arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
धर्म, समाज, संस्कृति

आज नवरात्रको आठौं दिन अर्थात् महाअष्टमीtext size increase   text size decrease   Print    rss (२०७३ आश्विन २३, आइतवार)

आज नवरात्रको आठौं दिन अर्थात् महाअष्टमी । आज दुर्गा भवानीको आठौंस्वरुप महागौरीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

गणेशकोरुपमा स्थापना गरिएको कलशकोछेउमा ९ ओटा स-साना ढुंगालाई नवदेवीका प्रतीमाकारुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

घटस्थापनाको दिन वैदिक परम्पराअनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा विधिपूर्वक पूजा-अर्चना गरिने भएकाले यसदिन शक्तिपीठ, दसैंघर अनि मन्दिरमा विशेष घुइँचो रहन्छ ।

आजैको मध्यरात अर्थात् नवमीको सुरुआतमा देवीहरुको विशेष पूजा-अनुष्ठान गरिन्छ ।

नवरात्रिभर माता दुर्गाका ९ रुप शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, कुष्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा-अर्चना गरिन्छ ।

यसदिन भद्रकालीको पनि विशेष पूजा-अर्चना गरिन्छ । शक्तिकी महास्वरुपा महागौरी र भद्रकालीस्वरुपको अनुष्ठान गरिसकेपछि बलि दिने चलन पनि छ ।

बलिमा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र बलि दिन नचाहनेहरुले कुभिन्डो, घिरौला आदि बलि दिन्छन् ।

यसदिन हनुमानढोकास्थित तलेजु भवानी मन्दिरको दसैं घरमा ५४ ओटा राँगा र ५४ ओटा बोकाको बलि दिने परम्परा पनि छ ।

काठमाडौ उपत्यका वरिपरिका शक्तिपीठहरु दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायतका मन्दिरमा पूजा-आराधना गरी बलि चढाउनेको घुइँचो हुन्छ ।

त्यसैगरी, सप्तरीको भारदहस्थित कंकालिनी देवी, छिन्नमस्ता मन्दिर, बाराको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, पर्सा जिल्लाको वीरगन्जस्थित विर्तामाई, गहवामाई, केहुनियास्थित विन्दवासिनीमाइ, अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिर, मोरङ जिल्लाको विराटनगरमा रहेको कालीमन्दिर, अछाम जिल्लाको मार्कुमा रहेको सान्नीकोट मन्दिरलगायतका देशभरका शक्तिपीठहरुमा पनि हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुराको बलि चढाइन्छ ।

काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चन्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतका मन्दिरमा पनि शक्तिरूपा भगवतीको पूजा-अर्चना गर्दै दुर्गा सप्तशती र देवीस्तोत्र पाठ पनि गरिन्छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
आज मातातीर्थ औंसी आमाको मुख हेर्ने दिन धुमधाम मनाईंदै
नयाँ वर्ष २०७४ को मुलुकभर भव्य स्वागत
हिन्दु जागरण नेपालले गर्यो पाल्पाको बराङ्ग्दी धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा
मौलिक संस्कृति जगेर्ना गर्न आव्हान: सत्यमोहन जोशी
ज्योतिष बिज्ञानको चमत्कार: कुन अक्षर भएका ब्यक्तिको कस्तो चरित्र ?
स्वस्थानी ब्रत आरम्भ
नयाँ वर्ष २०१७ को स्वागत
क्रिसमसमा सार्वजनिक विदा
आयुर्वेद ऋषि कमलानन्द अभिनन्दित
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै
हिन्दु जागरण नेपालकाे विषेश पशिक्षण कपिलवस्तुमा सम्पन्न
दिदी बहिनी संगि टिका कार्यक्रम सम्पन्न ।
आज भाईटिका ! दिदीबहिनीहरुद्धारा दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै
दोस्रो ठूलो चाड तिहार: यम पञ्चकको चौथो दिन हर्षोल्लासका साथ आज परम्पराअनुसार गोवर्धन पूजा गरिँदै
यमपञ्चकको तेस्रो दिन आज गाई तिहार, हर्षोल्लासका साथ धनधान्यकी देवी लक्ष्मीको पूजा, आराधना गरिंदै
यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार, देशभर कुकुरको पूजा गरी मनाइदै
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु ! आज काग तिहार
काठमाडौंले तिहारमा देउसी-भैलो कार्यक्रम राति १० बजेसम्म गर्न पाउने
दसैँको टीका थाप्न जानेहरुको देशभर चहलपहल जारी
बडादसैँ: आफ्ना मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिने क्रम जारी