arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राजनिती

एमाले जनवर्गीय संगठन आवद्ध मोर्चा संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण सम्पन्न text size increase   text size decrease   Print    rss (२०७३ माघ ११, मंगलवार)

world news

संविधान कार्यान्वयनमा प्रतिवद्धता र संविधान संशोधन औचित्यहीनसहित २० बुँदे पोखरा  घोषणापत्र जारी गर्दै एमाले जनवर्गीय संगठन आवद्ध मोर्चा संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण मंगलबार सकिएको छ । २० जनवर्गीय संगठनका पदाधिकारी सहभागी भएको भेला आइतबार यहाँ सुरु भएको थियो ।

संविधान संशोधनको नाममा सरकारले सुरु गरेको तराई मधेसी र पहाडी समुदायबीच सामाजिक विद्वेश फैलाउने काम गरेको भन्दै भेलाले निन्दा र भर्त्सना गरेको छ । संविधान संशोधन राष्ट्रघाती प्रस्ताव भएकाले फिर्ता गर्नुपर्ने, तराई मधेस, पहाड र हिमाली क्षेत्रमा रहने सबै नेपाली तथा सबै जात जाति र समुदायहरुबीचको एकता र सामाजिक सद्भाव प्रबद्र्धनको पक्षमा भेलाले प्रतिबद्धता जनाएको छ । भूकम्पपछिको पुनर्निमार्णमा तिब्रता दिन सरकारसमक्ष माग गरिएको छ । 

यसैगरी तोकिएको समयमै सबै निर्वाचन गर्नुपर्ने संवैधानिक सीमालाई ख्याल गर्दै तत्काल मिति घोषणा गर्न र कानुनी प्रबन्ध मिलाउन घोषणापत्रमा माग गरिएको छ । नेपालको आन्तरिक मामिलामा अनावस्यक चासो र हस्तक्षेप स्विकार्य नभएको,  छिमेकी र मित्र राष्ट्रले हाम्रो संवेदनशिलता र सार्वभौमसत्ताको सम्मान गर्न ध्यानाकर्षणपनि भेलाले गराएको छ । त्रिभुवन बिमानस्थलमा विदेशी एअर मार्सल राख्ने र कोड सेयरिङ गर्ने समाचारप्रति ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ ।

एमाले सचिव योगेश भट्टराईले घोषणापत्र सार्वजनिक गर्दै भेलाले नेपाली क्रान्तिको सिद्धान्त मार्क्सवाद र जनताको बहुदलीय जनवादप्रति प्रतिवद्धता जनाउँदै तिनको मार्गदर्शनमा समृद्ध नेपालको निर्माण, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतालाई अक्षुण्ण राख्ने, संविधानको रक्षा, सम्बर्द्धन र कार्यान्वयनमा जोड दिँदै सामाजिक न्याय र समनतामा आधारित समतामूलक नेपाली समाजको निर्माण गर्न प्रतिबद्ध जाहेर गरेको बताए ।
जनसंगठनहरु पार्टी कार्यकर्ता निर्माण गर्ने उर्वरभूमि, जनस्रोत र आधार रहेको भन्दै संगठनबाटै खारिएका गैरपार्टी सदस्यलाई पार्टी सदस्यतामा रुपान्तरित गर्ने र व्यवहारमा खारिएका पार्टी सदस्यलाई नेता कार्यकर्तामा स्थापित गर्नुपर्नेमा संगठन एकमत भएका छन् । स्वायत्त ढंगले आआफ्ना संगठन पारिचालन गर्न प्रतिवद्ध भएर लाग्ने प्रण पनि संगठनहरुले गरेका छन् । 

जनसंगठनबीचमा एकापसमा सहयोग आदानप्रदान, दोहोरो तेहोरो जिम्मेवारीको अन्त्य गरी बर्गीय संयुक्त मोर्चाको अवधारणाअनुरुप सामाजिक रुपान्तरणमा सामुहिकरुपमा क्रियाशिल हुने प्रतिवद्धता घोषणापत्रमा जाहेर गरिएको छ । 

गुटबन्दी, अनावस्यक हानाथाप र पदका लागि मरिहत्ते गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्दै पार्टीमा सोही अनुरुपका आचरण र अभ्यास प्रतिविम्ब गराउन क्रियाशील हुने, औपचारिक कार्यक्रममा अनावश्यक तडकभडकलाई अन्त्य, नेताहरुको पछि लागेकै आधारमा व्यक्तिको पदोन्नति हुने गलत अभ्यास रोक्नेलगायत बुँदामा समेटिएको छ । भेला ऐतिहासिकरुपमा सम्पन्न भएको स्थानीय व्यवस्थापन समितिका संयोजक तथा पार्टी केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले बताए । भेलालाई पार्टीका शीर्षस्थ नेताहरुले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।
कान्तिपुरबाट

          

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
दोस्रो चरणको स्थानिय तहको चुनाव अघि नयाँ सरकार बनाउने सहमति
चुनाव चिन्ह नपाए निर्वाचन हुन दिन्नौ : बाबुराम भट्टराई
राष्ट्रिय जनमोर्चा प्यूठान-काठमाडौं सम्पर्क समितिको प्रशिक्षणात्मक भेला सम्पन्न
प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणुले भरतपुर महानगरपालिका बाट मेयरका लागि उम्मेदवारी दिने
अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका खारेज गर्न सरोकारवालाहरुको माग
नेकपा एमालेले देशभरिका स्थानीय तहको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार तय गर्ने अधिकार सम्बन्धित जिल्ला कमिटीलाई
अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै स्थानमा खटाइने
प्रमुख निर्वाचन आयुक्त यादवको घरमा मोर्चा कार्यकर्ताको तोडफोड
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नयाँ शक्तिको प्रदर्शन
नेपालका लागि नयाँ भारतीय राजदूतमा पुरीको नाम सिफारिस
केयुको स्ववियु सभापति एमाले अखिलका लामा
नयाँ प्रावधानः क्याम्पसको पढाइ सकिए स्ववियु पदाधिकारीको पद स्वतः समाप्त
माओवादीको बन्द सत्रमा जनसेना र समानन्तर सत्ताको व्यापक बहस
प्रचण्डले अब चुनाव जित्ने दिन त देख्दिन: योगेश भट्टराई
राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु पर्छ:खनाल
पहिला संशोधन अनि चुनाब
आजका मन्त्रिपरिषद बैठकका निर्णयहरू (भिडियो सहित
संविधान संशोधनबिना निर्वाचनमा भाग लिदैनौ: शरतसिंह भण्डारी
अनेरास्ववियु र नेविसंघ बीच होस्टेल भित्रै हानाहान
जनताको चाहना बिपरित संसदमा पेस भएको संविधान संशोधन बिद्ययक जर्बजस्ती पास गराउन खोजे सरकारकै बिरुद्धमा निर्णायक लडाई लड्ने: सरोकारवाला