arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

ललितपुरमा महानगरपालिकामध्ये सबैभन्दा बढी मतदानtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड १, सोमवार)

 सर्वत्र चासो र उत्सुकता रहेको चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् ।

स्थानीय निकाय पुनःसंरचनापछि गठन भएका पोखरा लेखनाथ, ललितपुर, भरतपुरसहित काठमाडौं महानगरपालिकामा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता थियो ।

औसतमा महानगरपालिकामा कुल मतदातामध्ये ७५ प्रतिशतभन्दा बढीले आफ्नो मताधिकार प्रयोग गरेको देखिन्छ । यो पहिलो चरणमा सम्पन्न निर्वाचनमा खसेको कुल मतप्रतिशतभन्दा बढी हो ।

पोखरा महानगरपालिकामा मतदाता संख्या एक लाख ६८ हजार ६७ रहेकामा एक लाख २४ हजार छ सय १४ अर्थात् ७५.७४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो महानगरपालिकाकारुपमा रहेको सो महानगरपालिकामा कुल ३३ वडा निर्धारण भएका छन् । पोखरा महानगरपालिकाको जनसंख्या चार लाख १४ हजार १४१ रहेको छ ।

तराई-मधेसको एकमात्र चितवनस्थित भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ५० हजार दुई सय ७४ मध्ये एक लाख १२ हजार सात सय ४१ मतदाताले मतदान गरेका थिए । यो मतदाता संख्याको ७५.०२ प्रतिशत हो ।

कुल २९ वडा रहेको सो महानगरपालिकामा जनसंख्या दुई लाख ८० हजार पाँच सय दुई छ ।

मुलुकको पहिलो कामपामा मतदाता संख्या दुई लाख ७१ हजार दुई सय २१ रहेकामा निर्वाचनमा झन्डै ७० प्रतिशत मत अर्थात् करिब एक लाख ९० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

अन्य महानगरपालिकाको तुलनामा कामपाका बासिन्दाले कम मतदान गरेको देखिएको छ । कुल ३२ वडा रहेको कामपामा कुल जनसंख्या ९ै लाख ७५ हजार ४६३ छ ।

ऐतिहासिक तथा पर्यटकीय महत्वको ललितपुर महानगरपालिकामा कुल एक लाख १२ हजार ९ सय २३ मतदातामध्ये संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँ ८९ हजार दुई सय १४ मत खसेको थियो ।

चार महानगरपालिकामध्ये सबैभन्दा बढी अर्थात् ७९ प्रतिशत हो । २९ वडा रहेको सो महानगरपालिकामा पछिल्लो जनगणनानुसार दुई लाख ८४ हजार ९ सय २२ जनसंख्या छ ।

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन सम्पन्न भएका ३४ जिल्लाका २८१ स्थानीय तहमा ७३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।

चारै महानगरपालिकामध्ये ललितपुरमा आइतबार रातिदेखि र अन्यमा सोमबारदेखि मतगणना सुरु भएको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
खानेपानीको सास्ती भोग्दै आएका रुकुम मुसिकोटबासीले अब मुक्ति पाउने
५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङमा अनिश्चितकालिन आम हड्ताल
नारायणगढ-मुग्लिन सडकखण्ड पुनः रातिमा ६ घण्टा बन्द हुने
११ बुँदे मागसहित आन्दोलनरत नर्सको आन्दोलन चर्कियो
दाङमा प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै शुरु भएको आन्दोलन जारी
मापसेका कारण दुर्घटना र मृत्युदर दुवै बढ्यो
भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न पहल सुरु
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी
राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र
नारायणगढ-मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने
लुम्विनी क्षेत्रका सिमसारमा जल पंक्षी गणना सम्पन्न
भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्त
एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै पार्टी एकताको स्वरूप तयार गर्ने
बुद्ध जन्मस्थलको लुम्बिनीमा आउने पर्यटकको संख्या बढ्यो
काठमाडौंमा सवारी नियम उल्लंघन गर्ने एक हजार ६४० चालक कारवाही
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका र कार्यक्रम सार्वजनिक
नवलपरासीको दाउन्ने ओरालोमा पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु, सातजना घाइते
डोटीमा आह्वान गरिएको हडताल स्थगित
आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई प्रहरीद्दारा पक्राउ
http://go.oclaserver.com/afu.php?zoneid=1465736