arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

शितगंगा नगरपालिकाको जुकेना करापुकोटमा कालिका मन्दिरको उद्घाटन, पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड text size increase   text size decrease   Print    rss (२०७४ वैशाख ३०, शनिवार)

माधब न्योपाने

जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका-५ साविकको जुकेना गाविस-१ मा अवस्थित करापुकोटलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् । जिल्लाको दक्षिणी भेगमा अवस्थित उक्त क्षेत्रमा रहेको प्राकृतिक सौन्दर्य, धार्मिक स्थलहरु लगायतका कारणले उक्त क्षेत्र पर्यटकको लागि राम्रो सम्भावनाको रुपमा रहेको उनीहरुले बताए । 


बुधबार करापुकोटमा नवनिर्मित कालिका मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त क्षेत्रका स्थानीयवासी तथा त्यस क्षेत्रका राजनैतिक दलहरु समेतले उक्त क्षेत्रमा पर्यटकको राम्रो सम्भावना भएपनि प्रचार प्रसारको कमीले करापुकोट लगायत आसपासका क्षेत्रहरु ओझेलमा परेको निस्कर्ष समेत निकालेका हुन् । 

पछिल्लो समय सबैले राष्ट्रवादका नारा लगाउँदै हिँडने गरेपनि स्थानीय क्षेत्रको विकास र प्रबद्र्धनमा चासो नदेखाउँदा करापुकोट लगायत देशका थुप्रै पर्यटकीय क्षेत्रहरु ओझेलमा पर्दै गएका छन् । कपिलबस्तुको गोरुसिंगे देखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोडने कालोपत्रे सडकमा अवस्थित चाक्ला बजारदेखि १० किलोमिटर उत्तरी भेगमा रहेको करापुकोटमा एकै ठाउँमा विभिन्न देवी देवताहरुको मन्दिर भएका कारण सो स्थानमा गई आफ्नो चाहाना अनुसार बरदान मागेको खण्डमा पुरा हुने जनविस्वास रहेका कारणले सो क्षेत्रमा दर्शन गर्न जाने भक्तजनहरुको भिड लाग्ने गर्दछ । तर उक्त क्षेत्रको प्रचार प्रसार र संरक्षण हुन नसक्दा त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा उल्लेख्य मात्रामा विकास गर्न नसकिएको हो । 

करापुकोटमा विभिन्न धार्मिक स्थल तथा मठमन्दिरहरु रहेपनि तिनिहरुको संरक्षण, प्रबद्र्धन र स्तरोन्नती गरी प्रचार प्रसार गर्न नसक्दा सो क्षेत्र पछाडी परेको भनी स्थानीय युवाहरुको सक्रीयतामा मन्दिर निर्माण अभियान सुरुवात गरिएको थियो । 

विशेष गरी गाउँमा रोजगारीको अभावमा विभिन्न खाडी मुलुकहरुमा विदेशिएका युवाहरुले मन्दिर निर्माणको लागि आर्थिक संकलन अभियान भन्ने अभियान संचालन गरी करिब ५ लाख रकम संकलन गरेर करापुकोटमा कालिका मन्दिरको निर्माण गरिएको हो ।

 सोही मन्दिरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पुनर्निर्माण प्राधिकरणका उपसचिव डा. भीष्म कुमार भुषालले देशमा विद्यमान भ्रष्टाचारीको अन्त्य नहुँदा सम्म कुनैपनि क्षेत्रको विकासले फडको मार्न नसक्ने बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका भुषालले देशमा स्थानीय निकायको निर्वाचनको माहोलको बारे बोल्दै अव निर्वाचनमा उम्मेदवारी दिने जो कोहीलेपनि राज्यको ढुकुटीबाट विकासको लागि प्राप्त रकम एक पैसापनि हिनामिना गर्दैन भनेर सम्झैता गर्न सकेमात्र उक्त व्यक्तिले देशको विकासको बारेमा प्रगति गर्नसक्ने बताए । स्थानीय स्तरमा विकासको गतिलाई बढाउनको लागि अब विकट क्षेत्रबाट विकसित क्षेत्रतर्फ बसाईसराई नभई विकट क्षेत्रलाई नै विकसित क्षेत्रको रुपमा विकास गर्न सकेमात्र देश विकास हुने समेत बताए । जिल्लाको दक्षिणी भेगमा अवस्थित उक्त क्षेत्रमा हालसम्म विद्युतको अभाव रहेको कुरालाई मध्येनजर गर्दै उनले आफ्नो अबको पहिलो प्रथमिकताको रुपमा त्यस क्षेत्रमा बिद्युतको व्यवस्थापन गर्नु रहेको प्रतिबद्धता जनाए । 


