arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि text size increase   text size decrease   Print    rss (२०७४ पौष २६, बुधवार)

world news


तेलआभिव इजरायल/“धर्म द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान” भन्ने मूल नाराका साथ धर्म रक्षार्थ बिशेष महाअभियानका साथ आगाडि बढिरहेको धार्मिक संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले श्री स्वस्थानी साङ्गे तथा महा-शिवरात्रि कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।
आगामी १६ फेब्रुअरी २०१८ शुक्रबारका दिन नेपालबाट बिशेष आमन्त्रित गुरुमाता भागवत वाचिका राधिका दासजीको उपस्थितिमा हुन गइरहेको उक्त धार्मिक कार्यक्रमको सम्पूर्ण पूर्व-तयारी सकिएको र कार्यक्रम हिन्दु धर्मालम्बीहरुको बिशेष धार्मिक पर्व श्रीस्वस्थानी तथा माहाशिबरात्रीको अवसरमा आयोजना गरिने, बृहत धार्मिक प्रवचन भएकोले इजरायलबासि सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाई तथा बिभिन्न धर्मालम्बीहरु हिन्दु, बौद्ध, किराँत, बोम्पो जो कोहीले पनि आध्यात्मिक लाभ लिन सकिने आयोजकले बताएका छन् ।

कार्यक्रममा गुरुमाता भागवत वाचिका राधिका दासजीका अत्यन्तै जिवनउपायोगी सु-मधुर बाणीद्वारा बृहत धार्मिक प्रवचन श्रवण गर्न सकिने छ, भने यसका साथै कार्यक्रममा प्रबचनको बीच-बीचमा मिठा-मिठा धार्मिक भजनहरु तथा नृत्य प्रस्तुत गरिने छ । कार्यक्रममा इजरायलका बरिष्ट भजन गायक शिशिर खनालको बाद्य-बादन सहितको टोलीको मिठा-मिठा भाजनहरुको प्रस्तुति पनि रहेको सस्थाकी सांस्कृतिक ब्यबस्थापक प्रमुख युरिना उपाध्यायले जानकारी गराउनु भएको छ ।
त्यस्सै गरि कार्यक्रमको भोलिपल्ट शनिबारका दिन गुरुमाताका साथमा इजरायलको रमणीय स्थलहरु मृतसागर लगायत बेत्लेखेम र कोतेलको भ्रमण राखिएको हुनाले भ्रमणप्रेमी मित्रहरुलाई यो ऐतिहासिक कार्यक्रममा सामेल भइ कार्यक्रमलाई सफल बनाउन हिन्दु जागरण परिवार हार्दिक आवहान गर्दछ ।
तेलअभिभको तखाना मार्कजित तेस्रो तला स्थित एभेरेष्ट क्लबमा साँझ ६ बजे देखि सुरु हुने उक्त कार्यक्रममा आयोजकले कार्यक्रमलाई भब्य बनाउन इजरायलमा हुनुहुने सम्पूर्ण इजरायलवासी मान्यजन तथा व्यक्तित्वहरु, सम्पूर्ण धार्मिक, सामाजिक तथा जातीय संघ-संस्थाहरु , अनलाइन मिडियाकर्मीहरु तथा इजरायलवासी सम्पूर्ण धार्मिक मनहरुमा सहयोग तथा सहकार्यका लागि हार्दिक अनुरोध समेत गरेको छ ।
भ्रमण स्थल बारेमा हाम्रा संचारकर्मी नयन सापकोटालाई सस्थाले यसप्रकारको जानकारी तथा सम्पर्क नम्बर उपलब्ध गरायको छ – मृत सागर , बेत्लेखेम र कोतेल भ्रमणका लागि सम्पर्क ।

नम्बरहरु :-१) ०५५-६६०८४१५ २) ०५४-७८५८७५२ ३) ०५५-९९१२६२५ ४) ०५८-६८१२०३५ ५,  ०५४-६७५५४५४

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
खाडि राष्ट्रमा काम गर्ने वास्तविक शोषित पिडित लाई सरकारले क्षतिपुर्ति दिनु पर्छ
भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाउने क्रम जारी, बेलायतमा ८२ ले शरण पाए
आत्महत्या गरी ज्यान गुमाएकी नेपाली महिलाको शब ३ महिना पछी नेपाल पुग्यो
यूएईमा विमोचन,कला प्रदर्शनका बिच भब्य साङ्गितिक मनोरञ्जन सहित १०१ औं देवकोटा जयन्ति मनाइने
लिबियामा १८ दिन देखी कामविहिन भएका ६७ नेपाली कामदार बन्धक
एन आर एन कुवैतले हिमालयन बैंकका कुवैत प्रतिनिधि शैलेन्द्रमान श्रेष्ठलाई कदर पत्रका साथ सम्मान र विदाई
चीनमा नेपालीहरुले हर्षोउल्लासका साथ दसैँ मनाए
साउदी अरेवियामा सोमवार भएको रेल दुर्घटनामा मारिने नेपालीहरुको नाम थाहा भएपनि ठेगाना खुल्न सकेन
पत्रकार थपलियाको उपचारार्थ यूएईबाट आर्थिक सहयोग
नेपाली जनप्रगतिशील मंच, यु.ए.ई.को आबुधाबी क्षेत्रीय भेला सम्पन्न
२ बर्षदेखि कुवेतमा अलपत्र परेकि नेपाली क्रिकेटटीमका उपकप्तानकि आमाको निबेदन दुतावासमा दर्ता
हङकङ प्रहरीको गोलीबाट मारिएका दिलबहादुर लिम्बूको हत्यालाई कानुनसम्मत भएको फैसला
यूएईंमा ह्र्दयघात बाट एक नेपालीको मृत्‍यु / सहयोगका लागि अपिल
समुद्री डाँकाको समस्याले अन्तर्राष्ट्रिय समुद्री ढुवानीलाई ठूलो क्षति, कानूनी सजाइँ दिनुपर्नेः संयुक्त राष्ट्र संघका महासचिव
सुरक्षित भविष्यको खोजीमा विदेशिएका नेपाली कामदार असुरक्षित, ११२ जना लिबियामा उद्धारको प्रतीक्षामा
http://go.oclaserver.com/afu.php?zoneid=1465736