arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

गोरखामा अनुदानबाट २,६६४ भूकम्प प्रतिरोधी घर निर्माण सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)

सरकारले दिएको अनुदान लिएर गोरखामा दुई हजार ६६४ ओटा भूकम्प प्रतिरोधी घरको निर्माण सम्पन्न भएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख शिव पौडेलका अनुसार ६१ हजार लाभग्राहीमध्ये ५४ हजार ६२७ जनाले पहिलो किस्ता अनुदान बुझिसकेका छन् ।

यस्तै, नौ हजार ६९३ जनाले दोस्रो किस्ता रकम तथा दुई हजार ६६४ जनाले तेस्रो किस्ता रकम बुझेका छन् । अनुदान बैंकमार्फत वितरण गरिएको हो । पौडेलका अनुसार भूकम्पले क्षति पुगेका घर मर्मत गर्न दुई हजार १९ जनाको नाम आएको छ । प्रबलीकरणका लागि एक लाख रुपैयाँका दरले भूकम्पपीडितले अनुदान रकम पाउँछन् ।

यस्तै, १० हजार जनालाई दोस्रो किस्ता रकम उपलब्ध गराउने तयारी भएको छ भने दुई हजार ३३८ जनालाई तेस्रो किस्ता दिन सिफारिस गरिसकिएको छ । गैरसरकारी संस्थाले पनि गोरखाका जौवारी, पन्द्रुङलगायत गाउँमा घर बनाउन अनुदान दिएका छन् ।

पुनःनिर्माण प्राधिकरणले बिहीबार गोरखामा आयोजना गरेको गुनासो व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै पौडेलले ६ हजार ४१० जना डकर्मी उत्पादन गर्ने लक्ष्य लिइएकामा अहिलेसम्म पाँच हजार १०३ जना दक्ष डकर्मी उत्पादन भएको जानकारी दिए । यिनीहरुलाई सात दिनको तालीम दिइएको थियो ।

५० दिने तालीम दिएर चार हजार ५५१ जना कामदार उत्पादन गर्ने भनिए पनि अहिलेसम्म दुई हजार ९४ जनालाई मात्रै तालीम दिइएको छ । साथै, एघार ओटा स्थानीय तहमा ३९५ ओटा नमूना भूकम्प प्रतिरोधी घर बनाउने भनिएकामा अहिलेसम्म जम्मा ९४ ओटामात्रै घर बनेका छन् ।

गोरखा जिल्लाभर ११ हजार ४२४ जनाले आफ्नो घर भत्किए पनि अनुदान नपाएको गुनासो गरेका थिए । उनीहरुको घर भत्किएको हो वा होइन यकिन गर्न इन्जिनियरको टोली गाउँमा परिचालन गरिएको छ । सात हजार ४२४ जनाको घर पुनःसर्वेक्षण गरिसकिएको प्राधिकरणले जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतहरु सहभागी छन् । । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सरकारविरुद्ध मोर्चाबन्दी गरिरहेका कांग्रेस-एमालेसहितका दलहरुले सरकार विरोधी आन्दोलनको तयारीलाई तिव्र
नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २२ जना घाइते
प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिने संकेत, समयमै चुनाव सम्पन्न हुने दाबी
माओवादीसहित सरकार समर्थित १९ दलले सहकार्यलाई कायम राख्दै विभिन्न क्षेत्रका प्रतिनिधिसँग अन्तर्क्रिया, देशव्यापी सभा गर्ने
काठमाडौंबाट हेटौडा जाँदै गरेको पिकअप भिरमा खस्दा वैदेशिक रोजगार प्रवर्द्धन वोर्डका कार्यकारी निर्देशकको निधन
काँग्रेसका ६१ जना पूर्व सभासद्हरुद्धारा संविधानसभा पुनस्थापनाको माग
कास्कीका पूर्व सभासद् संविधान निर्माण गर्न नसकेकोमा ग्लानि लागेको बताउँदै आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा
मोहन बैद्यले नयाँ पार्टी खोल्ने तयारी गरिरहेको बेला माओवादी पुष्पकमल दाहालद्धारा एकताका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको भनाइ
मोहनविक्रम सिंहद्धारा माओवादीले मार्क्सवाद,लेनिनवादबाट पतन भई जातीयताको झण्डा बोकेकाले संविधान नबनेरै संविधानसभा भंग भएको आरोप
सर्वोच्चका न्यायाधीश रणबहादुर बमको दिनदहाडै गोली हानी हत्या भएको विरोधमा देशभरका अदालतहरु बन्द
बझाङमा दाजुभाइको अंशवण्डा झगडामा नाबालक छोराछोरीसहित सातको हत्या
सरकारले एक तर्फीरुपमा संविधानसभाको निर्वाचन घोषणा गरेको ठहर गर्दै एमाले देशव्यापी दबाब अभियानमा
माओवादी नेताहरु आराम - रमाइलो गर्दै: प्रधानमन्त्री भट्टराई आरामका लागि भन्दै धुलिखेल रिसोर्टमा
माओवादी पार्टी नफुटाउने हो भने मोहन वैद्यलाई पार्टी अध्यक्ष, रामबहादुर थापालाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव
बृहत मधेशी मोर्चाले प्रधानमन्त्री बाबुराम भट्टराईले पदत्याग नगरे उनलाई अन्य प्रक्रियाबाट हटाउनुपर्ने माग
पार्टी फुटेको घोषणमात्र हुन बाँकी रहेको बेला माओवादी पुष्पकमल दाहाल पार्टी अध्यक्षबाट राजीनामा तयार
कामचलाउ प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा दुइ प्रमुख विपक्षी दलका शीर्ष नेताहरुसँग भेटवार्ता
गृह मन्त्रालयले बहालवाला तथा विशिष्ठ व्यक्तिहरूको सुरक्षा व्यवस्था पुनर्मूल्यांकन गरी नयाँ रणनीति तय गर्ने
चुनावमा माओवादी र मधेसवादीबीच तालमेल गरी प्रतिष्पर्धामा जाने मधेसवादी मन्त्रीको भनाई
नेपाल जलवायु परिवर्तनसम्बन्धी महासन्धिका लागि अल्पविकसित देशहरुको समूहको संयोजकमा चयन
http://go.oclaserver.com/afu.php?zoneid=1465736