arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
समाज

विश्वका शक्तिशाली ७ महिलाtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन २५, बुधवार)

world news

आज ८ मार्च । अन्तर्राष्ट्रिय महिला दिवस । यसको सुरुवातचाहिँ सन् १९१७ बाट भएको थियो । रुसको पेट्रोगार्डमा सन् १९१७ मा यही दिन गलैँचा उद्योगका महिलाहरूले आफूमाथि भएका अन्यायविरुद्ध र महिलाले समान हक पाउनुपर्ने माग गर्दै र्या‍ली निकालेका थिए । त्यो र्या‍लीले पूरै सहर भरिएको थियो । यही नै रुसी क्रान्तिको सुरुवात मानिन्छ । लगत्तै यो दिन सोभियत रुसले सार्वजनिक बिदा दिने निर्णय गर्यो‍ । कम्युनिस्ट देशहरूमा ८ मार्चलाई महिला दिवसका रूपमा मनाउन थालेपछि सन् १९७७ देखि संयुक्त राष्ट्रसंघले यसलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मान्यता दियो । यही सन्दर्भमा अन्तर्राष्ट्रिय एजेन्सीहरूको सहयोगमा तयार पारिएको विश्वकै शक्तिशाली महिलाहरूबारे फिचर :

१. एन्जेला मर्केल, जर्मन चान्सलर
संसारका सबैभन्दा शक्तिशाली महिलाको सूचीमा मात्र होइन, शक्तिशाली नेताहरूको सूचीमै पर्छिन्, जर्मन चान्सलर एन्जेला मर्केल । ६२ वर्षकी मर्केल सन् २००५ मा पहिलोपटक जर्मनीको चान्सलरमा निर्वाचित भएकी थिइन् । त्यसपछि उनले लगातार दोस्रोपटक चान्सलरमा विजयी भइन् । सन् २०१३ मा तेस्रोपटक चारवर्षे कार्यकालका लागि उनी निर्वाचित भइन् । अहिले युरोपेली युनियन तथा युरोपेली अन्य मुलुक पनि मर्केलका कुरालाई गम्भीर रूपमा लिन्छन् । विश्वमा आर्थिक मन्दी तथा राजनीतिक विषय र आप्रवासीका विषयमा उनका विचार महत्वपूर्ण मानिन्छन् । उनले फिजिक्समा विद्यावारिधि गरेकी छिन् । फोब्र्स पत्रिकाले उनलाई सन् २०१५ मा पहिलोपटक विश्वकै शक्तिशाली महिलाको सूचीको एक नम्बरमा राखेको थियो ।

२. थेरेसा मे, बेलायती प्रधानमन्त्री
बेलायतकी दोस्रो महिला प्रधानमन्त्री थेरेसा मे अहिले विश्वका शक्तिशाली महिलाको सूचीको दोस्रो नम्बरमा छिन् । १३ जुलाईमा बेलायतमा भएको जनमतसंग्रहपछि डेभिड क्यामरुनले प्रधानमन्त्री पद छाडे । इयुमा रहने वा नरहने विषयमा भएको यो जनमसंग्रहमा नरहनेले जितेपछि डेभिडले राजीनामा दिएका थिए । त्यसपछि थेरेसासँग बेलायतलाई युरोपबाट छुट्याउने प्रक्रिया थालनी गर्ने चुनौतीलाई सामना गर्ने अवसर मिल्यो । त्यसो त सन् २०१३ देखि थेरेसा मे बेलायतकी आन्तरिक मामिलामन्त्री थिइन् । इयुबाट बेलायतको यो विछोडलाई मूर्त रूप दिन उनले लिएका कदम र उनले अन्तर्राष्ट्रिय विषयमा राखेका अडान र नयाँ कार्यनीतिको कार्यान्वयनका कारण उनलाई विश्वकै शक्तिशाली महिलाका रूपमा लिइन्छ ।

३. हिलारी क्लिन्टन, अमेरिकी राजनीतिज्ञ
सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग पराजित हिलारी क्लिन्टन अहिले पनि विश्वका शक्तिशाली महिलाको सूचीमा पर्छिन् । राष्ट्रपतीय निर्वाचनमा पहिलोपटक प्रमुख दलकी महिला उम्मेदवार बनेकी ६८ वर्षकी क्लिन्टन सन् १९९३ देखि २००१ सम्म अमेरिकी प्रथम महिला थिइन् । त्यति मात्र होइन, उनी बाराक ओबामाको राष्ट्रपतीय कार्यकालमा अमेरिकी विदेशमन्त्री पनि भइन् । अहिले पनि हिलारीका निकै धेरै फलोअर्स भएको र उनका अजेन्डामाथि विश्वमा बहस हुने, उनले महिला सशक्तीकरणमा विशेष भूमिका खेलेको भन्दै उनलाई फोब्र्स पत्रिकाले विश्वका शक्तिशाली महिलाको सूचीमा राखेको छ ।

४. मेलिन्डा गेट्स, अमेरिकी समाजसेवी
सन् १९६४ मा अमेरिकाको डल्लासमा जन्मिएकी मेलिन्डा गेट्स अमेरिकी समाजसेवी हुन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सकी श्रीमती मेलिन्डा पहिले माइक्रोसफ्टमै काम गर्थिन् । जब उनले पति बिलसँग मिलेर बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको सुरुवात गरिन्, त्यसपछि समाजसेवामा उनको प्रभाव निकै बढ्यो । सन् २०१४ मा यो संस्थाले २८ बिलियन अमेरिकी डलर अनुदानस्वरूप दिएको थियो । त्यसपछिका तीन वर्षमा पनि यो संस्थाले लाखौँको जीवनमा सकारात्मक परिवर्तन ल्याएकाले मेलिन्डालाई विश्वकै शक्तिशाली महिलाको सूचीमा राखेको फोब्र्स पत्रिकाले जनाएको छ । मेलिन्डाले पनि योबीचमा विश्वका चर्चित दर्जनभन्दा बढी सम्मान-पुरस्कार पाइसकेकी छिन् ।

