arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रीका भ्रमण खर्च भुक्तानी रोक्काtext size increase   text size decrease   Print    rss (२०७४ पौष १९, बुधवार)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारका उपप्रधानमन्त्रीसहित सबै मन्त्रीको भ्रमण तथा अनुगमन खर्चवापतको भुक्तानी रोक्का गरेको छ ।

प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुको भ्रमण बिल भुक्तानी रोक्का गरेपछि कार्यालयको आर्थिक प्रशासन शाखामा तीन सातादेखि झण्डै पाँच दर्जन मन्त्रीहरुको भ्रमण बिलको खात लागेको छ ।

रकम सकिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मन्त्रीहरुको भ्रमण खर्च भुक्तानीका लागि भन्दै अर्थ मन्त्रालयसँग एक करोड माग गर्दै पत्र पठाएको छ । तर, अर्थ मन्त्रालयबाट रकम नआएकाले मन्त्रीहरुले तीन सातादेखि भुक्तानी पाउन नसकेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले मन्त्रीहरुको भ्रमणवापत विनियोजन गरेको रकम सकिएकाले अर्थसँग रकम माग गरिएको जानकारी दिए । अर्थबाट रकम आउनासाथ भुक्तानी प्रक्रिया थालिने उनले बताए ।

प्रधानमन्त्री कार्यालय लेखा शाखाका अनुसार चालु आर्थिक वर्ष २०७४/०७५ का लागि मन्त्रीहरुको भ्रमण तथा अनुगमन शीर्षकमा एक करोड ३० लाख विनियोजन गरिएको थियो । एक वर्षका लागि उक्त रकम विनियोजन गरिएको भए पनि शेरबहादुर देउवा नेतृत्वमा ६४ मन्त्री रहेकाले अत्यधिक खर्च भई चारै महिनामा सो रकम सकिएको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
अदुवा निकासी ठप्प भएपछि इलामका अदुवा उत्पादक किसान मर्कामा
कालिकोटमा भाइरल ज्वरोको महामारी
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस-मधेसी गठबन्धन तालमेल प्रयास
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सात प्रदेशमा मतदाता नामावली प्रकाशित
प्रदेश नम्बर १ को राजधानी नतोकेको भन्दै धनकुटा कांग्रेसका सबै पदाधिकारीले दिए राजीनामा
दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द फिर्ता
बुटवल टुडेले मनायो छैठौं बार्षिक उत्सव, स्थानिय तहको छ महिना अन्तरसंवादा, उत्कृष्ठ संवादादाता र कर्मचारी पुरस्कृत
खानेपानीको सास्ती भोग्दै आएका रुकुम मुसिकोटबासीले अब मुक्ति पाउने
५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङमा अनिश्चितकालिन आम हड्ताल
नारायणगढ-मुग्लिन सडकखण्ड पुनः रातिमा ६ घण्टा बन्द हुने
११ बुँदे मागसहित आन्दोलनरत नर्सको आन्दोलन चर्कियो
दाङमा प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै शुरु भएको आन्दोलन जारी
मापसेका कारण दुर्घटना र मृत्युदर दुवै बढ्यो
भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न पहल सुरु
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी
राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र
नारायणगढ-मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने
लुम्विनी क्षेत्रका सिमसारमा जल पंक्षी गणना सम्पन्न
भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्त
http://go.oclaserver.com/afu.php?zoneid=1465736