arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

शितगंगा सेवा समाजद्वारा बरे र सिद्दारामा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)

अम्बिका श्रेष्ठ

सिद्दारा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  शितगंगा  शितगंगा सेवा समाजले  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका २ वटा विद्यालयमा  कम्प्युटर  हस्तान्तण गरेको छ । 'सुशासन समृद्धि र ऐकवद्धता समाज सुधार हाम्रो प्रतिवद्धता' भन्ने नारा तय गरेर समाज सामाजिक कार्यमा संलग्न बन्दै आएको छ ।


शितगंगा नगरपालिकाको सिद्धारामा रहेको जनजागृति माविलाई ८ थान कम्प्युटर, एक थान प्रिन्टर र सुवोधनी मावि वर्रेलाई पाँच थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरिएको हो । दुइ विद्यालयमा सात लाखको लागतमा कम्प्युटर र प्रिन्टर वितरण गरिएको समाजले जनाएको छ ।


राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका उपसचिव भिष्मकुमार भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक तथा सितगंगा नगरपालिकाका नगर शिक्षा अधिकारी माधव वञ्जाडे, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका जिल्ला संयोजक कुशल भुसाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव पौडेल, संस्थाका मिडिया संयोजक अम्बिका श्रेष्ठ, सहयोग दाता पदम थामी, विद्यार्थी सावित्रा भुसालले मन्तव्य  राख्दै कम्प्युटरको प्रयोग र संरक्षणमा जोड दिएका थिए । 


 कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि भुसालले विदेशमा कमाएको रकम आफ्नो गाउँ ठाउँमा समाजिक कार्यमा खर्च गरेकोमा युवाहरुलाई धन्यवाद दिए  । उनले समाज परिवर्तनमा युवाहरुको ठूलो हात रहने भन्दै आगामी दिनमा पनि यसरी नै समाजिक कार्यमा लाग्न उनीहरुलाई आग्रह गरे । 'युवाहरुको यो कार्य निकै प्रशंसनिय छ’ उनले भने, 'अब स्वदेशमा रोजगारी गर्नेहरुले युवाहरुबाट सिको गर्नु जरुरी छ ।' उनले सामाजिक कार्य सबै क्षेत्रको  तत्परता रहे समाज परिवर्तन हुन धेरै समय नलाग्ने बताए ।


जनजागृति माविका प्रधानध्यापक रोमाखर वञ्जाडेले कम्प्युटरको प्रयोगले विद्यार्थीहरुमा प्राविधिक ज्ञानको वृद्धि हुने विश्वास लिए । 'कम्प्युटर पाएपछि  शिक्षक र विद्यार्थीमा खुसीयाली छाएको छ' उनले भने, 'अब छिट्टै कम्प्युटर सिकाइका कक्षाहरु सञ्चालन गर्छौं ।' उनले कम्प्युटरहरुको संरक्षणमा विशेष ध्यान दिने बताए । सो क्षेत्रमा विद्युत छैन । सोलारबाट कम्प्युर प्रयोगमा ल्याइदै छ । 


संस्थाका संयोजक विष्णु पौडेलले अहिलेको परिस्थितिमा  कम्प्युटर ज्ञान अनिवार्य नै भइसकेकाले विद्यालयको आवश्यकतालाई ध्यानमा राखेर कम्प्युटर वितरण गरिएको बताए । 'कम्प्युटरको ज्ञान विना  जुन सुकै क्षेत्रमा पनि सफलता हासिल गर्न नसक्ने अवस्था  बनेको छ' उनले भने, 'विद्यार्थीहरुले विद्यालय तहबाटै कम्प्युटरमा दक्षता हासिल गरुन भन्ने उद्देश्यले  अभियान सञ्चालन गरेका हौं ।' संस्थाका वरिष्ठ उपाध्यक्ष महेन्द्र क्षेत्रीले विस्तारै अन्य विद्यालयमा पनि कम्प्युटर हस्तान्तरण गर्दै लैजाने  योजना रहेको जानकारी दिए । कार्यक्रममा सहयोग दाताहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
एमाले पाणिनी गाउँपालिकाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा भूकम्पबाट क्षतिको विवरणमा १ हजार ३६ घरको तथ्यांक रहे पनि त्यो वास्तविक छैन:- भिष्मकुमार भुसाल
अर्घाखाँचीमा तिहार भन्दा चुनाबको चहलपहल बढि
एमाले सन्धिखर्क विशेष नगर समन्वय कमिटिको अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
पाणिनी गाउँपालिकाको पणेनामा पुर्ण सरसफाई कार्यक्रम सम्पन्न
पाणिनीको खिदीम फागुन मसान्त सम्म पुर्ण सरसफाइयुक्त वार्ड घोषणा हुने
अर्घाखाँचीमा दोस्रो ए.सिए. क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु (तस्बिर सहित)
राष्ट्रिय जनमोर्चाद्धारा अर्घाखाँचीमा बि.सी केन्द्रिय सभा,के.सी.र थापा प्रदेश सभाको उम्मेद्धारमा छनोट
बिश्व हात धुने दिवस अर्घाखाँचीभर बिभिन्न कार्यक्रम गरि सम्पन्न
सामुदायिक रेडियो अर्घाखाँचीमा १४ बर्षे चुंदाली बन्नुभयो एक दिने रेडियोकर्मी
सन्धिखर्कका युवा राहदानी सिरानीमुनि राखेर कृषिकर्ममा जुटे
अर्घाखाँचीमा पटका पडकाउने पाँच जना पक्राउ
बाघ खोज्न सेना र प्रहरी ढिकुरा र खाँचीकोटका जंगलमै बास
तरुण दलले अर्घाखाँची काठमाडौं सम्पर्क समितीको प्रथम भेला सम्पन्न, अध्यक्षमा अर्जुन पोख्रेल
कांग्रेस अर्घाखाँचीले क्षेत्र नम्बर २ बाट प्रदेश सभाका लागि प्रत्यक्षमा नेतृ कमला आचार्यको नाम सिफारिस गरेपछि महिलाहरु उत्साहित
अर्घा भगवती क्ल्बद्दारा मसुरपाटामा आयोजित क्रिकेट प्रतियोगितामा UACC अर्घा क्ल्बको सानदार जित (तस्बिर सहित)
सन्धिखर्कको अर्घा बेल्टारिमा भैरब नाच सम्पन्न (भिडियो -तस्वीर सहित )
सन्धिखर्कको घोचेखोलामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
मालारानीको खनमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न
मैदानका हरिप्रसाद भट्टराई सन्धिखर्कबाट बेपत्ता भएको लामो समयसम्म पनि फेला नपरेपछि सेना र प्रहरी परिचालन (भिडियो, तस्बिर सहित)