arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

बाबुराम भट्टराईको नयाँ शक्ति आफ्नै चुनाव चिह्नबाट लड्नेtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २७, शुक्रवार)


नयाँ शक्ति पार्टी नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिह्न 'देब्रे आँखा' लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।

पार्टीको शुक्रबार बसेको संघीय सचिवालयको विस्तारित बैठकले वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्र साझा चुनाव चिह्न प्रयोग गर्ने सहमतिको मर्मविपरीत गएको हुनाले निर्वाचनमा आफ्नै चुनाव चिह्न लिएर सहभागी हुने निर्णय गरेको नयाँ शक्ति केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले संविधानको आधारभूत अन्तरवस्तु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीतालाई अस्वीकार गर्ने राजनीतिक दल, व्यक्ति-व्यक्तित्वबाहेक सबैसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

तालमेल भएको क्षेत्रबाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बैठकले निर्णय गरेको छ ।

यसअघि नै निर्णय भइसकेका गोरखा क्षेत्र नम्बर-२ बाट पार्टी संयोजक डा. बाबुराम भट्टराई, कैलाली-३ बाट कृष्णकुमार चौधरी, कपिलवस्तु-१ बाट दानबहादुर चौधरी, रसुवाबाट प्रेम तामाङ र खोटाङबाट मदन राईले उम्मेदवारी दिने निर्णयलाई यथावत् राखिने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, समानुपातिकतर्फको बन्दसूची तयार पार्ने र विभिन्न पक्षसँग वार्ता-छलफल गर्ने जिम्मा पार्टी केन्द्रीय कार्यालयलाई दिइएको छ । रासस 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
तिहारभरका लागि प्रदेश नम्बर-१ को राजधानीको माग गर्दै आएका धनकुटेलीको आन्दोलन स्थगित
चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण, १८ जनामा डेंगु रोग
चितवनमा मतदाताको संख्या तीन लाख ५४ हजार
निर्वाचन आयोगद्वारा सरकारले चुनाव सार्ने तयारी गरिरहेको सूचना नआएको प्रस्ट
संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको गृहकार्य सुरु
माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका सबैलाई 'बिनाविभागीय'
माओवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न राष्ट्रपतिको दलहरुलाई आग्रह
सुन तस्करीमा संलग्न भएको भन्दै रसुवाका कांग्रेस नेता मानबहादुर तामाङ पक्राउ
भूकम्पपीडितले छिमेकी जिल्लामा पनि घर बनाउन पाउने
खोटाङमा १४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी
विजयकुमार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित
सर्वोच्चद्वारा आफ्ना ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला
पूर्वी नेपालमा असोजमा भएका सवारी दुर्घटनामा परेर ४७ जनाले ज्यान गुमाए
सिन्धुपाल्चोकलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
५५ दलले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाए
प्रधानमन्त्री देउवाद्वारा माओवादीबाट नियुक्त मन्त्रीहरुलाई हटाइदिने संकेत
प्रदेश प्रमुखको सुविधा र भाषा आयोगसम्बन्धी विधेयक संसदमा पारित
प्रतिनिधिसभामा उम्मेदवारले बढीमा रु २५ लाख र प्रदेशसभा निर्वाचनमा बढीमा रु १५ लाख खर्च गर्न पाउने
संसद बैठकमा राष्ट्रियसभा गठन र चिकित्सा शिक्षा विधेयक पारित गर्न असफल