arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

गोरखामा अनुदानबाट २,६६४ भूकम्प प्रतिरोधी घर निर्माण सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)

सरकारले दिएको अनुदान लिएर गोरखामा दुई हजार ६६४ ओटा भूकम्प प्रतिरोधी घरको निर्माण सम्पन्न भएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख शिव पौडेलका अनुसार ६१ हजार लाभग्राहीमध्ये ५४ हजार ६२७ जनाले पहिलो किस्ता अनुदान बुझिसकेका छन् ।

यस्तै, नौ हजार ६९३ जनाले दोस्रो किस्ता रकम तथा दुई हजार ६६४ जनाले तेस्रो किस्ता रकम बुझेका छन् । अनुदान बैंकमार्फत वितरण गरिएको हो । पौडेलका अनुसार भूकम्पले क्षति पुगेका घर मर्मत गर्न दुई हजार १९ जनाको नाम आएको छ । प्रबलीकरणका लागि एक लाख रुपैयाँका दरले भूकम्पपीडितले अनुदान रकम पाउँछन् ।

यस्तै, १० हजार जनालाई दोस्रो किस्ता रकम उपलब्ध गराउने तयारी भएको छ भने दुई हजार ३३८ जनालाई तेस्रो किस्ता दिन सिफारिस गरिसकिएको छ । गैरसरकारी संस्थाले पनि गोरखाका जौवारी, पन्द्रुङलगायत गाउँमा घर बनाउन अनुदान दिएका छन् ।

पुनःनिर्माण प्राधिकरणले बिहीबार गोरखामा आयोजना गरेको गुनासो व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै पौडेलले ६ हजार ४१० जना डकर्मी उत्पादन गर्ने लक्ष्य लिइएकामा अहिलेसम्म पाँच हजार १०३ जना दक्ष डकर्मी उत्पादन भएको जानकारी दिए । यिनीहरुलाई सात दिनको तालीम दिइएको थियो ।

५० दिने तालीम दिएर चार हजार ५५१ जना कामदार उत्पादन गर्ने भनिए पनि अहिलेसम्म दुई हजार ९४ जनालाई मात्रै तालीम दिइएको छ । साथै, एघार ओटा स्थानीय तहमा ३९५ ओटा नमूना भूकम्प प्रतिरोधी घर बनाउने भनिएकामा अहिलेसम्म जम्मा ९४ ओटामात्रै घर बनेका छन् ।

गोरखा जिल्लाभर ११ हजार ४२४ जनाले आफ्नो घर भत्किए पनि अनुदान नपाएको गुनासो गरेका थिए । उनीहरुको घर भत्किएको हो वा होइन यकिन गर्न इन्जिनियरको टोली गाउँमा परिचालन गरिएको छ । सात हजार ४२४ जनाको घर पुनःसर्वेक्षण गरिसकिएको प्राधिकरणले जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतहरु सहभागी छन् । । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
ताप्लेजुङको एक मतदानस्थलमा बम विस्फोट भएको स्थानमा खटिएका ६ प्रहरी निलम्बित
जाजरकोटमा प्रतिनिधि र प्रदेशसभा मतदानको मतपेटिकाहरु सदरमुकाम ल्याउन सास्ती
बझाङको विकट तथा उच्च हिमाली गाउँपालिका काँडाका तीनवटा मतपेटिका विवादका कारण सदरमुकाम ल्याइएन
सिन्धुपाल्चोकमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको मतपेटिका सीसी क्यामराको निगरानीमा राखिए
सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा स्थानीय तह निर्वाचनमाभन्दा करिब १०% कम मत
मुस्ताङमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न, ७० प्रतिशत मत खस्यो
बझाङका चार स्थानमा विस्फोट, जिल्लाभर ५२ हजार मत खस्यो
अपरान्ह ४ बजेम्ममा ६० प्रतिशत मतदान
उपल्लो डोल्पाका दुई मतदान केन्द्र अझै सम्पर्कविहीन, फोदगाउँ मतदान केन्द्रमा मतदान सम्पन्न
राष्ट्रिय परिचयपत्र माघदेखि वितरण हुने
आगामी निर्वाचनमा सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाउन नेपाल र भारतका सुरक्षा अधिकारीहरु सहमत
प्रधानमन्त्री देउवाद्दारा निर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन
ढुक्क भएर मतदान गर्न आममतदाताहरुलाई निर्वाचन आयोगको अपिल
पहिलो चरणमा आइतबार निर्वाचन हुने ३२ जिल्लाका शैक्षिक संस्था बन्द
पहिलो चरणमा चुनाव हुने ३२ जिल्ला ३७ निर्वाचन क्षेत्रमा मौन अवधि सुरू
आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी पूरा
मतपत्र खसालिएको ३२ जिल्लाका मतपेटिकाको सुरक्षामा भित्र प्रहरी, बाहिर सेना
संघीयताले वार्षिक ८२० अर्ब दायित्व बढाउँदै, राजश्व संकलनबिना केही हुन नसक्ने
पहिलो चरण अन्तर्गत भोलि रातिदेखि दलहरुले चुनाव प्रचार गर्न नपाउने, मौन अवधि सुरु
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आचारसंहिता उल्लंघनका घटना बढे
http://go.oclaserver.com/afu.php?zoneid=1465736