arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

गोरखामा अनुदानबाट २,६६४ भूकम्प प्रतिरोधी घर निर्माण सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)

सरकारले दिएको अनुदान लिएर गोरखामा दुई हजार ६६४ ओटा भूकम्प प्रतिरोधी घरको निर्माण सम्पन्न भएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख शिव पौडेलका अनुसार ६१ हजार लाभग्राहीमध्ये ५४ हजार ६२७ जनाले पहिलो किस्ता अनुदान बुझिसकेका छन् ।

यस्तै, नौ हजार ६९३ जनाले दोस्रो किस्ता रकम तथा दुई हजार ६६४ जनाले तेस्रो किस्ता रकम बुझेका छन् । अनुदान बैंकमार्फत वितरण गरिएको हो । पौडेलका अनुसार भूकम्पले क्षति पुगेका घर मर्मत गर्न दुई हजार १९ जनाको नाम आएको छ । प्रबलीकरणका लागि एक लाख रुपैयाँका दरले भूकम्पपीडितले अनुदान रकम पाउँछन् ।

यस्तै, १० हजार जनालाई दोस्रो किस्ता रकम उपलब्ध गराउने तयारी भएको छ भने दुई हजार ३३८ जनालाई तेस्रो किस्ता दिन सिफारिस गरिसकिएको छ । गैरसरकारी संस्थाले पनि गोरखाका जौवारी, पन्द्रुङलगायत गाउँमा घर बनाउन अनुदान दिएका छन् ।

पुनःनिर्माण प्राधिकरणले बिहीबार गोरखामा आयोजना गरेको गुनासो व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै पौडेलले ६ हजार ४१० जना डकर्मी उत्पादन गर्ने लक्ष्य लिइएकामा अहिलेसम्म पाँच हजार १०३ जना दक्ष डकर्मी उत्पादन भएको जानकारी दिए । यिनीहरुलाई सात दिनको तालीम दिइएको थियो ।

५० दिने तालीम दिएर चार हजार ५५१ जना कामदार उत्पादन गर्ने भनिए पनि अहिलेसम्म दुई हजार ९४ जनालाई मात्रै तालीम दिइएको छ । साथै, एघार ओटा स्थानीय तहमा ३९५ ओटा नमूना भूकम्प प्रतिरोधी घर बनाउने भनिएकामा अहिलेसम्म जम्मा ९४ ओटामात्रै घर बनेका छन् ।

गोरखा जिल्लाभर ११ हजार ४२४ जनाले आफ्नो घर भत्किए पनि अनुदान नपाएको गुनासो गरेका थिए । उनीहरुको घर भत्किएको हो वा होइन यकिन गर्न इन्जिनियरको टोली गाउँमा परिचालन गरिएको छ । सात हजार ४२४ जनाको घर पुनःसर्वेक्षण गरिसकिएको प्राधिकरणले जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतहरु सहभागी छन् । । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
विद्यालयमा मतदान केन्द्र राख्नु निर्वाचन आयोगको बाध्यता:- प्रमुख निर्वाचन आयुक्त
देशैभर मौसम बदली, चिसो महसुस
जाजरकोटमा भिरबाट लडेर आमा-छोराको मृत्यु
सर्लाहीका तीन वटा गाउँपालिकाका विद्यालय शिक्षकले तलव नपाएको भन्दै पठनपाठन ठप्प
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरका ८६ मतदान केन्द्र अति संवेदनशील
प्रधानमन्त्री देउवाद्दारा उम्मेदवारको सुरक्षामा ध्यान दिन सुरक्षा अधिकारीहरूलाई निर्देशन
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहल प्रधानमन्त्री देउवाको गृहजिल्लामा बढ्दै
तलब पाउनुपर्ने माग राख्दै रौतहटका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिए
संखुवासभाको सभापोखरीमा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार
प्रधानमन्त्री देउवाको पश्चिम क्षेत्रको भ्रमण कार्यक्रम २८ गतेबाट, ८० सीट जित्ने दावी
आगामी निर्वाचनमा पूर्ण सुरक्षा प्रदान गर्न सक्षम रहेको सुरक्षा समितिको निष्कर्ष
लोभलालच र भोजभतेरका आधारमा मतको दुरुपयोग नगर्न प्रमुख निर्वाचन आयुक्तको सचेत
काठमाडौंको महाराजगञ्जस्थित प्रहरी अस्पताल सर्वसाधारणका लागि खुला
पुष्पकमल दाहाल 'टुरिष्ट' उम्मेदवार: चितवन ३ नम्बर उम्मेदवार विक्रम पाण्डे
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको अन्येष्टि
संशोधित शिक्षा ऐन खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता
झापा क्षेत्र नं १ मा वाम गठबन्धन र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने
कपिलवस्तुमा लोकतान्त्रिक र बामगठबन्धनबीच कडा प्रतिस्पर्धा हुने
प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनसम्बन्धी निर्देशन पूर्णपालना गर्ने सरकारको प्रतिबद्धता
मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको लागि प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736