arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
साहित्य

कोरियाबाट भाईको दिदीलाई पत्र text size increase   text size decrease   Print    rss (२०७३ कार्त्तिक १५, सोमवार)

world news

प्यारी दिदी ढोग गरे ! 

तपाइलाइ फोनमा दर्शन दिदी भन्थे, पैतला छुने अबसर त कहिल्लै दिनुनै भएन, पर्दैन भन्दै तर्कनु भो । यो मानेमा म अभागी दिदी ! तर यतिबेला यो पत्र मार्फत मेरो आदर टक्र्याउछु , स्विकार्नुहोला ।

अहिले सम्म तपाइलाइ चिठी लेखेको अनुभव छैन तर के गर्नु आज फोन गर्ने हिम्मत पनि त भएन, बोली अड्किएला कि भन्ने भो, पोहोर नि तेस्तै भाथ्यो त्यसैले योपालि  यी यसरी लेख्ने सुरु गरे, जुर्नु पर्दो रहेछ दिदी ।

आज त टिकाको दिन है दिदी, यो अर्थपुर्ण दिनमा हामी सङ्गै  हुनुपथ्यो तर बिडम्बना अवस्था अल्लि फरक रह्यो,हामिले अबस्थालाइ आफू अनुकल बनाउन सकिनौ । समय त किन दोहोरिएला र तर आउंदो समयलाइ हाम्रो पक्षमा पारौला नि हैँ ।  त्यो दिन पनि आउँछ दिदी,आउनु पर्छ ।

खैर छोडम यो कुरा, अनि सन्चै हुनुहुन्छ होला, पक्कै हुनुहुन्छ किननि दिदिलाई रोगले सक्दैन । मैले हजुर बिरामी भएको खास्सै थाह पाएको पनि छैन, म २७ को भए ! तपाइलाई चिनेको २६ भए होला सम्झिने गरी दुख दिन लागेको चाँही २३, २४ भो कि ! ?  त्य्स्तै,त्यस्तै !

दिदिलाई मैले यो चिठ्ठिमा तपाइ भनेर सम्बोधन गरेको छु, तपाइलाई अचम्म लाग्ला !  पिर नगर्नु मैले हेला गरेर तेसो भन्या होईन । यो लोकले मेरो चेतना र  म हुर्किएको संस्कारमा प्रश्न उठाउला कि भनेर हिम्मत गर्नु पर्‍यो तथापी हजुरको मन पक्कै दुख्छ । त्यस्तै ५,६ बर्ष अगाडी मैले तपाइलाई 'तपाइ' भनेको थिए, सारै चित्त दुखाउनु भाथ्यो,  रुनु भयो पनो ! मेरो 'तपाईं' सब्दले भाइ टाढा भो कि भन्ने पर्यो । पछि मलाई नि गल्ति गरेछु भन्ने महासुश गराउनु भो । आखिर तपाइको मन नदुखोस पनि कसरी, मैले हजुरलाई बच्चै देखी 'तं' भनेर सम्बोधन गरे, गर्दै छु । तपाईंले तपाइमा भन्दा 'तं' मा बढी आफ्नोपन देख्नु, माया सम्झिनु भो जुन स्वभाबिक  थियो, छ । तर यो कुरा बाहिर समाजले बुज्दैनन दिदि, बुज्दारहेनछन । दिदी भाइमा आदर सम्मान नहुनि होईन हुन्छ तर मैले दिदिलाई गर्ने सम्मान मेरो सम्बोधनले मापन गर्दैन । यो म र तपाइ मात्रै बुझ्छौ । भाइले पनि बुज्छ ।

कसैले तिमीहरु दुइ भाइ मात्रै हो भनेर सोद्धा, हो हामी दाजुभाइ मात्रै हो भनियो ।

 ए,उसोभए बाबुहरुका दिदिबैनी छैनन भनेर ढुक्के प्रश्न गर्दा , अंह छैनन भनेर कहिल्लै भनिएन ! बुझाउन पट्टी लागियो ।

हामिले फुजैदिदी र दिदिमा हुने भिन्नता छुट्ट्याउने मौका कहिल्लै पायनौ, अझ यसो भनु दिदिले त्यो मौका दिनुनै भयन ।
 
