arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

भुमिकास्थान ३ ले आगामी वर्षको मंसिर १५ मा पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा गर्ने text size increase   text size decrease   Print    rss (२०७४ पौष २८, शुक्रवार)

world news

प्रेम खडका

भूमिकास्थान । पुर्ण सरसफाइ अभियानले लिन थाल्याे स्वस्थ प्रतिष्पर्धा, वडा नं ४ लाई उछिन्ने लक्षयका साथ भुमिकास्थान नपा वडा नं ३ ले ताेक्याे लक्ष्य । २०७५ मंसिर १५ मा पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा गर्ने । प्रमुख अथितिलाई वडा अध्यक्षले दिनु भयाे अाजै निम्ता । 

भुमिकास्थान नगरपालिका वडा नं ३ स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिकाे अायाेजनामा ग्लाेबल सेनिटेसन फण्डयु एन हेविटाटकाे सहयाेगमा प्रकाश सचेतन समुहकाे सहजीकरणमा  पाैष २५ गते गाैरी अाधारभूत विद्यालय परिसरमा सञ्चालन गरिएकाे खानेपानी,सरसफाइ तथा स्वच्छता याेजना ( वष प्लन्) तर्जुमा कार्यशालामा उपस्थित ७० जना सहभागीहरूले उक्त लक्ष्य ताेकेका हुन् । 

वडा अध्यक्ष एवं वडा स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिका  अध्यक्ष बालकृष्ण बञ्जाडेकाे अध्यक्षतामा कार्यशाला सञ्चालन गरिएको हाे । कार्यक्रममा प्रमुख अतिथि यु एन हेविटाटका अर्घाखाँची जिल्ला संयाेजक बिष्णु दवाडीले पुर्ण सरसफाइ सम्बन्धमा र याेजना तर्जुमा सम्बन्धि प्रशिक्षण गर्दै विगतमा हाशिल गरेका चारवटा उपलब्धिप्रति गर्व गर्दै एकजुट भएर पुर्ण सरसफाइ अभियानमा लाग्नुपर्ने बताउनुभएको थियाे । 

"पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा र दीगाेपन हाम्राे सराेकार सुरक्षित खाना- पानी स्वस्थकर अानीबानी हामी जिम्मेवार " भन्ने नारा तय गरेकाे छ । 
कार्यशालामा चार समूह विभाजन गरि वडा तथा विद्यालयकाे खानेपानी,सरसफाइ र स्वच्छताकाे वर्तमान अबस्था र सुधार गर्नु पर्ने पक्षहरू, पुर्ण सरसफाइ अभियानमा अाउनसक्ने चुनाैतिहरू र त्यसकाे समाधान गर्ने उपायहरू, लक्ष्य, नारा, उदेश्य, रणनीति तथा कार्य नीति सम्बन्धमा समूह कार्य गरि प्रस्तुति गरिएको थियाे । 

त्यसैगरि पुर्ण सरसफाइ अभियान अन्तर्गत सञ्चालन गर्नु पर्ने कृयाकलापहरू सम्बन्धि कार्य याेजना समेत तयार पारिएको थियाे । 
माघ महिनाभित्रै वष प्लन र सरसफाइमा अाचारसंहिता तयार पारेर कार्यन्वयन गर्ने निर्णय भएकाे छ । 

टाेल, बिद्यालय सबैकाे प्रयाशमा अभियान सञ्चालन गरिने भएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सिद्दारामा माओवादीद्दारा द्धन्दकालमा कव्जा गरिएको जग्गा फिर्ता, पिडीतद्धारा गुनासो
अर्घाखाँचीको ठाडामा ट्टिप्परको ठक्करवाट मोटरसाईकलमा सवार एक वृद्धको मृत्यु
अर्घाखाँचीका हरेक गाउँमा घरैपिच्छे विमा गर्नेहरुको सख्या बढदै
अर्घामा प्रहरीले ६० किलो सुगन्धवाला सोमेलता नामको जडीबुटी बरामद
नयाँ संविधान सम्बन्धी एमालेको अवधारणा विषयक कार्यक्रम सन्धिखर्कमा सम्पन्न
जिल्ला बिकास समिति अर्घाखाँचीको आयोजनामा नेत्रहिन तालिम सुरु
ब्राम्हण समाज नेपाल अर्घाखाँचीको आयोजनामा पाणेना ब्राम्हणहरुको भेला सम्पन्न
नेपाल रेडक्रस सोसाईटि उपशाखाको दोस्रो अधिवेशन अर्घाखाँची-किमडाँडामा सम्पन्न
माछापुच्छ्रे महिला बिकास सस्था अर्घाखाँची डिभर्नाको तेस्रो साधारण सभा सम्पन्न
मानव अधिकारका लागि एकल महिला विषयक कार्यक्रम अर्घाखाँचीको डिभर्नामा सम्पन्न
माओवादी किमडाडा अर्घाखाँचीको आयोजनामा पकलेमा भेला-प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपाल लेखापढी कानुन व्यवसाय एशोसिएसन अर्घाखाँचीको जिल्ला अधिवेसन सम्पन्न
अर्घाखाची जिल्लामा फैलियो मोटरबाटो,ढाकावाङ- ३ मा ४ किलोमिटर कच्चीबाटो निर्माण
बुटवलमा मोटरसाइकल-जीप जुद्दा अर्घाखाँची ठुलापोखराका सन्दिप राना गम्भीर घाइते
अर्घाखाँचीको पाली गाविस स्थीत बेङ्गदी खोलामा डुबेर ३ बालीकाको मृत्यु
अर्घाखाँचीको नुवाकोटमा आगालागी,लाखौको क्षती
अर्घाखाँचीको ढाकावाङ गाबिसमा बन्दैछ उच्च मावी
नेपाल विधार्थी सघं जनज्योती माबी अर्घाखाँचीको आयोजनामा श्रद्धान्जली सभा सम्पन्न
अर्घाखाँचीको सिद्धारा गाविसमा हुलाकबाट पठाएको चिठी पुग्न एक महिना
जिल्ला प्रशासन अर्घाखाँची र विधार्थीहरुबीच यातायात भाडा सम्बन्धी वैठक सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736