arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
साहित्य

प्रधानमन्त्रीले भने स्थानीय निर्बाचन थाल्नुस , आयोग भन्छ राजनीतिक समझदारी र निर्वाचन कानुन दिनुहोस्text size increase   text size decrease   Print    rss (२०७३ भाद्र ६, सोमवार)

प्रधानमन्त्री पुष्पकमल दाहालले चैतमा स्थानीय चुनाव गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसहित

आयोग कार्यालय पुगेका दाहालले पदाधिकारीसँग स्थानीय चुनावबारे संक्षिप्त छलफल गरेका हुन् । हामीले तीनै तहको

निर्वाचनका लागि भइरहेको तयारीबारे जानकारी गरायौं, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने ।

प्रधानमन्त्रीले निर्वाचन गर्न आवश्यक राजनीतिक समझदारी निर्माण र कानुन छिटो उपलब्ध गराउने वचन पनि दिएको

यादवले बताए  ।

प्रधानमन्त्रीले आयोगका पदाधिकारीलाई भेटेर निर्वाचन तयारी थाल्न आग्रह गरे पनि सरकार आफैंले गर्नुपर्ने तयारीको

आधारभूत काम भने गरिसकेको छैन । संविधानमा साविक स्थानीय निकायमा अन्तरिम निर्वाचन गर्ने प्रावधान भए पनि

दलहरूबीच कहिले र कस्तो चुनाव गर्ने भन्नेमा विवाद छ ।

मंसिरमा साविक स्थानीय निकायको अन्तरिम चुनाव गर्ने पूर्ववर्ती सरकारको प्रस्ताव अस्वीकार गर्दै तत्कालीन प्रमुख

प्रतिपक्षी कांग्रेसले स्थानीय तहको छिटो पुन:संरचना गर्ने र नयाँ प्रावधानअनुरूप चुनाव गर्नुपर्ने अडान राखेको थियो ।

माओवादी कांग्रेस गठबन्धनमा दाहाल नेतृत्वको सरकार गठनपछि आगामी चैतमा चुनाव गर्ने प्रतिबद्धता व्यक्त गरिएको

छ । तर चुनाव साविक स्थानीय निकायका लागि अन्तरिम गर्ने कि नयाँ संरचना अनुसारको गर्ने भन्नेमा सरकार आफैं

अन्योलमा छ ।

आयोगका पदाधिकारीसँगको भेटमा दाहालले निर्वाचनको सैद्धान्तिक कुरा मात्रै गरेको छलफलमा सहभागी एक

अधिकारीले बताए । आयोगका अनुसार निर्वाचन सम्पन्न गर्न सामान्य मतदानको मितिभन्दा चार महिनाअघि निर्वाचन

कानुन र अन्य आवश्यक पूर्वाधार तयार भइसक्नुपर्छ । निर्वाचन आयोगले केही कानुनको मस्यौदा तयार गरे पनि

सरकारले त्यसलाई अन्तिम रूप दिने, सदनमा पेस गर्ने जस्ता आधारभूत प्रक्रिया अघि बढाएको छैन । आयोगले

प्रदेशसभामा पिछडिएका क्षेत्र र स्थानीय तहमा अल्पसंख्यकको प्रतिनिधित्व गराउने संवैधानिक व्यवस्था भए पनि

प्रदेशको पिछडिएका क्षेत्र र अल्पसंख्यकको परिभाषा नभएको विषयमा राजनीतिक समाधान खोज्न पनि प्रधानमन्त्रीको

ध्यानाकर्षण गराएको छ ।


राजनीतिक अस्थिरता र खिचातानीका कारण २०५४ पछि स्थानीय चुनाव भएको छैन । १८ वर्षको उमेरमा मताधिकार

पाउने संवैधानिक प्रावधानअनुरूप अन्तिम निर्वाचनपछि जन्मेका नागरिकसमेत वयस्क भएका छन् । त्यतिबेला केही

महिना वा दिनले १८ वर्ष उमेर नपुगेका कारण मतदान गर्ने अवसर नपाएका बालिगले ३५/३६ वर्ष उमेर पुग्दा पनि

आफ्नो नजिकको जनप्रतिनिधि चुन्ने/चुनिने आधारभूत लोकतान्त्रिक अधिकार प्रयोग गर्न पाएका छैनन् ।


आयोगका पदाधिकारीले स्थानीय निकाय पुन:संरचनाको काम असोजभित्रै सम्पन्न भएमा मात्रै चैतमा चुनाव गर्न सकिने

धारणा राखेको स्रोतले जनाएको छ । यसअघि आयोगले प्रमुख दलका प्रतिनिधिलाई डाकेर स्थानीय तहसहित तीनै

तहको निर्वाचनका लागि संविधान संशोधनको मस्यौदासमेत प्रस्ताव गरेको थियो ।

आयोगले आफ्नो प्रस्तावप्रति दलका नेताहरू सकारात्मक नपाएपछि थप प्रक्रिया अघि बढाएको छैन । निर्वाचनसम्बन्धी

कानुन मस्यौदाको क्षेत्राधिकार गृह मन्त्रालयको भए पनि त्यसतर्फ उसले कुनै तदारुकता देखाएको छैन । प्रधानमन्त्री

दाहालसमक्ष आयोग पदाधिकारीले निर्वाचन कानुनका ५ वटा मस्यौदा बुझाइसक्दा पनि गृह मन्त्रालयले रेस्पोन्स नगरेको

गुनासो गरेको स्रोतले जनाएको छ । पूर्ववर्ती सरकारमा समेत दाहालकै दलका गृहमन्त्री थिए । आयोगले डेढ प्रतिशत

थ्रेसहोल्डको प्रावधानसहित प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन संशोधन विधेयकको मस्यौदा गृहलाई बुझाएको थियो

।कान्तिपुरमा समाचार छ ।

           

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
रैछ (गज़ल)
"मेरो आग्रह"
लागेको छ (गज़ल)
म लड्न तयार छु |
रहेछ (गजल)
बाटाहरु (गजल)
कोमल/ गज़ल
फेस्बुके पिरती
रोइरहेको मेरो देश
भन्छ (गजल)
म चाहन्छु
परदेशी
सिट नम्बर १८ र १९ (कथा)
अमृत सम्झियर पिउन खोज्दा............
अनि सरकार, मैले कसरी मानु यो संघियता ? (कविता )
साथी (गज़ल)
रोएँ (गज़ल)
खबर लेख्नु ल ( गजल)
कोरियाबाट भाईको दिदीलाई पत्र
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको चुनावमा धाँधली