कार्यक्रममा सहभागि विभिन्न राजनैतिक दलहरुलेपनि अब स्थानीय स्तरमा लुकेर रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्न नसके देश विकास गर्छु भनेर स्थानीय जनताहरुलाई भ्रम छर्न नहुने बताएका थिए । 

कार्यक्रममा नेपाली कांग्रेसका नेता छविलाल पौडेलले जति आदर्शका कुरा गरेपनि स्थानीय स्तरको विकासमा नलागे अब देश विकास सम्भव नभएको स्वीकार गरे । नेकपा माओवादी केन्द्रका नेता मणिराम अधिकारीले देशमा व्याप्त भ्रष्टाचारको अन्त्य गरी स्थानीय स्तरको विकासमा सबै मिलेर लाग्नुपर्ने बताए । उनले अब संस्थाको बजेट खल्तीमा हैन खल्तीको बजेट संस्थामा हाल्न सक्ने व्यक्तिले स्थानीय स्तरको विकासमा जिम्मेवारी लिनुपर्ने बताए । 

उक्त क्षेत्रमा जिर्ण अवस्थामा रहेका दर्जनौं मन्दिरहरुको पुनर्निमाण गर्ने उद्देश्यले सुरुवात गरिएको उक्त अभियानमा सुरुमा कालिका मन्दिरको निर्माण गरिएपनि अब बिस्तारै त्यहाँ अवस्थित मालिका मन्दिर, शिब मन्दिर, भुमिकामाई लगायतका मन्दिरहरुको निर्माण गरिने मन्दिर निर्माणका लागि आर्थिक शंकलन अभियानका संयोजक पिताम्बर पाण्डेले बताए ।

कार्यक्रममा आर्थिक संकलन अभियानका संयोजक पिताम्बर पाण्डेले आम्दानी र खर्च विवरण प्रस्तुत गरेका थिए । 

Photo8
जुकेना स्थित थारपाइलामा निर्माण हुँदै गरेको सिमल पोखरी चैतारो । तस्बिर: छुमन भट्टराई

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
गाउँ - गाउँमा पैदल हिडेर भाेट माग्दै बाम गठबन्धन अर्घाखाँचीका उम्मेद्द्वार चेतनारायण आचार्य
अन्तत अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाले बाम गठबन्धनका उम्मेद्धार टोपबहादुर रायमाझीलाई भोट हाल्ने
खिदीम र भगवतीमा कांग्रेसको चुनावी सभा सम्पन्न, कांग्रेसले चुनाव जित्दा सबै नेपालीको जित हुने पुष्पा भुसालको भनाई
सन्धिखर्क नगरपालीकामा रहेका स्वास्थ्य संस्थाहरुमा अब औषधी अभाव नहुने
सन्धिखर्कको शान्ति बगैचाको सार्वजनिक शौचालय र सडक बिजोग, नेताहरुको चुनाव जित्न चिल्ला गफ र खोक्रा भाषण मात्र
अर्घाखाँचीमा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिए (भिडियो-तस्बिर सहित)
कांग्रेसको चुनाव प्रचार प्रसार कार्यक्रम १ को अर्घातोष, भगवती र २ को नरपानीमा सम्पन्न
वामगठबन्धनको वाङ्गलामा वामगठबन्धनको चुनावी सभा सम्पन्न (तस्बिर सहित)
वाम गठबन्धनद्वारा मालारानी ८ मा चुनावी प्रचारमा तिव्रता (तस्बिर सहित)
अर्घाखाँचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेसलाई समर्थन गर्ने
सिद्धाराका मतदाता मंसिर २१ गते हुने चुनावको अघिल्लै दिन मतदान केन्द्र पुग्ने तयारीमा
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कले मार्सिक शुल्क बृद्धि फिर्ता नगरे विधार्थीहरुले आल्दोलन गर्ने
वाम गठबन्धनको मालारानी ४ मा महिला-युवाको चुनावी भेला सम्पन्न
छत्रदेव गाउंपालिकाको वार्ड नं १ र नुवाकोटको लम्चीमामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
भुमिकास्थान नगरपालिकाको नुवाकोट गनेरिबोट कमलीपोखरामा जीप दुर्घटना, १४ जना घाइते (तस्बिर र घाइतेको नामावली सहित)
अर्घाखाँचीमा तपाईंको मतदान केन्द्र कहाँ पर्‍यो, मतपत्र यस्तो हुनेछ (सम्पूर्ण विवरण सहित)
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक उत्सव तथा स्थापना दिवस सम्पन्न
पणेना र अर्घामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
कांग्रेस अर्घाखाँचीको चुनावी प्रचारप्रसार कार्यक्रम २ को खिल्जी, असुरकोट र १ को ठुलापोखरामा सम्पन्न
मतदाता रिझाउन नेताहरु गाउँगाउँमा, वाम गठवन्धनको चुनावी सभा बाँगीको गुराँसे, भण्डार र आरुखोर सम्पन्न (तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736