arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
खेल

नेपाली राष्ट्रिय फुटबल टिमले फाइनलमा एएफसी सोलडारिटी कपको उपाधि जित्यो text size increase   text size decrease   Print    rss (२०७३ कार्त्तिक ३०, मंगलवार)


    नेपाली राष्ट्रिय फुटबल टिमले फाइनलमा मंगलबार मकाउलाई १ ० ले हराएर मलेसियाको कुचिङमा भएको एएफसी सोलडारिटी कपको उपाधि जितेको छ । महादेशीय प्रतियोगितामा नेपाल च्याम्पियन भएको यो नै पहिलो हो ।

विश्वकप २०१८/एसियन कप २०१९ को छनोटबाट बाहिरिएका देशहरुका लागि एसियाली फुटबल महासंघ (एएफसी) द्वारा आयोजित सोलिडारिटी कप नेपाली टिमले ११ महिनायता जितेको लगातार तेस्रो उपाधि हो । जनवरी, २०१६ मा राष्ट्रिय टिमले बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो भने नेपालको यू २३ ले फेब्रुअरीमा गुवहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक हात पारेको थियो ।

सरावक स्टेडियममा सुजल श्रेष्ठले २९ औं मिनेटमा गोल गरे । पेनाल्टी क्षेत्रमा अनमार्क  रहेका मिहिनेतसाथ भरत खवासले क्रस गरेको बललाई उनले हेडद्वारा पोष्टको दिशा दिएका थिए ।

खेलमा अधिकांश समय नेपालले बल नियन्त्रणमा राख्यो । सनरन्तर आक्रमण पनि गर्‍यो । तर, थप गोल भने गर्न सकेन । भरत खवासले १४ औं मिनेटमा सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल नजिकबाट बाहिरिएको थियो । अन्जनविष्टले २८ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट सशक्त रुपमा प्रहार गरेको बललाई मकाउका गोलपिकरले बाहिर फाले ।

पहिलो हाफको इन्ज्युरी टाइममा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । विक्रम लामाले सिक्स यार्ड बक्स बाट हेडद्वारा प्रहार गरेको बल पोष्टबमाथिबाट बाहिरिएको थियो ।

कान्तिपुरबाट

      

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
कपिलवस्तुको शिवगढीमा खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरु
अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयी
पहिलो पटक भारतलाई हराउँदै पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
रुपन्देहीमा दृष्टिविहिन क्रकेटको उपाधि लुम्बिनी एघारलाई
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित
पतंजली सुरशाला आइडल जुनियर को बिजेता आयुष के सी, पब्लिक चोइस अवार्ड को बिजेता र तेस्रो स्रजल महर्जन, दोस्रो प्रितम आचार्य, सुरशाला आइडल जुनियर दोस्रो संस्करण छिट्टै शुरु हुने
सपना र संघर्षले छोटो समयमै चम्किएको एउटा नाम हो:- सोमपाल कामी
इमर्जिङ कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा
नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजित
आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९ औ तिलोत्तमा गोल्डकपको उपाधि
कप्तान पारस खड्का सद्भावनादूतमा नियुक्त
रुसले आसन्न विश्व एथ्लेटिक्स च्याम्पियनसीपमा भाग लिन नपाउने
रोनाल्डो विश्वकै सर्वाधिक महंगा खेलाडी
अर्घाखाँची क्रिकेट एकेडेमी सन्धिखर्कले आयोजना गर्न लागेको प्रथम ए.सि.ए. क्रिकेट टुर्नामेन्टको तयारी तिब्र
माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ
सन्धिखर्कमा ए.सि.ए. क्रिकेट टुर्नामेन्ट हुने
नेपालले एसिया कप छनोट खेल्ने,कुवेत र ग्वाम फिफाको कारवाहीमा परेसँगै नेपालले पायो अवसर
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धुलावारीमा जारी जुडो विधामा नेपाल आर्मीको अग्रता
राष्ट्रिय खेलकुद प्रतियोगिताभर इटहरी जाँडरक्सी निषेधित क्षेत्र
रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सुरु