।

पसल तथा मुख्य बजारहरू सुनसान देखिन थालेका छन् । बसपार्कमा जिल्ला फर्कनेहरूको भिड लागेको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार निर्वाचनका लागि झन्डै दुई साताको अवधिमा उपत्यकाबाट साढे चार लाख मतदाता बाहिरिएका छन् । २१ मंसिरमा ४५ जिल्लामा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ एक सय २८ र प्रदेश सभातर्फ दुई सय ५६ सिटका लागि प्रतिस्पर्धा हुँदै छ ।

पहिलो चरणको निर्वाचनको तुलनामा अहिले बाहिरिनेको संख्या निकै कम छ । यसअघि, पहिलो चरणमा झन्डै आठ लाख मतदाता काठमाडौंबाट बाहिरिएका थिए । पहिलो चरणमा ३२ जिल्लामा निर्वाचन भएको थियो ।

दोस्रो चरणमा निर्वाचन हुने जिल्लाका केही मतदाताहरूले समेत पहिलो चरणको निर्वाचनअगावै काठमाडौं छाडेकाले यसपटक बाहिरिने मतदाताहरूको संख्या कम देखिएको हुन सक्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पढाइ, रोजगारीलगायत विभिन्न काममा आएका मतदाता उपत्यकाबाट भोट खसाल्नका लागि आफ्नो गृहजिल्ला फर्कने गरेका छन् ।

पछिल्लो एक साताको समयावधिमा मात्रै दुई लाख मतदाता बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले बताए । 'सामान्य रूपमा दैनिक १२ देखि १८ हजार यात्रुले गाडीमार्फत यात्रा गर्ने गरेका छन् ।'

मरासिनीले नयाँ पत्रिकासँग भने, 'निर्वाचन हुने समय नजिकिएपछि दैनिक २५ हजारदेखि २६ हजार मतदाता बाहिरिएका छन् ।'


बुधबार मध्यरातिदेखि सवारी बन्द

आज राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म उपत्यकासहित निर्वाचन हुने ४५ जिल्लामा सवारी आवागमन बन्द हुने भएको छ ।

त्यसैले, टाढा–टाढाका मतदाताहरूले यसअघि नै काठमाडौं छाडिसकेका छन् । काठमाडौंनजिकका जिल्लाका मतदाताहरू भने दिवासेवामार्फत आज पनि गृहजिल्ला फर्कंदै छन् । नयाँपत्रीकामा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
पहिलो पटक हावा र पानीबाट तरकारी फलाउने प्रविधि शुरु
बुटवल राजधानी हुने हल्लापछि दाङमा भयो यस्तो बबाल
किन बढ्यो चिसो, देशभरको तापक्रम कति छ ? हेर्नुहोस्
पश्चिम तराईमा शीतलहरले जनजीवन कष्टकर
रामेछापको खाँडादेवीमा पानीको चरम अभाव भएपछि ४ रुपैयाँ लिटर पानी खरिद गर्न बाध्य
सरकार गठनका लागि मार्गप्रशस्त गर्न एमाले र माओवादी केन्द्रको आग्रह
समानुपातिकतर्फको मतगणना सम्पन्, सबैभन्दा बढी मत एमालेलाई
चितवनमा पछिल्लो एक माहिनामा सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु
राष्ट्रियसभा निर्वाचन अध्यादेशमा खोंचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको एमाले ओली आरोप
सिरहामा विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण अस्पतालमा बिरामीको चाप
कपिलवस्तुमा चिसो र शीतलहरले जनजीवन प्रभावित
प्रदेश नम्बर-३ को राजधानी हेटौँडालाई बनाउन माग
निर्वाचन आयोगले राष्ट्रिय सभा गठन नभई अन्तिम परिणाम सार्वजनिक नगर्ने
एमालेद्दारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश गैरसंवैधानिक भएकोले सच्याउनुपर्ने जिकिर
५९ आदिवासी जनजातिमध्ये प्रतिनिधिसभामा जनजातिबाट ४५ निर्वाचित
प्रदेश-७ को राजधानी पहाडी डडेल्धुरामै हुनुपर्ने माग
नेपाली शान्ति सेनालाई राष्ट्रसंघीय पदकबाट सम्मान
समानुपातिकतर्फ मत गणना जारी, पाँच दलमात्र थ्रेसहोल्डमा सुरक्षित
सप्तरीमा बाढीपीडितका लागि घर बनाइने
सुनसरी–३ मा पुनः मतदानको माग गर्दै प्रदर्शनमा उत्रिए एमाले कार्यकर्ता
http://go.oclaserver.com/afu.php?zoneid=1465736