arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

गोरखामा अनुदानबाट २,६६४ भूकम्प प्रतिरोधी घर निर्माण सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)

सरकारले दिएको अनुदान लिएर गोरखामा दुई हजार ६६४ ओटा भूकम्प प्रतिरोधी घरको निर्माण सम्पन्न भएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख शिव पौडेलका अनुसार ६१ हजार लाभग्राहीमध्ये ५४ हजार ६२७ जनाले पहिलो किस्ता अनुदान बुझिसकेका छन् ।

यस्तै, नौ हजार ६९३ जनाले दोस्रो किस्ता रकम तथा दुई हजार ६६४ जनाले तेस्रो किस्ता रकम बुझेका छन् । अनुदान बैंकमार्फत वितरण गरिएको हो । पौडेलका अनुसार भूकम्पले क्षति पुगेका घर मर्मत गर्न दुई हजार १९ जनाको नाम आएको छ । प्रबलीकरणका लागि एक लाख रुपैयाँका दरले भूकम्पपीडितले अनुदान रकम पाउँछन् ।

यस्तै, १० हजार जनालाई दोस्रो किस्ता रकम उपलब्ध गराउने तयारी भएको छ भने दुई हजार ३३८ जनालाई तेस्रो किस्ता दिन सिफारिस गरिसकिएको छ । गैरसरकारी संस्थाले पनि गोरखाका जौवारी, पन्द्रुङलगायत गाउँमा घर बनाउन अनुदान दिएका छन् ।

पुनःनिर्माण प्राधिकरणले बिहीबार गोरखामा आयोजना गरेको गुनासो व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै पौडेलले ६ हजार ४१० जना डकर्मी उत्पादन गर्ने लक्ष्य लिइएकामा अहिलेसम्म पाँच हजार १०३ जना दक्ष डकर्मी उत्पादन भएको जानकारी दिए । यिनीहरुलाई सात दिनको तालीम दिइएको थियो ।

५० दिने तालीम दिएर चार हजार ५५१ जना कामदार उत्पादन गर्ने भनिए पनि अहिलेसम्म दुई हजार ९४ जनालाई मात्रै तालीम दिइएको छ । साथै, एघार ओटा स्थानीय तहमा ३९५ ओटा नमूना भूकम्प प्रतिरोधी घर बनाउने भनिएकामा अहिलेसम्म जम्मा ९४ ओटामात्रै घर बनेका छन् ।

गोरखा जिल्लाभर ११ हजार ४२४ जनाले आफ्नो घर भत्किए पनि अनुदान नपाएको गुनासो गरेका थिए । उनीहरुको घर भत्किएको हो वा होइन यकिन गर्न इन्जिनियरको टोली गाउँमा परिचालन गरिएको छ । सात हजार ४२४ जनाको घर पुनःसर्वेक्षण गरिसकिएको प्राधिकरणले जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतहरु सहभागी छन् । । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
पूर्व सभासद्‍हरुलाई बोनस भुक्तानी नदिन अख्तियारको निर्देशन
युरोपेली संघद्धारा नेपालमा संविधान जारी नभई संविधानसभा विघटन भएकोमा चिन्ता व्यक्त
संविधान सभाको बिघटन भएपछि पूर्व सभासद्हरु गाउँ फर्कने कि काठमाडौंमै बस्ने भन्नेमा अन्योल
प्रधानमन्त्री बाबुराम भट्टराइ अदालतको अपहेलना सम्बन्धि मुद्धामा लिखित जवाफ लिएर सर्वोच्च अदालतमा उपस्थित
काठमाडौंबाट तातोपानी जाँदै गरेको बस सुनकोशी नदीमा खस्यो, घटनास्थलमा दुई बच्चा र दुई महिलाको शव प्राप्त
सर्वोच्चका न्यायधीश रणबहादुर बममाथि गोली प्रहार., नर्भिक अस्पतालमा उपचार हुँदै ...
यस बर्षको एसएसली नतिजा 'असार पहिलो साता'
नवलपरासीको डण्डा जङ्गलमा १४ वटा ट्रकमा लुटपाट
अन्तत एकीकृत नेकपा माओवादी औपचारिक रुपमा बिभाजन तर्फ, वैद्य पक्षद्धारा नयाँ पार्टीको घोषणा गर्दै
प्रधानमन्त्रीबाट संविधानसभा विघटन गरी पुन: निर्वाचन घोषणाविरुद्ध सर्वोच्चद्धारा १० दिनभित्र लिखित जवाफ दिन आदेश
काङ्ग्रेस सुशील कोइरालाद्धारा पार्टी कार्यकर्तालाई गाउँगाउँ जान निर्देशन
डोटीमा जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु
निर्वाचन आयोग तोकिएको मितिमा अर्को संविधानसभाको निर्वाचन गर्न प्रतिबद्ध
निर्वाचन आयोग तोकिएको मितिमा अर्को संविधानसभाको निर्वाचन गर्न प्रतिबद्ध
राष्ट्रपति यादवद्धारा काम चलाउ प्रधानमन्त्रीको हैसियतमा दैनिक कार्य मात्र सञ्चालन गर्न प्रधानमन्त्री भट्टराईको ध्यानकार्षण
आगामी मंसिर ७ गते चुनाव भए २३ वर्ष पुगेकाले समेत मतदान गर्न नपाउने
मंसिर ७ गतेको चुनाव रोक्न सर्वोच्च अदालतमा रिट
माओवादी सीपी गजुरेलद्धारा राजनीतिक "कु" गरेको भन्दै बाबुराम भट्टराईलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन पुनः आग्रह
राष्ट्रपति यादवद्धारा प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्रिमण्डल कामचलाउ भएको उल्लेख
कांग्रेस अव प्रधानमन्त्री बाबुराम भट्टराईले गरेको निर्वाचनको घोषण असंवैधानिक भएको भन्दै त्यस विरुद्ध आन्दोलनमा
http://go.oclaserver.com/afu.php?zoneid=1465736