मलाई हिजो जस्तै लाग्छ, दिदिले पिठ्युमा बोकेर आफ्नै स्कुल लगेको । १ कलाश पढ्नु भन्दा पहिले नै ४,५ कलास पढेको अनुभब दिदिको कारणले नै मेरो स्मृतिमा सुरक्षित छ । दिदिका साथी सबै मेरा दिदी ! 'बिजुलिको तार' नाम गरेको गित गाएर पुरा क्लास नै रमाइलो गरिदिदा म सबैको प्यारो भाइ भएको थिए । अहिले पनि छु । तपाइको माया म ति सबै दिदिहरुमा बराबर देख्छु, हुँदाहुँदै ती कसैलाइ तं भनेर सम्बोधन गरिन किनकी ती तपाईं जस्तै ठ्यककै आफ्ना होइनन कि भन्ने लाग्यो, तं सम्बोधन भित्र माया र आदर देख्दैनन कि भन्ने लाग्यो र ती तपाइहरु भए तर तपाईं 'तं' ! 

 भो छोड्नुस यी कुरा, यी ओखाभाका लेखेर रित्त्तिदैनन, रेशमको धागो जस्तै जति तान्यो तेति लामो हुँदै जान्छन  ।
 अनि भोलि त खिल्जी जाँदै हुनुहुन्छ होला है ? जानुस दिदि

  ढुक्क जानुस, कान्छो भाइ बाटो हेरेर बसेको छ । उल्ले हाम्रो प्रतिनिधित्व गर्छ हामी माइलो जेठो(म र बुबा) यत्तिकै खुसी छौ । समय सकिएको छैन दिदी आइराख्छ, अर्को,नभए अर्को  ! तपाइको अगाडि एउटै गुन्द्रामा बसेर बौताको टिको सिन्काको सहयोगले  निधार रङ्याउला ,नाचौला रमौला ! त्यो दिन आउँछ, आउनुपर्छ ।

अन्त्यमा मन नदुखाउनुहोला, तपाईं हाम्रो मन त्यति कम्जोर पनि त होइन । अबस्थाले हाम्रो बसाइ टाढा छ दिदी तर भावना हेर्नुस त म हजुरकै मुटुमा छु । भान्जी भान्जा जस्तै एउटा कुनामा सुरक्षित छु । 

भान्जा भान्जिलाइ माया भनिदिनु, भिनाजु मै जस्तै आफ्नी दिदी भन्दा टाढा हुनुहुन्छ । म फोन्छु,  बितेका कुरा अलिकती र आउने रमाइला कुराहरु साटेर हामी काल्पनिक दुनियामा छिर्छौ । चिन्ता कतै छैन, खुशी हुने प्रयाश गर्नेछौ । 

जाँदा जाँदै, दाइ भनेर माया गर्ने बहिनिहरु धेरै कमाएको छु । केही उमेरले,केही नाताले र केही   भाबनाले नजिक छन , मैले दिदि भन्नेहरु पनि धेरै छन । ती सबै प्रती म कृतज्ञ छु तथापी यो निधारमा औंला चलाउने अधिकार सिर्फ तपाइको हो जुन सधै सुरक्षित रहनेछ । अस्तु !!

भाइ प्रकाश
खिल्जी, अर्घाखाँची हाल  कोरिया !!

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
संस्कृतिविद् तथा सन्चारकर्मी जनार्दन घिमिरेको निधन
हाँस्नु मात्र हैन जिवन ( गजल)
गजल:- जिन्दगी
गजल:- "आँमा"
गजल:- धेरै यो मूटु दुखेर रोए
आँखा र सपना (कविता)
जन्म भुमिको याद
गजल:- प्राण भन्दा धेरै चाहन्छु.
गजल:- म भन्दा नि नजीक अब
गजल:- तिम्रै लागी
गजल:- तितो विगत
कविता:- नववर्षको शुभकामना
गजल:- नफक्रदैं झर्न सक्छौ
गजल:- आफ्नो वनाई जब ल्याए तिमीलाई
माग्नेलाई दीपकले भने- यो मेरो ए टी एम कार्ड हो
गजल:- अर्घाखाँची वस्ती....
गजल:- आज उस्कै बारे...
गजल: नयाँ वर्ष
गजल:- खै कस्तो पिरती लाए..
गजल:- दुर्गा काली नारी स्वरूप..