५. आङ सान सु की, म्यानमारकी नेतृ
म्यानमारको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा बिर्सिनै नसकिने नाम हो, आङ सान सु की । सन् १९४५ मा जन्मिएकी सु की सन् १९८९ देखि २०१० सम्म नजरबन्दमा बस्न बाध्य भइन् । तर, उनले प्रजातन्त्रका लागि लिएको आफ्नो अडान छाडिनन् । म्यानमारमा प्रजातन्त्रको बहाली नहुँदै सु कीले नोबेल शान्ति पुरस्कार पाइन् । प्रजातन्त्रका लागि लामो समय योगदान गरेकी सु कीको दलले सन् २०१५ को नोभेम्बरमा भएको निर्वाचनमा अत्यधिक बहुमत ल्यायो । म्यानमारकी पहिलो महिला विदेशमन्त्री भएकी सु कीलाई म्यानमारमा ठूलो परिवर्तन ल्याउन सकेकोमा विश्वकै शक्तिशाली महिलामा लिइन्छ ।

६. जिना राइनहार्ट, अस्ट्रेलियाली व्यवसायी
जिना राइनहार्टलाई केही वर्षअघिसम्म कमैले चिन्थेँ । तर, जब उनी अस्ट्रेलियाका सबैभन्दा धनी व्यक्तिको शीर्ष सूचीमा परिन्, तब उनीबारे निकै चासोसाथ हेर्न थालियो । विश्वकै सबैभन्दा धनी व्यक्तिमा पनि पर्ने जिनाले गत वर्षसम्म पनि अस्ट्रेलियनलाई दैनिक दुई डलरमा काम गर्न अनुरोध गरिरहेकी हुन्थिन् । बर्सेनि एक बिलियन डलर सम्पत्ति बढाउँदै गएकी ५९ वर्षीया राइनहार्ट सिड्नीमा पढ्दापढ्दै विश्वविद्यालय छाडेर पर्थमा बाबुको काम सम्हाल्न पुगेकी थिइन् । त्यसयता उनले खानी उद्योग, मिडिया र अन्य क्षेत्रमा लगानी गर्दै आएकी छिन् ।

७. सेरिल कारा स्यान्डबर्ग, अमेरिकी प्रविधि व्यवसायी
सन् १९६९ मा अमेरिकामा जन्मिएकी प्रविधि कम्पनीकी कार्यकारी, अभियन्ता तथा लेखिका सेरिल कारा स्यान्डबर्ग निकै छोटो समयमा प्रगति गरेकी महिला हुन् । उनी अहिले सामाजिक सञ्जाल फेसबुककी प्रमुख कार्यसञ्चालन अधिकृत (सिओओ) हुन् र लिन इन फाउन्डेसनकी संस्थापक पनि हुन् । सन् २०१२ मा उनी फेसबुकको बोर्ड अफ डिरेक्टर्समा निर्वाचित भएकी थिइन् । त्यसो त फेसबुकमा जानुभन्दा पहिले पनि उनले आफ्नो क्षेत्रमा निकै राम्रो गरिसकेकी थिइन् । उनी सर्च इन्जिन गुगलमा काम गर्थिन् । सन् २०१२ मा नै उनलाई टाइम पत्रिकाले विश्वका सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
विराट गुथिले चिनिया साहित्यकारहरुलाई स्वागत गरियो
अब अर्घाखाँचीमा रात्रिकालीन समयमा होटल तथा रेस्टुरेन्टमा कडाई
ठाडामा अब देखि राती ९ पछि होटेल तथा रेस्टुरेन्ट बन्द, सवारी चेकजाचलाई तिब्र
डा. भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन केपी ओली अस्पताल पुगे
काठमाडौं उपत्यकामा तीन दिनभित्र पानीको चुहावट नियन्त्रण गर्न निर्देशन
अर्घाखाँचीका प्रभावशाली व्यक्ति - २०७४
अन्तरजातीय विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई सम्मान
पत्नीको हत्या गरी टाउको सहित आत्मसमर्पण
सप्तरीका बाढीपीडितले राहत पाएनन्, जनजीवन अस्तव्यस्त
सप्तरीका बाढी पीडित परिवार २५ हजार दिने घोषणा
सन्धिखर्क नगरपालिका ७ खाचिकोटमा कांग्रेसको प्यानल बिजयी
नेपालका अर्बपतिका छोराको बिहेमा चाँदीको मन्डप (फोटो फिचर)
न्युनतम ज्याला लागु नहुदा श्रमिक महिलालाई श्रम शोषण
नयाँ बर्ष २०७४ सालको हार्दिक शुभकामना
फेसबुकमा ज्वाई खोज्दै
संरक्षणमा चासो नदिँदा कोल बिस्थापित हुदै
न्यूनतम पारिश्रमिक लागु गर्न सरकारलाई दवाब
खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो
सवारी लाइसेन्समा नयाँ नियम वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने सिधै ट्रायल
संसारमै बन्दैन २४ क्यारेटको गहना, नेपालमा किन बेइमानी ?